मुख्य समाचार :


गोर्खाल्याण्ड नै चॉंही होइन, त्यस्तै चॉंही हो-डा.छेत्री

मनोज वोगटी
कालेबुङ, 8 जून।


गोर्खाल्याण्ड नै चॉंही होइन तर गोर्खाल्याण्ड जस्तै व्यवस्था ल्याइएकोे मोर्चा प्रवक्ता तथा विधायक डा।हर्कबहादुर छेत्रीले आज बताएका छन्‌। तिनले भने, यसको नाम के हुने छ, त्यो तय भएको छैन। जुन व्यवस्थाको कुरा चलिरहेको छ, त्यो छुट्टैराज्य भन्दा कम छैन। पहिले यो व्यवस्था चलाइने छ अनि त्यसपछि गोर्खाल्याण्डको कुरा अघि बढ्‌ने छ।

जुन प्रस्ताव केन्द्र र राज्य सरकारलाई मोर्चाले बुझाएको थियो त्यसैको आधारमा पहाड़मा नयॉं व्यवस्था हुनेछ, जसमा के के अधिकारहरू छन्‌, प्रस्ताव पढ्‌नेहरूलाई थाहा छ। मोर्चा प्रवक्ता डा।हर्कबहादुर छेत्री कलकत्ताबाट आज कालेबुङ आइपुगेका थिए। आइपुग्ने वित्तिकै पार्टी कार्यालयमा तिनले पत्रकार सम्मेलन डाके। तिनले भने, गोर्खाल्याण्डको मुद्दा छोडिएको छैन।

कलकतामा सातबटा बुँदाहरूमाथि सहमति भयो, जसमा हस्ताक्षर पनि भएको छ। सीमानाको निम्ति जुन समिति गठन हुन्छ, यसले 6 महिनासम्ममा रिपोर्ट तयार पार्नेछ। त्यसपछि पहाड़को स्थायी समाधानको सम्झौता हुने छ। तिनलाई नयॉं व्यवस्थाको नाम के हुन्छ भनी प्रश्न गर्दा तिनले पत्रकारहरूलाई नै उल्टा सोधे, के हुनुपर्छ नाम? हामीलाई सुझाइदिनु, हामी त्यसैलाई वार्तामा राख्ने छौं।

त्यसपछि फेरि तिनले भने, गोर्खाल्याण्ड हुन्छ, त्यसको नाम, त्यसपछि अरू पनि जोड़िन्छ। डा।छेत्रीले एकातिर सम्झौता हुने व्यवस्थालाई नै स्थायी व्यवस्था भनी बताए भने अर्कोतिर, यो व्यवस्थापछि नै गोर्खाल्याण्ड हुने बताए। तिनले भने, गोर्खाल्याण्ड सञ्चालन गर्ने क्षमता हामी गोर्खाहरूसित छैन। त्यसकारण कुनै न कुनै व्यवस्थाबाट अघि बड्‌नैपर्थ्यो। तिनले अहिले नै राज्य चलाउने क्षमता नभएकोले नै चलाउन सक्ने र पहाड़ र डुवर्सका गोर्खाहरूको आवश्यक्ता पुरा गर्ने धेरै क्षमताशील व्यवस्था ल्याइएको स्पष्ट पारे।

तिनले अझ के स्पष्ट पारे भने गोर्खाल्याण्ड अहिले नै हुनै सक्दैन। तर गोर्खाल्याण्ड अथवा राज्यको झैं क्षमताशील व्यवस्था भने हुन सक्ने भएकोले नै यो व्यवस्थामा मोर्चाले हस्ताक्षर गर्ने भएको तिनले जनाए। तौजी विभाग, जो सोही व्यवस्थाको अधीनमा हुने भएकोले, चिया श्रमिकहरूको निम्ति त्यही गोर्खाल्याण्ड समान रहेको पनि तिनले जनाए। अस्थायी कर्माचारीहरूको समस्या पनि समाधान हुने मात्र होइन रोजगारका अनेकौं अवसर निर्माण हुने भएकोले यस क्षेत्रको विकासले ऐतिहासिकरूप लिने समेतको विश्वास मोर्चामा रहेको तिनले बताए। तिनले भने, गोर्खाल्याण्डको निम्ति यो व्यवस्था घड़ेरी हो।

घड़ेरी भनेको घर बनाउनकै निम्ति बनाइन्छ। हाम्रो घर भनेको गोर्खाल्याण्ड नै हो। तिनले अझ भने,वामफ्रण्टले हामीलाई चिया मात्र दिन्थ्यो, ममताले ब्रेक फास्ट पनि दियो अब लञ्च चॉंही हुदैन भन्ने ममताले सक्दैन। विवादास्पद् विषयहरूमा सहमति भइसकेको छ। जमीन पनि भयो। अब स्थायी समाधान हुने छ। एकातिर जनताले मोर्चाका नेताहरूलाई गोर्खाल्याण्डको निम्ति जनमत दिएको भए पनि गोर्खाल्याण्ड नभएर किन अन्य कुरामा नै सम्झौता गरिएको हो त भन्ने प्रश्न गर्दा तिनले भने, हामीलाई थाहा छ, जनता के चहान्छन्‌। पत्रकारलाई भन्दा धेर नेताहरूलाई थाहा छ कि जनाकांक्षा के हो।

त्यसैलाई बुझेर नै त यो व्यवस्था ल्याएकोे। जुन आवश्यकता छ, त्यसलाई आउने व्यवस्थाले कहॉं पुरा गर्दैन अथवा हाम्रो व्यवस्थामा के कमी छ त्यो बताइदेओस्‌। तिनले छुट्टैराज्यको आवश्यकता आउने व्यवस्थाले पुरा गर्ने दाबी पनि गरे। यता जनाधार नभएका राजनैतिक दलहरूले टिप्पणी गर्ने कुनै अधिकार नरहेको बताउँदै तिनले भने, जनतालाई जसले मिसलिड गर्‍यो भन्छ, जनता छ लिड गर।

हिजो ममता व्यनर्जीले पहाड़को समस्या स्थायीरूपले समाधान गरेको पत्रकारहरूलाई बताएको सम्बन्धमा प्रश्न गर्दा तिनले यसलाई सोझै नकार्दै यो व्यवस्थापछि गोर्खाल्याण्ड पुगिने बताए। तिनले भने, बाटो बनियो। घड़ेरी बनियो। अब घर बनाउँदैन भन्छ भने उसलाई डाक्टरी जॉंच गर्नुपर्छ।

तिनले ममताको सरकारले भन्ने वित्तिकै मोर्चाको कुरा मानेको अनि आफूहरूलाई विश्वास नलागेको समेत बताए। तिनले भने, ममता सरकारले यति छिटो पहाड़प्रति सोंचेर फटाफट निर्णय गर्नु हाम्रो आन्दोलनको मुख्य फड्को हो। तिनले विजुली, वाहन र टेलिफोनको बील मोर्चाले नै तिरिदिने पनि बताए।

0 comments: on "गोर्खाल्याण्ड नै चॉंही होइन, त्यस्तै चॉंही हो-डा.छेत्री"