मुख्य समाचार :


भोलि ममता-मोर्चाको बैठक

प्रज्ज्वल छेत्री
कालेबुङ, 1 मार्च।
अघि-अघि नौमती बाजा, वरिपरी कडा सुरक्षा व्यवस्था, सडकको दुइकिनारबीच ममताको एकझलक हेर्न बसेका मानिसहरू अनि हातमा खादा, फूल लिइ बसेका मोर्चा समर्थकहरूबीच बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी कालेबुङ मेनरोडमा पैदल हिँड्‌दै, हात हल्लाउँदै, नमस्कार गर्दै गर्दा आज दउँसो कालेबुङ मेनरोड ममतामयी बन्यो।

कालेबुङ मेनरोडमा फूल मालाले ममता व्यानर्जीलाई भव्यतापूर्ण स्वागत जनाइयो। बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी आज पहिलोपल्ट कालेबुङ आइपुगिन्‌। कालेबुङ प्रस्थान हुनअघि नै तिनलाई टिस्टा बजारमा क्षेत्रबासीहरूले भव्यतापूर्ण स्वागत जनाए। यसैअवधी तिनले टिस्टा हाइ स्कूलको परिभ्रमण गर्दै विद्यार्थीहरूहरूसित भलाकुसारी गरिन्‌। अपह्रान्न 3ः30 बजीतिर तिनी कालेबुङ आइपुगिन्‌ जहॉं सयौं कालेबुङबासी अनि मोर्चा समर्थकहरू उनको प्रतिक्षामा बिहानैदेखि बसेका थिए। कालेबुङ मेनरोडमा उनलाई भव्यतापूर्ण स्वागत जनाइएपछि तिनी डा. ग्राम्स होम्स स्कूल पुगिन्‌। त्यसैअवधी ग्राम होम्समा राखिएको छोटो कार्यक्रमबीच मिनटभरको सम्बोधनमा तिनले कालेबुङमा नामी नामी स्कूलहरू रहेको जसमध्ये डा. ग्राम होम्स एक रहेको बताइन्‌। कालेबुङ ग्राम्स होम्सका विद्यार्थीहरू विश्वभरिनै विभिन्न उच्च ओहोदासम्म पुगेको बताउँदै कालेबुङमा आफू आउनु गर्व महशुश भइरहेको तिनले जनाइन्‌।  आज समय कम रहेकोले तिनी अन्य क्षेत्रको भ्रमण नगरी सोझै डेलोतर्फ प्रस्थान भइन्‌ जहॉं तिनी शुक्रबारसम्म बसेर शनिबार कोलकाता फर्कनेछन्‌। मोर्चाले तिनलाई कतिपय भुइँचालो प्रभावित क्षेत्रहरूको भ्रमण गराउने आज योजना बनाएको भएपनि समयको अभावले सो सम्भव हुननसकेको बताइएको छ। कालेबुङलाई पनि पर्यटन क्षेत्रको रूपमा विकसित गर्न भोलि विहान तिनी प्रशासनिक  बैठकमा बस्ने बताइएको छ। यसरी नै भोलि अपह्रान्न दुइ बजीदेखि मुख्यमन्त्रीले मोर्चा प्रमुख विमल गरुङ अनि तीन विधायकसित बैठक गर्नेछिन्‌। यो बैैठक निक्कै महत्वपूर्ण हुने ठानिएको छ। किन भने मोर्चा जीटीएको निम्ति पूर्णरुपले आश्वस्त हुन चहान्छ। केन्द्रको पक्षबाट हुनुपर्ने पहलमा ढिलाई भएमा मोर्चाले अघिबाट नै आन्दोलन गर्ने सोंच बनाएर राखेको छ। मोर्चामा रहेको राजनैतिक बाध्यताको कुरा मुख्यमन्त्रीलाई थाहा भइराख्नु निक्कै अनिवार्य रहने देखिएको छ। पहाडमा आन्दोलनकालमा भएको असहयोग कार्यक्रमको कारण बील, ट्याक्सहरूको समस्या, पहाड विकासको विकासको पूर्वाधारहरूसितै विशेष जीटीए सम्बन्धमा नै मोर्चाले आजको वैठकमा मुख्यमन्त्रीको ध्यानार्षण गर्ने लख काटिँदैछ।

0 comments: on "भोलि ममता-मोर्चाको बैठक"