मनोज वोगटी
कालेबुङ,17जून।
कालेबुङमा पनि राशन र मट्टितेल सर्वराह प्रणाालीलाई घोटला गर्नको निम्ति सुविधा बनाइएको अनि डिलर र अधिकारी मिलेर लाखौंको घोटला गरिरहेको कुरा प्रकाशमा आएको छ। देशमा नै अहिले भ्र्रष्टचार विरूद्ध आन्दोलन चर्किरहेको बेला कालेबुङमा पनि दह्रोसित सामाजिक मुद्दाहरूको उठान गर्दै आइरहेका माकपा नेता तारा सुन्दासले राशन अनि मट्टितेलमा चल्दै आइरहेको कालोबजारको खुलासा गरेका छन्।
सुन्दासलेे आरोप लगाएका छन्, कालेबुङ नगर र खण्ड-1 को निम्ति 1 लाख 11 हजोर लिटर, अलगढ़ाको निम्ति 85 हजार लिटर, गोरूबथानको निम्ति 1 लाख 6 हजार लिटर आउनुपर्छ तर जति आउनुपर्ने त्यति आइरहेको छैन। उसो भए मट्टितेल कहॉं जान्छ? सुन्दासले भने, घोटला यहीं छ। कार्ड धारकहरूले पाउनुपर्ने मट्टितेल माथ्लो तहदेखि नै चुहुँदै आइरहेको अनि चुहेको मट्टितेल पेट्रोलमा मिसाउन विक्रि भइरहेको तिनको सोझो आरोप छ। सुन्दासले विभाग र डिलरले मिलेर यसमा घोटला गरिरहेको सोझै आरोप मात्र लगाएका छैनन्, तिनले आफ्नो आरोप गलत भए कानूनी कार्वाही गर्न सक्ने चुनौती समेत दिएका छन्। तिनले भने, पार्क होटलमा केही दिन अघि घोटला गर्ने सम्बन्धमा सम्बन्धित विभागका उच्चअधिकारी अनि डिलरबीच लेनदेन भएको छ। मसित प्रमाण छ, कसरी र कति लेनदेन भएको छ। मट्टितेल पेट्रोलमा मिसाउन माथ्लो तहबाट नै चोरी भइरहेको आरोप त लगाइरहेकै छन्, तिनले अधिकारी पनि घोटलामा पूर्णरूपले लिप्त रहेको आरोप पनि लगाएका छन्।
तिनले लगाएको आरोप अनुसार घोटला गर्न सजिलोको निम्ति नै कालेबुङमा मट्टितेल सर्वराह गर्न बाग्राकोटका डिलर सतिशकुमार अग्रवाललाई डलरशीप दिइएको छ अनि अलगढ़ाको निम्ति दार्जीलिङका डिलर बालचन्द दुलिचन्दलाई दिएको छ। जब कि कालेबुङमा मट्टितेल सर्वराह गर्न स्थानीयहरूलाई नियुक्त गर्न पर्ने मागमा महकुमा अधिकारीले जिल्लापाललाई सर्वेक्षण रिपोर्ट 2004 मा नै बुझाएको छ। यसको निम्ति आवेदन गर्नेहरू पनि छन्। तरै पनि कसैलाई डिलरशीप दिएको छैन। लोखौं रुपियॉंको घोटला गर्नको निम्ति नै अधिकारीको मिलिभगत रहेको तिनलेे आरोप लगाएका हुन्। तिनले कालेबुङका जम्मै पेट्रोलपम्पहरूमा मट्टितेल मिसाइएका पैट्रोल बिक्रि हुने भए पनि सरकारले 2005 मा जारीगरेको मिसावट अपराधीहरूलाई पक्राउ गर्नुपर्ने अधिनियमलाई अधिकारीहरूले वास्ता नै नगरेको पनि तिनको आरोप छ।
तिनले भने, 1 ट्याङ्करमा केवल 6 हजार लिटर मट्टितेल बोकिन्छ, 1 लाख 11 हजार लिटर बोक्न कति ट्याङ्कर लाग्छ? खै त जम्मै मट्टितेल आइपुगेको? जब कि मट्टितेल महिनामा प्राय नै एकपल्ट वितरण गरिन्छ। जम्मै मट्टितेल धारकहरूले पाउनुपर्ने हो। यहॉं त अधिकारीले नै डिलरहरूसित मिलेर तेलमा कालो बजारी गरिरहेका छन्। अर्कोतिर सर्वेक्षण अनुसार कालेबुङमा 95 हजार 34 जनाको नाम बीपीएलको सूचीमा परेको छ 22 हजार 3 सय 4 जनाले बीपीएलको राशिन नै पाइरहेका छैनन्। जब कि उनीहरूले अन्य बीपीएलको सुविधा पाउँछन् भने राशन किन पाउँदैन? घोटलाको गन्ध यहॉंबाट पनि आउँछ। तिनले बीपीएलको सर्वेक्षणमा पनि सहीरूपले नभएको जनाएका छन्। सुन्दासले भने, गाड़ीको मालिक, टिचर अथवा एपीएल हुननुपर्नेहरू बीपीएलमा छन्। सर्वेक्षकहरूद्वारा आफ्नो मान्छे चेप्ने काम भएको छ। यसकारण बीपीएलको पुनः सर्वेक्षण हुनुपर्छ। अर्कोतिर अन्नपूर्णको सहुलियत पाउनेहरूको नाम 1530 जना रहेको तर विभागले केवल 8 सय 22 जनालाई मात्र राशन दिने गरेको छ। यस्ता अन्य सहुलियत पाउनेहरूको नाम धेरै तर पाउने थोरै रहेको अनि यसैबीच घोटलाबाजहरूले कालो धन थुपार्ने सुयोग पाइरहेको तिनको आरोप छ।
यी जम्मै विषयमा आज माकपा अनि गोरामुमो-सीले मुख्यमन्त्री ममता व्यानर्जीलाई ज्ञापन चढाएको कर्णल डी।के प्रधानले जनाएका छन्। ज्ञापनद्वारा चियाबारी अनि सिन्कोनाबारीका श्रमिकहरूलाई पनि बीपीएलको दर्जा दिइनुपर्ने माग गरिएको पनि तिनले जनाएका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "राशन र मट्टितेलमा लाखौंको घोटला भइरहेको तारा सुन्दासको आरोप"
Post a Comment