24 नम्बर समष्टि अन्तर्गत पश्चिम समलबुङ टुनाङ जङ्गलबाट विगत चार वर्षदेखि आएको पैह्रोले दिनोदिन भयानक रूप लिइरहेको भएपनि विभागीय पक्षले आजसम्म कुनै पहल नगरेको गाउँवासीको गुनासो रहेको छ। विभागीय पक्षबाट आजसम्म कुनै पहल नभएपछि पैह्रोपीडीत गाउँवासीहरू आज मिडियाअघि आइ आफ्नो गुनासो व्यक्त गरे। पीड़ीत गाउँले सुधिर छेत्रीले जनाएनुसार पैह्रोले गाउँ नै सोह्रेर लानसक्ने सम्भावना बढेर गएपछि डीएफओ लगायत खण्ड विकास अधिकारीसमेतलाई पैह्रोबारे ज्ञापन बुझाएको भएपनि अधिकारीहरूबाट केवल आश्वासनवाहेक केही नपाएको तिनले जनाएका छन्। डीएफओ ले 17 जूनको दिन पैह्रो निरिक्षण गर्न आउने आश्वासन दिएको अनि गाउँवासीहरू सबै नै त्यस दिन अधिकारीको प्रतिक्षामा बसेको भएपनि बाहिर रहेको वाहना देखाएर डीएफओ नआएकोमा पनि तिनले गुनासो व्यक्त गरेका छन्। क्षेत्रमा आएको पैह्रोले दिनोदिन भयानक रूप लिइरहेको अनि कुनै पनि दिन पैह्रोले गाउँ नै सोह्रेर लानसक्ने सम्भावना बढेर गएकोले केही दिनभित्रमा पनि विभागीय पक्षबाट पहल नभए डीएफओ कार्यालय समेत घेराउ गर्ने वाध्य हुने पनि तिनले जनाएका छन्। पीडीतपक्षको भनाइ अनुसार धेरै कृषकहरूको जमीन समेत पैह्रोले सोह्रेर लगिसकेको छ। स्थानीय के.बी. थापा, एच.बी. थापा, सलोमन लेप्चा लगायत स्व. टी. राणाको घर कुनै पनि दिन पैह्रोले लानसक्ने अवस्थामा रहेको छ। यसरीनै अर्का पीडीत सलोमन लेप्चाले आफ्नो दुखेसो व्यक्त गर्दै भने, धेरै वर्षदेखिनै आएको पैह्रोले यसपाली भने भयानक रूप लिएको छ। गाउको धेरै जमिनहरू चर्किएको छ। पैह्रोले कुनै दिन गाउँ नै सोह्रेर लाने सम्भावना वढ़ेर गएको छ। तिनले आफ्नो घर लगायत गाउँ नै कुनै पनि दिन पैह्रोले सोह्रेर लानसक्ने सम्भावना भएपनि विभागको उदासिनताप्रति असन्तुष्टी जनाउँदै आफ्नो दुखेसो व्यक्त गरेका छन्।
0
comments:
on "पैह्रोले गाउँ नै सोह्रेर लाने अवस्था"
रतन्धो लाग्यो आँखालाई छेउमै भएको षड़यन्त्र पनि देख्दैन। • जहिल्यै पनि युवा इतिहास हातमा पेन्सिल बोकेर पहाड़ चढ्छ नक्शा बनाउँछ तरूणीको सपना देखाउँछ र स्खलित गराइराख्छ।
अझ्झ पनि झुकेरै उभिएको छ टाउको। • गाउँ लेख्यो कि भॉंचिन्छ सरकारको नींब। • गीतलाई रिस उठ्ता कत्रो भूकम्प हुन्छ भने देश पनि ढल्छ। • भत्किएको मन्दिर कि त त्यसको सिकुवामा टुक्सुक्क बस्ने शान्तिको के भाग्य के दुर्भाग्य। • सेक्स पावर बढ़ाउने विज्ञापन जति पनि नपढ़िने आखिर कसले टॉंस्छ यस्तो पोष्टर?
जसले सधैँ निर्धोपनको व्याख्या मात्र गर्छ।
छाड़ा राजनीतिले कतिचोटी गर्न सकेको एबोर्सन पनि।
राजनीतिको त्यो सेक्सीपन कस्सैले लेख्न सक्दैन पोष्टरमा? •
0 comments: on "पैह्रोले गाउँ नै सोह्रेर लाने अवस्था"
Post a Comment