मुख्य समाचार :


वाटरशेड योद्दा ब्रिगेडद्वारा अस्त्र प्रदर्शनी

सैन्य अधिकारी अनि पूर्व सैनिकहरूवीच अन्तरक्रियात्मक कार्यक्रम

प्रज्ज्वल वोगटी
कालेबुङ,18जून।
ब्ल्याक क्याटको संरक्षणमा हिजो अनि आज पेदोङमा 164 माउन्टेन बिग्रेड अथवा वाटरशेड योद्धा बिग्रेडले युवाहरूलाई सैन्यसेवासितै देशप्रेमको निम्ति आकर्षित गर्न विविध कार्यक्रम सम्पन्न गर्‍यो। सैनिकहरूलाई हेरिने सामाजिक दृष्टिकोणमा फेरबदल गर्दै सैनिक भनेको आफू उभिएको जमीनको रक्षक मात्र नभएर स्वस्थ जीवन बॉंच्नको निम्ति सिक्नपर्ने उत्तम अनुशासन समेत हो भन्ने कुरा बुझाउन आम नागरिकहरूको सहभागितामा दुइदिवसीय कार्यक्रम गरिएको थियो। सैनिकहरूले जुन अस्त्र बोक्ने गर्छन्‌, यसको उपयोगिता बुझाउन एउटा प्रदर्शनी गरिएको थियो। अस्त्रहरूको पूर्ण सूची, यसको उपयोगिता र महत्व समेतको जानकारी उपलब्ध गराउन गरिएको प्रदर्शनी मात्र होइन युद्धभुमिमा सैनिकहरूको दायित्व अनि त्यसबेला हत्केलामा प्राण राखेर देशको निम्ति गरिने उत्सर्गबारे बुझाउन जवानहरूले नाटकीय प्रस्तुति पनि गरेका थिए।

सैनिकहरूको कार्यक्रममा आम नागरिकहरूको सहभागिता बढाउन मोठ पन्ध्रवटा विद्यालयका विद्यार्थीहरूले तयार पारेका चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो। ब्रगेडियर युद्ध सेना मेडल एल।आई। सिंहले जनाए अनुसार आजका विद्यार्थीहरू नै भोलिका देश रक्षक हुने भएकोले उनीहरूलाई सैन्य सेवा, कर्तव्य र देशप्रेमबारे बुझाउनको निम्ति नै यो कार्यक्रम गरिएको थियो। तिनले भने, यसै कार्यक्रममा युवाहरूलाई सैन्य भर्नाबारे सम्पूर्ण जानकारीहरू उपलब्ध गरियो। तिनी अनुसार सेनामा भर्ना लिँदा जान्नुपर्ने विषयमाथि युवावर्गलाई विस्तृतरूपले जानकारी दिइयो। यसबाहेक निःशुल्क स्वास्थ जॉंच शिविर पनि आयोजना गरिएको थियो, जसबाट विद्यार्थी अनि स्थानीय नागरिकहरूले सेवा लिए। आज कालेबुङ क्षेत्रका पूर्व सैनिकहरूलाई लिएर एउटा अन्तक्रियात्मक कार्यक्रम राखिएको थियो, जहॉं पूर्व सैनिकहरूले सेवाबाट अवकाश लिएपछि पाउन नसकेका अनि भोग्न परिरहेका असुविधाहरूबारे जानकारी गराए। पूर्व सैनिकहरूको पक्षबाट अन्तरक्रियामा कर्णल डी।के.प्रधानको उपस्थिति थियो। उपस्थित पूर्व सनैकहरूले सरकारले प्रदान गर्ने गरेको कतिपय सहुलियतहरूबाट आफूहरू बञ्चित हुपरेको सैन्य अधिकारीहरूलाई अवगत गराए। इमर्जेन्सी कुनै पनि सेवाहरू पूर्व सैनिकका परिवारहरूले नपाइरहेको बताउँदै मुख्यरूपले विद्यार्थीहरूको निम्ति वाहन, सीएसडीको स्मार्ट कार्डको सम्स्या,ब्यंकहरूमा भोग्न पर्ने समस्या आदि विषयमा उपस्थित पूर्व सैनिकहरूले बिग्रेडियर एल.एन.सिंहसित कुरा राखे। सिंहले पूर्व सैनिकहरूलाई सुविधा उपलब्ध गराउन शीघ्र नै पहल गर्ने प्रतिश्रुति दिए। यसै अवसरमा सैन्य व्याण्डले सबैलाई विविध धूनहरू बजार मन्त्रमुग्ध पारेका थिए। पूर्व सैनिकहरूको निम्ति उनीहरूको जमानामा नभएका अस्त्रहरूको प्रदर्शनी पनि राखिएको थियो।

0 comments: on "वाटरशेड योद्दा ब्रिगेडद्वारा अस्त्र प्रदर्शनी"