प्रदीप लोहागुण-मुकेश शर्मा
कालेबुङ,17जून।
मनसुनको शुरूमा नै झरी त पर्यो तर झरीले आपत पनि सँगै लिएर आयो। आज रातभरि परेको झरीको कारण राष्ट्रिय राजमार्गमा दुइ ठाउँ पैह्रो झरेर यातायातलाई बाधित गर्यो। जसको कारण यात्रीहरू घण्टौसम्म जाममा फसिँए। रम्बीको सॉंडे आठ माइल न

सोही ठाउँमा आइपुग्ने वित्तिकै एक महेन्द्र पिकअप भ्यानलाई माथिबाट झरेको ढुङ्गाले सोहोरेर लग्यो। भाग्यबस सड़कको किनारमा पुगेर ढुङ्गा रोकिएपनि भ्यानको पछिल्लोभागले डील काटेको थियो। घटनाबारे थाहा पाएपछि रम्बी थानाले ग्रेफलाई सूचित गर्यो। पैह्रोमा एक शैन्यवाहन पनि अल्झिएपछि ग्रेफलाई सैनिकहरूले पनि सहयोग पुर्यायो। ग्रेफले जीपीसी लगाएर बाटो खुला गर्ने काम गर्यो।
पैह्रोको दुवैतिर बाहनहरूको लाम लागेको थियो। अलिकति झरी पर्दा राजमार्गमा यस्तो समस्या उत्पन्न हुन्छ भने यस्ता दिनहरू डल्लै छन्। मानिसहरूमा शुरूमा नै रा

यही काम वर्षौंदेखि हुँदै आइरहेको छ, जबदेखि टिस्टा खोलामा एनएचपीसीले जल विद्यूत परियोजना बनाउन वरिपरिको माटो खोतल्न थाले। जति पनि पैह्रो गइरहेको छ त्यो एनएचपीसीले माटो खनेकै साइट इफेक्ट मानिएको छ। वर्खासित नै राजमार्गमा आपत पनि शुरूभएको छ। यो आपतको अन्त कहिले हुने? जवाब कसैसित छैन।
0 comments: on "राजमार्गमा पैह्रोःयातायात वाधित"
Post a Comment