कालेबुङ,9 जून।
अहिले कालेबुङ नगरपालिकाले नगरभरिको मैला टिस्टा नदीमा फ्यॉंकिरहेको छ। जब भालूखोपमा डम्पिङ गर्न नगर प्रशासनमाथि क्षेत्रवासीले प्रतिबन्ध लगायो, त्यस यता नगरपालिकाको विचल्नी छ। यस्तो ठाउँ नगरपालिका क्षेत्रभरि कतै पनि पाएको

भालूखोपमा मैला फ्यॉंक्न बन्द गरिदिएपछि टिस्टा नदीमा मैला फ्यॉंक्नु नगरपालिकाको गैरसरकारी काम रहेको आरोप लगाइएको छ। अहिले यो आरोप क्रामाकपाले गम्भीररूपले लगाइरहेको छ। क्रामाकपाको भनाइ छ, टिस्टामा नगरको मैला फ्यॉंक्नु गैरकानूनी हो। जिम्मेवार प्रशासनले गैरकानूनी काम गर्नु, नगरवासीको निम्ति राम्रो सन्देश होइन। बाध्य पर्यो भन्दैमा नदीलाई प्रदूषण गर्नु राम्रो मानसिकता होइन। यस्तो मानसिक बोक्नेले पर्यावरणको कुरा गर्नु नाटक मात्र हो।
यसकारण शीघ्र नै मैला व्यवस्थापन गरिनुपर्छ। अचम्म लाग्दो कुरा के छ भने यस अघिका नगरअध्यक्ष अनि महकुमा प्रशासकले पश्चिम बङ्गालको पोल्युसन कन्ट्रोल बोर्डले 2 करोड़ 29 लाख दिएको कुरा गरेका थिए। जसलाई यसपालाका महकुमा अधिकारी अनि नगरपालिकाका अधिकारी एलएन शेर्पाले सोझै नकार्दै विभिन्न योजनाहरूबाट राशि कटौती गर्दै वैकल्पिक डम्पिङ निर्माण कार्य भइरहेको जनाएका छन्। शेर्पा अनुसार नगरपालिकासित टिस्टामा मैला फ्यॉंक्न बाहेक अर्को कुनै उपाय छैन।
कतै पनि मैला फ्यॉंक्ने ठाउँ नै छैन। तिनले भने, जसले पनि टिस्टामा मैला नफ्यॉंक भन्छन्, उसले नै हामीलाई ठाउँ सुझाओस्, हामी त्यहीं मैला फ्यॉंक्नेछौं। डम्पिङ दिसम्बरसम्म बनिनेछ। त्यसअघिसम्म हाम्रो उपाय छैन। मैला टिस्टा नदीमा नै फ्यॉंकिने छ।
0 comments: on "टिस्टामा मैला फ्यॉंक्नु हाम्रो बाध्यता हो-महकुमा अधिकारी"
Post a Comment