मनोज वोगटी
कालेबुङ, 24 मई।
कालेबुङ माकपा प्रतिनिधि तारा सुन्दासले कालेबुङमा आइसीडीएस अनि प्यारा शिक्षक नियुक्ति नभएकोमा आपत्ति जनाउँदै महकुमा शासकलाई ज्ञापन चढ़ाएका छन्। दागोपापमा आएका सबै सहुलियतहरूको ठीकठीक प्रयोग हुनु हो अनि तृणमूलस्तरका नागरिकहरूले त्यसको उपभोग गर्न पाउनु हो भने दार्जीलिङ जिल्लाको विभिन्न क्षेत्रमा समस्या आइपर्ने थिएन भन्ने धारणा नागरिकहरूमा रहेको छ।
नागरिकहरूको निम्ति कुनै पनि काम विभागले गर्न अघि राजनैतिक हस्तक्षेप हुने अनि दलहरूले सरकारी सहुलियतहरूलाई दलीय फाइदाकोरूपमा प्रयोग गर्ने संस्कारको कारण नागरिकहरूले उचितरूपले कुनै पनि योजना र सहुलियतको फाइदा उठाउन सकिरहेका छैनन्। राजनैतिक हस्तक्षेप र सरकारी कार्यान्वयन शैलीमा आएको लचिलोपनको कारण यस्ता अनेकौं योजनाहरूबाट जिल्लाका नागरिकहरू बञ्चित बन्न परिरहेका छन्, यसको उठान गर्ने दह्रिलो संस्था जिल्लामा नै देखिन्न। यता श्रमजीवीहरूको सङ्गठन भनिएको भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्ता तारा सुन्दासले कालेबुङमा यस्ता अनेकौं मुद्दाहरूमाथि आवाज उठाइरहेको भए पनि कुनै पनि मुद्दाले टुङ्गो पाइरहेको छैन।
वामफ्रण्ट सरकार हुँदा पनि तिनले आफ्नै सरकारको विरूद्ध अनि नागरिकहरूको अधिकारको निम्ति यस्ता अनेकौं मुद्दाहरूको उठान गरेेका छन्, जो तृणमूलस्तरका नागरिकहरूको अधिकारको कुराहरू रहेका छन्। आज पनि तिनले राज्य र केन्द्रले अनुमोदन गरिसकेको तर र्कान्वयन भने नभएको आइसीडीएसको मुद्दामाथि आवाज उठाएका छन्। तिनी अनुसार कालेबुङ महकुमामा जम्मा 129 वटा आइसीडीएस केन्द्र स्थापित गर्ने सरकारी सङ्कल्प छ। केन्द्र स्थापित गरेर त्यहॉं कर्मचारीहरू नियुक्त हुनुपर्ने हो तर यसदिशामा कुनै उल्लेखनीय पहल हुन सकिरहेको छैन।
सरकारी नीतिले बताएको निर्देशिका अनुसार यस दिशामा कुनै काम नभएको तिनको आरोप छ। केन्द्र स्थापना गर्न अनि त्यहॉं कर्मचारी नियुक्त गर्नको निम्ति सरकारीपक्षबाट अन्तर्वार्ता बोलाउन 10 अगस्त 2010लाई अन्तिम मिति राखेर फारम पनि भराइसकेको हो, तर कसैलाई पनि नियुक्त भने गरिएको छैन। सुन्दास अनुसार नियुक्त नहुनमा कुन शक्तिले बाधा दिइरहेको छ? किन नियुक्ती भइरहेको छैन? सरकारी सहुलियत र कर्माचारीहरूको वेतन राशि कहॉं प्रयोग हुँदैछ? तिनले यही प्रश्नहरू राख्दै महकुमा अधिकारी एलएन शेर्पालाई ज्ञापन पनि चढ़ाएका छन्। तिनको आरोप अनुसार फारम भर्न रुपियॉं लिइएको छ।
रुपियॉं लिइलिइ फारम भराउने तर काम भने नदिने?-तिनले महकुमा प्रशासनलाई सोधेका छन्। तिनले आइसीडीएस मात्र होइन राज्य सरकारको नगरनिगम विभागले 2009 मा नै नगरपालिका क्षेत्रका विद्यालयहरूमा प्यारा शिक्षक नियुक्त गर्नुपर्ने निर्देश दिइसकेको भए पनि अहिलेसम्म कतै पनि नियुक्ति नभएको कुरा पनि उठान गरेका छन्। सुपरभाइजर अनि शिक्षाविद् समेतको नियुक्ति हुनुपर्ने तर नगरिएको भन्दै तिनले नगरपालिका प्रशासनलाई पनि आपत्ति जनाएका छन्।
आइसीडीएस अनि प्यारा शिक्षकहरूको नियुक्तिको पहल शीघ्र होस्, अनि यस दिशामा नागरिकहरू आफैले पनि आवाज उठाइदियोस्। यसो नभएको खणडमा विभागीय मनमानीले पश्रय पाउने छन्-तिनले भने।
पग्ला कुकुर
12 years ago
0 comments: on "आइसीडीएस र प्यारा शिक्षक नियुक्ति नभएकोमा माकपाको आपत्ती"
Post a Comment