जिल्लालाई पर्यानगर योजनाभित्र हाले मात्र ममताको स्वीट्जरल्याण्ड बनिनेछ-कालेबुङ कृषक कल्याण सङ्गठनका मूल सचिव विष्णु छेत्रीले आज पत्रकारहरूलाई बताए। सङ्गठनको पक्षबाट तिनले आज ममता व्यानर्जीलाई एउटा ज्ञापन चढ़ाएका छन्।

यता गोर्खाल्याण्डको मुद्दामाथि खासै कुनै चासो नराखेपनि बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले तीनमहिनाभित्रमा नै दार्जीलिङको समस्या समाधान गर्ने बताएकी छन्। तिनले तोकेको मियादमा एक महिना त सकिनै लागेको छ भने अब ममतासित दुइ महिना चोखो रहेको छ। ममताले दार्जीलिङ स्वीट्जरल्याण्ड बनाउने प्रतिश्रुति दिइसकेकी छन्। सॉंच्चै ममताले दार्जीलिङलाई स्वीट्जरल्याण्ड नै बनाउँछन् भने दार्जीलिङ जिल्लालाई इकोसिटी प्रोजेक्टभित्र हालिनुपर्ने माग गर्दै सङ्गठनले महकुमा अधिकारी मार्फत मु

तिनले यही माग वामफ्रण्ट सरकारसित पनि गरेको तर वामफ्रण्ट सरकार दार्जीलिङ जिल्लालाई लिएर संवेदनशील नरहेकोले कुनै काम हुन नसकेको बताए। तिनले भने, केन्द्र दार्जीलिङको हरेकक्षेत्रको विकासको निम्ति संवेदनशील छ, अबको राज्य सरकार पनि यस्तै संवेदनशील रहेको हामीले विश्वास गरेका छौं। यसकारण ममता व्यनर्जीको सरकारले पहाड़को विकासको निम्ति यस्ता खाले फाइदाकारी योजनाहरूलाई कार्यान्वयनमा ल्याउने आशा गरिएको छ। १० औं पञ्चवर्षिय योजनाले नै पर्यटकीय नगरहरूलाई इकोसिटी प्रोजेक्टमा हालेर त्यहॉं आर्थिक स्रोतहरूको विका

यो योजनाले यस क्षेत्रको पर्यटनीय क्षेत्रको संरक्षण गर्ने छ भने नगरहरूको सुन्दरीकरण, बाटो, बिजुली पानी अनि आधारभुत पुर्वधारहरूको विकासलाई बलप्रदान गर्छ, जसबाट रोजगारका अवसरहरू निर्माण हुनेछन्। छेत्रीले नगरलाई पर्यानगरमा रुपान्तर गरेर त्यहॉं आर्थिक स्रोतहरूको विकास गर्न वहाली गरिनुपर्ने सम्पूर्ण योजनाहरू यसैभित्र रहेकोले यसलाई प्राथमिकता दिए ममताको स्वीट्जरल्याण्ड नै बनिने पनि बताए।
तिनले सङ्गठनले अहिले सरकारलाई पॉंचबुँदे माग

0 comments: on "जिल्लालाई पर्यानगर योजनाभित्र हाले मात्र ममताको स्वीट्जरल्याण्ड बनिनेछ"
Post a Comment