मनोज वोगटी
कालेबुङ,17 जून।
हाइटेक जमानामा कृषि पनि हाइटेक नै हुनुपर्ने सोंच सरकारले बनाएको छ। खेत गाउँबस्तीमा नै हुन्छ, उत्पादन पनि गाउँ बस्तीमा नै हुन्छ तर त्यो गाउँ र बस्ती नै नयॉं तक्निकी र जानकारीहरूबाट पर छ। यसै कुरालाई ध्यानमा राखेर कालेबुङ कृषक कल्याण सङ्गठनले जिल्लाका दुर्गम क्षेत्रबाट हाइटेक पद्धति स्थापना गर्न आधिकारिक पहल शुरू गरेको छ।
सङ्गठनको पहलमा राज्यकै दुर्गम क्षेत्र श्रीखोलामा कम्प्युटर र इन्टरनेट पुर्याएको छ। सङ्गठन अनुसार अब पारम्परिक कृषि प्रविधिलाई संशोधन गर्दै त्यहींबाट नयॉं तक्निकी जोड़ेर अघि बढ्न नयॉं पुस्तालाई प्रोत्साहित गर्न भारत सरकारले लिएको योजनालाई पश्चिम बङ्गाल कै एक नम्बर पुलिङ बुथ रहेको सबैभन्दा दुर्गम क्षेत्र श्रीखोलामा कार्यान्वयन गरिएको हो।
नावार्ड, कालेबुङ कृषक कल्याण सङ्गठन अनि कृषि विज्ञान केन्द्र अहिले ग्रामीणस्तरमा हाइेटेक कृषि प्रविधिको विकासमा जुटेको छ। नावार्डले दिएको दायित्वलाई कॉंधमा राखेर जिल्लाका कृषकहरूसम्म अत्याधुनिक प्रविधि हस्तान्तर गर्दै आइरहेको कालेबुङ कृषक कल्याण सङ्गठनले जिल्ला कै दुर्गम क्षेत्र श्रीखोलामा इन्टरनेट सुविधायुक्त योजना कार्यान्वयन गरेको छ। कार्यमा जुटेका सङ्गठनका योजना संयोजक सञ्जय राईले भने, नावार्डले यसलाई टेक्नोजली इन्फर्मेशन सेन्टर भनेको छ, जसले कृषकहरूलाई देशका अन्य कृषिस्रोत र कृषि जानाकरी केन्द्रहरूसित जोड्ने छ।
श्रीखोलामा एउटा कम्प्युटर राखिएको छ, जसमा वेभक्याम पनि जड़ान गरिएको छ। यसैमा इन्टरनेटको सेवा पनि प्रदान गरिएको छ। राईले भने, बस्ती भए पनि यहॉं पढेलेखेका कृषकहरू पनि छन्, उनीहरूले यो सुविधालाई प्रयोग गरेर कृषि सम्बन्धित सम्पूर्ण जानाकारीहरू संग्रह गर्ने छन् अनि संग्रहित सामाग्रीहरू कृषकहरूमा राख्नेछन्। अहिले कृषि सम्बन्धमा भारत सरकारले तयार पारेका योजनाहरू मात्र होइन, विश्वव्यापी बजार फैलाउन खोलिएका बजारकेन्द्रहरूसित पनि कृषकहरूले सोझै सम्पर्क गर्न सक्नेछन्।
यसो भएमा कृषकहरूले चलिरहेको बजारमूल्य अनि उत्पादनको उत्कृष्टताबारे सोझै जानकारी लिन सक्नेछन्। राईले भने, सरकारले कृषि विज्ञान केन्द्रहरूलाई धेरैवटा दायित्वहरू प्रदान गरेको छ। कृषकहरूले अब भिडियो कन्फरेन्सिङ मार्फत सोझै केन्द्रका विषय विशेषज्ञहरूसित सम्पर्क गरेर कृषि समस्या राख्न सक्नेछन्। यसैबाट कृषिको निम्ति चाहिने सबै जानकारी पनि कृषकहरूले लिन सक्नेछन्। कृषकहरूले अनलाइन नै आफूहरूलाई चाहिएका सबै प्रकारका सामाग्री, जानकारी र ज्ञान लिन सक्ने मात्र होइन आफ्नै परिवारलाई हाइटेक कृषिमाथि सचेत गराउन समेत सक्ने राईको ठनाई छ।
सेन्टरमा एउटा प्रिन्टर र जेरक्स मिसिन पनि बसाइएको छ। यस सेन्टरलाई केभीकेका प्रोजेक्ट एसिस्टेन्ट निमदोर्जी तामाङले उद्घाटन गरेका थिए। राईले अझ भने, यसक्षेत्रका मोठ 8 वटा कृषक सङ्घका सदस्यहरूले यहॉंबाट फाइदा लिन सक्नेछन्। श्रीखोला बिजनबारी खण्डमा त पर्छ तर यो खण्ड कार्यालयले श्रीखोलामा सेवा उपलब्ध गर्न सक्दैन। कृषक सङ्घका मुख्य संयोजक सीपी राईले धेरै टाड़ो भएकोले विभाग श्रीखोलामा आइपुग्नै नसकने बताए।
तिनले भने, यसकारण यो क्षेत्रलाई छुट्टै खण्ड बनाइनपर्ने यहॉंका कृषकहरूले माग गरिरहेका छन्। यहॉंको मोठ दसवटा गॉंउमा न त बाटो राम्रो छ, न त विजुली नै पुगेको छ। न त शिक्षणकेन्द्र नै छ न त अस्पताल। यस्तो दुर्गम बनिनुको कारण एउटै छ त्यो हो खण्ड कार्यालय टाड़ो रहनु।
राईले भने, आलू, मकै, मटर र अलैंची यहॉंको मुख्य खेती हो। यसैलाई नयॉं प्रविधिद्वारा विकसित गरिए, यहॉंका कृषकहरूको निम्ति बलियो आर्थिक आधार बनिनेछ। सङ्गठनले यसको निम्ति धेरैवटा सङ्कल्पित योजनाहरू हातमा लिएको छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "राज्य कै दुर्गम क्षेत्रमा पुग्यो इन्टरनेट ः अब जिल्लामा हाइटेक कृषि"
Post a Comment