मनोज वोगटी
कालेबुङ,9जून।
जे भए पनि यो जनताले चाहेको राज्य त होइन, यो त मोर मनि र मोर पावर मात्र हो, पत्रकारहरूले तिनलाई यसरी प्रश्न गर्दा तिनी भन्दैथिए, के भो त, यसले सबैको आकांक्षा पुरा गर्छ भने, विकास हुन्छ भने, धेरै राम्रा कुरा आउँछ भने तथा राज्यले दिनुपर्ने सुविधा यसैले दिन्छ भने, नमराम्रो के भो?
मोर्चाको असली अनुहार
गोर्खाल्याण्ड पटक्कै हुन सक्दैन। टाउको ठोक्काउँदा पनि हुँदैन। भन्नु सजिलो छ गर्नु साह्रो छ। आन्दोलन नै नगर्नेहरूले टिप्पणी गरिरहेका छन्। सक्छ भने जनता छँदैछ, लू प्रतिधित्व गरोस् न। सुवास घिसिङले हामीलाई यस्तो बनाएर राख्यो कि नगरपालिका समेत चलाउने क्षमता हामीमा छैन। गोर्खाल्याण्डको कुरै छोड़ौं। हामीसित न त मानव संसाधनहरू पर्याप्त छ। त्यसकारण क्षमताको विकास गर्दै जानुपर्छ। हामीले जे मागेका छौं, त्यसमा के कमी छ? मोर्चा प्रवक्ता-विधायक तथा सम्भावित व्यवस्थाका एक सम्भावित अधिकारी डा.हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई यसै भन्दै थिए। तिनी भन्न चहान्थे, यही गोर्खाल्याण्ड हो।
छुट्टैराज्यमा हुनुपर्ने सबै त छन्, बस् होम डिपार्टमेन्ट मात्र छैन। एउटा कुरा छैत्रीले स्पष्ट पारे कि अहिले नै गोर्खाल्याण्ड हुनैसक्दैन। यो मोर्चाको राजनैतिक बाध्यता हो। तर किन हुन सक्दैन त्यसको उत्तर भने तिनीसित पनि छैन। यदि तिनीसित यसको उत्तर छ भने त्यो उत्तर तिनको दलीय परिस्थितिबाट निर्माण गरिएको हुने स्पष्ट छ। डा। छेत्रीले गोर्खाल्याण्ड अहिले नै हुन नसक्ने भएकोले यो व्यवस्थालाई अहिलेको आवश्यकताको निम्ति ग्रहण गरिएको झन स्पष्ट पारे।
तिनले भने अनुसार गोर्खाल्याण्ड हुनसक्ने परिस्थिति नै छैन। मोर्चाले यस्तो परिस्थितिमा गोर्खाल्याण्ड राज्यको निम्ति आन्दोलन मात्र गरिरहन सक्दैन। पहाड़ आर्थिकरूपले कमजोर बन्दै गइरहेको छ। आर्थिक बहाली र जनजीवनलाई सहुलियतहरू प्रदान गर्दै सुस्तरूपले आन्दोलन गर्ने विचारमा नै मोर्चाले शीर्षक विनाको व्यवस्था राज्यलाई मागेको तिनको भनाइले स्पष्ट पारिरहेको थियो। तिनले भने, चिह्नारीको कुरा गर्छ, तर लुङसेलमा खानी पानी छैन। जुन समस्या सुबास घिसिङले उत्पन्न गरिदिएका छन्, पहिले त्यसको समाधान हुनुपर्छ। अब जनताले नारा जुलूस, बन्द, धर्नाहरू देख्ने छैनन्। देख्ने छन् त कामै काम। तिनी आउनेवाला व्यवस्थाकै कुरा गरिरहेका थिए।
जे भए पनि यो जनताले चाहेको राज्य त होइन, यो त मोर मनि र मोर पावर मात्र हो, पत्रकारहरूले तिनलाई यसरी प्रश्न गर्दा तिनी भन्दैथिए, के भो त, यसले सबैको आकांक्षा पुरा गर्छ भने, विकास हुन्छ भने, धेरै राम्रा कुरा आउँछ भने तथा राज्यले दिनुपर्ने सुविधा यसैले दिन्छ भने, नमराम्रो के भो? तिनी बन्न चहान्थे, छुट्टै राज्य भने विकास बाहेक केही होइन। विकास कै निम्ति गोर्खाल्याण्ड भनिएको हो। विकास नगरेकोकारण नै बङ्गालबाट छुट्टिन्छौं भनिएको हो। यसकारण बङ्गालको अधिनमा नरहने, आफ्नो निम्ति आफै निर्णय गर्न सक्ने क्षमताशील व्यवस्था ल्याइएको हो। तिनको कुरा अनुसार बङ्गालबाट अलग्गै छुट्टिएको कुनै पनि अर्को राज्य सम्भव नै छैन।
गोरामुमो र गोजमुमोमा के फरक छ?
