कालेबुङ,२५।
अखिल भारतीय गोर्खालीग


सीबीआईले पनि अहिलेसम्म यसमुद्दालाई

मालेलाई सदर थानामा राखिएको छ। हाइकोर्टको निर्देश अनुसार मदन तामङ हत्याकाण्डको जॉंचको जिम्मा सीबीआईलाई २० जनवरी २०११को दिन दिइएको थियो। यसैकारण सिलगढ़ी अनि दार्जीलिङमा क्याम्प राखेर सीबीआईले जॉंच पक्रिया अघि बढ़ाइरहेको छ। सीबीआईले जॉंचको रिपोर्ट मुख्य न्यायधिस जे.एन.पटेल अनि न्याधिस् ए.के .रोयको निर्देशनमा हाइकोर्टलाई २३ जुनभित्र बुझाउनुपर्ने छ। यता यसै मामिलाका दोषी निकोल तामङ लापत्ता बनेका छन् भने तिनको स्वास्नी पेमा तामङले निकोलको फिर्ताको गुहार हाइकोर्टमा नै लगाएकी छन्।

मदन तामङको हत्या २१ मई २०१०को दिन दार्जीलिङको क्लबसाइटमा विहान ९,३०मा भएको थियो। त्यसपछि २३ मईको दिन मुद्दाको छानबीनको जिम्मा सीआईडीले लिएको थियो। सीआईडीले ३० अगस्तको दिन छानबीनको ५१९ पन्ने चार्जसिट जारी गरिसकेको छ जसमा मोर्चाका ३० जना कार्यकर्ता अनि ६१ जना गवाहीको नाम उल्लेख छ। जसमा ८ जनालाई अहिलेसम्म पक्राउ गरिसकेको छ।
0 comments: on "मदन हत्याकाण्डको दोषमा परे मोर्चाका दिपेन माले सीबीआईको पञ्जामा"
Post a Comment