गोर्खा जनमुक्ति मोर्चाले जुन नाम विनाको व्यवस्था थाप्ने कुरा गरिरहेको छ, त्यो मोर्चाका केही नेताहरूको बॉंच्ने उपाय मात्र रहेको अखिल भारतीय गोर्खालिगले बताएको छ।
आज पत्रकारहरूसित कुराकानी गर्दै लीगको केन्द्रिय समिति सदस्य प्रताप खातीले भने, मदन तामङले गरेको भविष्यवाणी अहिले आएर मोर्चाले पुरा गरिदियो। तिनले भ

खातीले स्पष्ट भाषामा भने, गोर्खाल्याण्डको घोड़ामा चड़ेर छैटौं अनुसूचीभन्दा मुनीको व्यवस्था मोर्चालाई त्यसै थाप्न परेको होइन। मदन तामङको हत्यामा मोर्चाको नाम जोड़िएको छ। यस दलको शीर्ष नेताहरूको नाम हत्याराको सूचीमा छ। त्यसैबाट बॉंच्नको निम्ति जे दिए पनि थाप्छु भन्ने अवस्थामा पुगेको हो। उनीहरूले यो सोंच्नु हुँदैन कि कुनै पनि व्यवस्था थापेर बॉंच्न सकिन्छ। हत्याराहरू अवश्य नै पक्रा पर्नेछन्। तिनले जनतालाई धोका भएको बताउँदै जनतालाई मोर्चाले आफ्नो खास अनुहार देखाइसकेको अनि अब पनि मोर्चा र यसभित्रका महत्वाकांक्षी नेताहरूलाई चिन्दैन भने जनताबाट महाभूल हुने पनि बताएका छन्।
0 comments: on "पक्रा पर्ने डरले दागोपाप थापेको हो-खाती"
Post a Comment