मनोज वोगटी कालेबुङ, २५ मई।
बङ्गालमा वामफ्रण्ट सरकार अनि पहाड़मा गोरामुमोको राजनैतिक शक्ति नै नष्ट भएपछि जलपाइगुड़ी जेलमा बन्दी भएका छत्रे सुब्बाहरूको रिहाईमा आशाको किरण देखापरेको छ।
गोर्खाल्याण्डको नाममा आन्दोलन गर्दै गोरामुमो प्रमुख सुवास घिसिङले गोर्खाल्याण्डलाई दागोपापसित बेचेको मन नपरेपछि छत्रे सुब्बाले भूमिगत सङ्गठन

दस वर्ष वित्यो तिनी अहिले पनि आफ्ना सहयोगीहरूसित नै जलपाइगुड़ी जेलमा छन्। कुनै चलचित्रको कथा जस्तै बितिरहेको छ छत्रे सुब्बाहरूको जेलजीवन। बङ्गालको न्यायपालिका यहीँ आएर गोर्खाहरूको निम्ति नरहेको प्रमाण बनिन्छ। किन भने जुन दोषमा छत्रे सुब्बाहरू जेलमा 10 वर्षदेखि सड़िरहेका छन्, त्यो दोष नै खुट्टिएको छैन। सुनवाईहरूका तारिकहरू जति सरे त्यति नै सर्यो छत्रेहरूको उन्मुक्तिको सपना पनि। जुन कारण उनीहरूलाई जेलमा थुनियो त्यसमाथि कानूनी छानबिन हुन दसवर्ष लाग्ने हो भने त्यसलाई अन्यायपालिका बाहेक केही भन्न सकिन्न।
सुवास घिसिङलाई गोली हानेको दोषमा पक्रा पर्ने छत्रेको अन्तिम गवाही सुबास घिसिङ स्वंयले नै यसमुद्दाबारे आफूलाई कुनै जानकारी नभएको अनि आफूले छत्रेले नै गोली हान्यो भनेर प्राथमिकी समेत दर्ता नगरेको बताएर बङ्गालले नै छत्रेहरूलाई कुनै महत कारणको निम्ति जेलमा सड़ाएर राखेको स्पष्ट पारे पनि छत्रेहरूको निम्ति कुनै पहल कसैले पनि गर्न सकेको छैन। सुवास घिसिङले पहाड़मा आफ्नो पकड़ भइञ्जेल कहिल्यै न्यायलयमा उभिएनन्। जब तिनी खेदुवा लागे तब न्यायलयमा उभिएर छत्रेहरूको दोष प्रमाणित गरेनन्।
छत्रेहरूबाट राजनैतिक फाइदा नदेखेपछि नै घिसिङले बङ्गालकै न्यायपालिकालाई ठेसपुग्ने गवाही दिएको अनुमान पनि गरिइएको छ। राजनैतिक शिविरबाट गोर्खाल्याण्डको माग गर्नेहरूलाई बङ्गालको दण्डकोरूपमा मिथक स्थापना गर्न अनि आन्दोलनकारीहरूलाई खबरदारी गरा

उसो भए के छत्रेहरूको उम्नुक्तिको सम्भावना छ त? अहिले यही प्रश्न उठिरहेको छ। यसप्रश्नलाई अझ बलियो बनाएको छ हाइकोर्टले केही दिन अघि यस मुद्दालाई दुइमहिनाभित्रमा नै समाधान गर्ने दिएको निर्देशले। छत्रे सुब्बाहरूको उन्मुक्तिको सम्भावनालाई अझ प्रगाड़ बनाएको छ बङ्गालको प्रथम महिला मुख्यमन्त्री ममता व्यानर्जीले जेलजीवन बिताइरहेकाहरूको निम्ति शीघ्र नै बन्दीमुक्ति कमिटी बनाउने घोषणाले।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले छत्रेहरूको मुद्दालाई राजनैतिक मामिला मान्दै राजनैतिक तौरले नै उनीहरूको उन्मुक्तिको निम्ति प्रमुखरूपले आवाज उठाइरहेको भए पनि केही हुन सकिरहेको छैन। यता गोर्खा जनमुक्ति मोर्चाले यसलाई कानूनी मामिला मान्दै तरङ्ग पण्डित अनि दिनेशचन्द्र राई जस्ता अधिवक्ताहरूलाई खटाएको

यता सुब्बाहरूको सुनवाई 2 जुलाईको दिन छ। वामफ्रण्ट र गोरामुमोको सत्ता बिलिन भएपछि छत्रे सुब्बाहरूको उन्मुक्तिको सम्भावना बढ़ेको सबै दलहरूले पनि अनुमान लगाइरहेको छ। छत्रे सुब्बासित नै जलपाइगुड़ी जेलमा शरण देवान, गुञ्जे लामा,विजय छेत्री, श्याम छेत्री अनि कुमार छेत्री रहेका छन्, जो ममता सरकारमा आशा राखेर बसेका छन्।
0 comments: on "के अब छत्रेहरूको रिहाइ हुन्छ त?"
Post a Comment