सम्भव नै नभएको कुरा माग्नु भन्दा पहाड़को तीन महकुमा अनि तराई डुवर्सका केही गोर्खा बाहुल क्षेत्रलाई मनग्गे पुग्ने कुरा नै ल्याइनु ठीक पर्ला भन्ने ज्ञान मोर्चामा आएकोले नै अहिले शीर्षक बिनाको स्थायी समाधानको निम्ति कसरत गरिरहेको पनि स्पष्ट हुन्छ।
तिनले भने, यो व्यवस्था त दागोपाप, छैटौं अनुसूची भन्दा कता हो कता ठूलो हो। गोर्खाल्याण्ड भन्दा एक स्टेप मुनीको मात्र हो। तिनी यस्तो तरिकाले बोलिरहेका थिए कि मोर्चाले ल्याइरहेको व्यवस्था नै हो गोर्खाल्याण्ड। राज्य नभएर के भो, क्षमता त छ। अथवा मोर्चाले गोर्खाल्याण्डको नाममा सोझै ठगिरहेको छ। अथवा मोर्चाले गोर्खाल्याण्ड राज्य गठन गर्न सक्दैन, यसकारण यो व्यवस्था सुवास घिसिङले दागोपाप चौतारी ल्याएको जस्तो घड़ेरी हो। फरक यति हो कि घिसिङले गोर्खाल्याण्डको आन्दोलनलाई ड्रप गरेका थिए मोर्चाले ठीक विपरित यस व्यवस्थाले आन्दोलनलाई कुनै बाधा हाल्ने छैन लेखेको छ।
गोरामुमोले हिंसात्मक आन्दोलन गर्यो अनि गोजमुमोले अहिंसक। तर मान्छे बराबर मर्यो। यति हो सीआरपीले 12 लाई गोली ठोकेन। तर नेताहरूको हत्या त्यसरी नै भयो जसरी दागोपापको कारण घिसिङको पालामा भएको थियो। जसले विरोध गर्छ, उ बॉंच्दैन। पहाड़को राजनैतिक इतिहास यस्तो छ। बलियोले कमजोरलाई हेप्ने राजनैतिक चलखेलको कारण नै जनताको छुट्टै राज्यको सपनाले आत्म हत्या गरिरहेको छ। गोजमुमोले गोरामुमोले जे जे गलत काम गर्यो, त्यो त्योमा सुधार गरिरहेको छ। अहिले दुवैको स्वर एकै छ-अहिले नै राज्य हुँदैन, अरू नै व्यवस्था थापौं।
आन्दोलन छुट्टै राज्यको गरेर व्यवस्था जनाताको आकांक्षाविरोधी र नेताको सपना जस्तो हुन्छ भने के फरक छ गोरामुमो र गोजमुमोमा?अहिले यो चर्को प्रश्न उठेको छ।
मदन तामङको भविष्यवाणी प्रमाणित?
अहिले मोर्चाले जुन व्यवस्थाको प्रारूपको वकालत गरिरहेको छ, त्यो गोर्खालीग नेता मदन तामङले अघिबाट नै बताइसकेको थियो। वास्तवमा मोर्चा मदन तामङले लगाएको त्यही आरोपदेखि नैतिकरूपले मूलमुद्दाबाट हटिसकेको प्रमाणित हुँदै आइरहेको छ। मदन तामङले भनेका थिए, मोर्चाले दागोपापलाई बढ़ाएर ल्याइरहेको छ। मोर्चाका नेताहरूलाई छुट्टैराज्य बनाउन होइन चौकीमा कहिले बस्न सकिन्छ भन्ने हतारो छ। तिनले यो त्यतिबेला भनेका थिए जति बेला मोर्चाले केही राम्रो कुरा आउँछ भनिरहेको थियो। त्यो राम्रो कुराको प्रचार गर्दै विमल गुरूङ 28 न।समष्टी पुगेका थिए।
तिनले यहीँबाट एक आत्तिएको बयान दिए, दागोपाप होइन, राम्रो व्यवस्थाको निम्ति गुप्ति रिपोर्ट बुझाएका छौं। विमलले अचानक भनेको यो वयानपछि नै मोर्चा सबैको आलोचनाको शिकार बन्दै गयो। सबैले मोर्चा बिकिसकेको प्रमाणित गर्दै अहिलेसम्म आइपुगेको छ। अहिले मदन तामङको भविष्यवाणी पुरा भएको देखिएको छ। किन भने तिनले भनेका थिए, मर्छु तर गोर्खाल्यण्ड मुनीको कुरा स्वीकार गर्ने छुइन। म जिउँदै हुँदा कसैले पनि कुनै पनि व्यवस्था ल्याउने साहस गर्ने छैन।
अहिले तिनको मृत्युपछि जुन व्यवस्थाको वकालती भइरहेको छ, त्यसैको विरोध गर्दागर्दै तिनको हत्या भएको हो। हत्या कसले गर्यो, किन गर्यो? त्यसको रिपोर्ट अघि कहिल्यै आउने छैन, सायद यो राजनैतिक वाध्यता हुनसक्छ। मोठरूपमा दिइएको बचन मोर्चाले पुरा गरेन।
यसैलाई स्थायी व्यवस्था मानिएको अनि राज्यको भन्दा केवल एकै स्टेप मुनिको व्यवस्था मात्र मानिएकोले छुट्टैराज्य हुने नसक्ने त स्पष्ट भइसकेको छ। मोर्चाले यो व्यवस्थापछि गोर्खाल्याण्ड भने पनि डा.हर्कबहादुर छेत्रीले यसो भनेका छन्, गोर्खाल्याण्ड पटक्कै हुँदैन। चलाउनै सक्दैन। निधार ठोके पनि गोर्खाल्याण्ड हुँदैन। मोर्चा त जनतामा स्पष्ट यसरी भइसकेको छ, यदि पहाड़मा कुनै पनि राजनैतिक दल छ भने के उ अहिले स्पष्ट भइरहेको छ त?
पग्ला कुकुर
12 years ago
0 comments: on "राज्यको सवालमा अबोध जनतासित धोका?"
Post a Comment