मनोज वोगटी
कालेबुङ, 7 जून।
गोर्खाल्याण्डको साटो काउन्सिल नै आइरहेको छ। किन भने आज ममताले भनिन्, मैले गोर्खाल्याण्डको मुद्दालाई सधैँको निम्ति समाधान गरिदिएँ। तिनको यसै वयानले स्पष्ट पार्छ कि मोर्चाले नयॉं बोतलमा पुरानै रक्सी भरेर ल्याएको छ। त्यो रक्सीलाई लाटा जनताले त स्वीकार्लान् तर बाठा र मोर्चाले ठग्न सक्ने जनाताले भने त्यसको यो धोकाको जवाब कसरी दिने हुन्, भविष्यले नै बताउने छ।
चुनाउको बेला कालेबुङको एक च्यानलले डा.हर्कबहादुर छेत्रीसित सोधेको एक प्रश्नको उत्तरमा तिनले अन्तरिम प्राधिकरणको निम्ति बुझाएको प्रस्तावलाई नै अर्को शीर्षक हालेर ल्याउन सकिने बताएका थिए। आजको द्विपक्षीय सम्झौताले तिनको कुरालाई पुष्टि गरिदिएको छ। किन भने प्राधिकरण होइन केही ठूलो दागोपाप नै अस्थायीरूपले चलाइने कुरामा आज राज्य सरकार र मोर्चाबीच सम्झौता भएको छ जसमा मोर्चा सचिव रोशन गिरीले हस्ताक्षर गरेका छन्।
गोर्खाल्याण्ड होइन अव पहाड़मा स्वायत्त प्रशासनिक व्यवस्थालाई लागू गरिने छ भने दागोपाप खारेज बुने छ। डा.छेत्रीको बयान अनुसार प्राधिकरणको निम्ति बुझाएको प्रस्तावमाथि नै कुराकानी हुनुपर्थ्यो, जो हिजो र आज गरी भयो। सीमाना, ताउजी विभाग, स्थायीकरण, बन विभाग तथा अन्य केही विषयमा सम्झौता भयो। डा.छेत्रीले भनेजस्तो सॉंच्ची नै मोर्चाले अन्तरिम प्राधिकरणको कुरा त गरेन तर मदन तामङले शुरूमा नै लगाएको आरोपलाई भने सत्य प्रमाणित गरिदियो।
आज त्यही दागोपापलाई नै मोर पावर र मोर मनि थपेर चलाइने सम्बन्धमा सम्झौता भयो, सम्झौतामा रोशन गिरीले गरे हस्ताक्षर। अब प्रस्न उठ्छ, त्यही गागोपाप थाप्ने हो भने आन्दोलन किन? यसको जवाब मोर्चाले देओस् नदेकोस्, तर समय र जनताले भने दिने छ। जब गोजमुमो अध्यक्ष विमल गुरूङ 28 न.समष्टीमा साङ्गाठानिक कार्यक्रम गर्न गएका थिए तब गोर्खालीग नेता मदन तामङले भनेका थिए, गोजमुमो दागोपापलाई नै केही कुरा थपेर ल्याउने तरखर गरिरहेको छ।
त्यसैबेला त त्यो व्यवस्था देखापरेन तर मदन तामङको हत्यापछि आज भने तामङको आरोप सॉंचो बन्न पुगेको छ। ठीक मदन तामङले लगाएको आरोप झैं मोर्चाले दागोपापलाई नै अलिकति बढाएर थापिरहेको छ, जसको नयॉं कुरा भनेको सीमाना बाहेक अन्य रहने छैन।
चुनाउको कारण भारत सरकार र बङ्गाल सरकारले त्यसअवधी कुनै पनि विषयमा कुराकानी गर्न नसक्ने बाध्यतालाई अघि राखेर अन्तरिम प्राधिकरणको परिचय गराइएको थियो। चुनाउ अघि नै प्राधिकरणमा हस्ताक्षर गरिने कुराकानी पनि चल्यो तर चुक कहॉं भयो हस्ताक्षर हुन सकेन। कुरा त्यहीँ टुङ्गियो। मोर्चाले प्राधिकरणलाई जम्मा तीनपल्ट आधिकारिकरूपले खारेज गर्यो।
चुनाउभरि नै केवल गोर्खाल्याण्डको कुरा हुने यदि गोर्खाल्याण्डको कुरा भएन भने राजिनामा समेत दिने बताए पछि मोर्चाले रेकर्ड भोटले चुनाउ जित्यो। ममताले सरकार गठन गरेपछि पहिलोपल्ट आधिकारिक बैठक भयो, तर त्यो पुरानै बैठकहरूको क्रमिकरूप भयो।
मोर्चाले मोठ सातवटा प्रस्ताव राखेको कुरा अघि आयो तर त्यो पनि दागोपापको निम्ति। अब गोर्खाल्याण्ड हुँदैन भनेर मोर्चा र राज्य सरकारले पहाड़का जनतालाई स्पष्ट सन्देश दिइसकेको छ। गोर्खाल्याण्डको साटो काउन्सिल नै आइरहेको छ। किन भने आज ममताले भनिन्, मैले गोर्खाल्याण्डको मुद्दालाई सधैँको निम्ति समाधान गरिदिएँ।
तिनको यसै वयानले स्पष्ट पार्छ कि मोर्चाले नयॉं बोतलमा पुरानै रक्सी भरेर ल्याएको छ। त्यो रक्सीलाई लाटा जनताले त स्वीकार्लान् तर बाठा र मोर्चाले ठग्न सक्ने जनाताले भने त्यसको यो धोकाको जवाब कसरी दिने हुन्, भविष्यले नै बताउने छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "फेरि पनि नयॉं बोतलमा पुरानै रक्सी"
Post a Comment