मुख्य समाचार :


सन्दर्भःमदन तामाङ हत्याकाण्ड: दिपेन मालेको पक्राउ शुरूआत हो-प्रताप खाती

प्रज्ज्वल वोगटी
कालेबुङ, 26 मई।

अखिल भारतीय गोर्खा लीग नेता मदन तामाङ हत्याकाण्डका प्रमुख आरोपी निकल तामाङ सीआईडी कस्टडीबाटै लापत्ता भएपछि हत्याकाण्डको जॉंच कार्य कलकत्ता उच्च न्यायलयले सीबीआईलाई सुम्पेको थियो। चुनाउको कारण सीबीआई यो मामिलालाई लिएर गम्भीर हुन पाइरहेको थिएन।
तर सीबीआईले दार्जीलिङ अनि सिलगढ़ीमा यसलै मामिलाको छानबीनको निम्ति क्याम्प नै हालेर बसेको थियो। चुनाउ सक्ने वित्तिकै वुधवार पहिलोचोटि सोधपुछको निम्ति युवा मोर्चा केन्द्रिय समितिका प्रचार-प्रसार सचिव एवं पोख्रेबुङ युवा मोर्चाका अध्यक्ष दिपेन मालेलाई सीबीाईले पक्राउ गरे जसलाई सीबीआई पहलको शुरूवात रहेको ठान्छन्‌ लीग नेता प्रताप खाती। तिनले भने, युवा मोर्चा शीर्षस्थ नेता दिपेन मालेको पक्राउ शुरूआत हो। सत्यको जीत अवश्य हुन्छ। एफआइआरमा नाम हुनेहरू कसैलाई पनि सीबीआईले छोड्ने छैन पत्रकारहरूसँग कुराकानी गर्दै लीग नेता खातीले मदन तामाङ हत्याकाण्डका आरोपीहरूलाई सीबीआइले दुइचार दिनभित्रमा पक्राउ गर्ने विश्वास प्रकट गरे।

तिनले भने, सीबीआईलाई सबै थाहा छ, को कहॉं छ अनि के गर्दैछन्‌। जमुनेमा छन्‌ कि, कहॉं भलिबल खेल्दैछन्‌ सीबीआईबाट कोही लुक्न सकेका छैनन्‌। दोषीहरू कसैलाई पनि सीबीआईले छोड़नेछैन। तिनले अझ भने, कानूनले कसैलाई पनि छोड्दैन।

दिल्लीमा एउटा कानून अनि विमल गुरूङको डरले दार्जीलिङमा अर्को कानुन हुँदैन। तामाङ हत्याकाण्डमा मोर्चा शीर्षस्थ नेतृत्वहरूको पनि नाम रहेको कारण भुतपूर्व सैनिक मोर्चाका एक नेताको कलकत्ता उच्च न्यालयले बेल समेत खारेज गरिसकेको बताए।

मदन तामङ हत्याकाण्ड अरू जस्तो मुद्दा नरहेको बताउँदै सीबीआइले समय समयमा कलकत्ता उच्च न्यालयमा रिपोर्ट बुझाइ रहनुपर्ने पनि जनाए। बङ्गालमा अहिले ममताको सरकार सत्तामा आएकोले एक नारीको वेदना नारीलेनै बुझ्ने बताउँदै तिनले भने, गोर्खाल्याण्डको नेताको हत्यापछि सीबीआईको जॉंच हुनुपर्छ भन्नेमा सर्वप्रथम ममता ब्यानर्जी अनि पार्थ च्याटर्जी थिए। बङ्गालमा अहिले वामफ्रण्टको लुते सरकार छैन। अहिले ममताको सरकार आएको छ। ममता एक नारी भएकीले नारीको पीड़ा नारीलेनै बुझ्छन्‌

तिनले यहॉंका पुलिस प्रशासनले दोषीहरूलाई खोजी निकाल्नमा सीबीआईलाई महत सहयोग पुर्‍याउने लीगले आशा राखेको पनि बताए। खातीले सीबीआई पहलमाथि दलीय विश्वास प्रकट गर्दै अहिलेसम्म प्रशासनिक रूपले जुटेका प्रमाणहरूको आधारमा नै सीबीआईले दोषीहरूलाई पक्रने बताए।

तिनी अनुसार मदन हत्याकाण्डमा लीप्त रहेका दोषीहरूको भिडियो फुटेज, टेलिफोन वार्ता, फोटो, प्रत्यक्षदर्शीहरूलाई सीबीआईले दोषी पक्रनमा प्रयोग गर्नेछ। अर्कोतिर लीगले यसमामिलामा गरेको प्राथमिकी दर्तामा गोखार्र् जनमुक्ति मोर्चाका शीर्षस्थ नेताहरूको नाम पनि अघि आएको छ।

0 comments: on "सन्दर्भःमदन तामाङ हत्याकाण्ड: दिपेन मालेको पक्राउ शुरूआत हो-प्रताप खाती"