मुख्य समाचार :


‘आश्वासन होइन समाधान देउ, स्वीट्‌जरल्याण्ड होइन गोर्खाल्याण्ड देउ’

कालेबुङ, 1 मार्च।
आज विहान एकापट्टि नगरमा मोर्चा समर्थहरूको मुख्यमन्त्रीकोे स्वागतको निम्ति चहलपहल बढिरहेको थियो भने अर्कोपट्टि उही मुख्यमन्त्रीकै भ्रमणलाई केन्द्र गर्दै  क्रामाकपा प्रतिनिधिहरू पोस्टरिङ गर्न व्यस्त थिए।
जीटीए गोर्खाहरूको स्थायी समाधान नरहेको सङ्‌केत दिन नै क्रामाकपाले आज नगरमा पोष्टरिङ गर्‍यो।
 मुख्यमन्त्री ममता व्यानर्जी कालेबुङ आउन ठीक अघि नै उनीहरूले गोर्खाहरूलाई आश्वासन होइन समाधान देउ, स्वीट्‌जरल्याण्ड होइन गोर्खाल्याण्ड देउ भन्दै पोस्टर टॉंसे। गणतन्त्रको राग अलाप्दै अगणतान्त्रिक शक्तिहरूलाई प्रश्रय दिने मुख्यमन्त्री हामीलाई चाहिँदैनसम्म पोष्टरमा उल्लेख थियो।
‘विपक्षीहरूलाई गोर्खाल्याण्ड पाउने तरिका थाहा छैन’
कालेबुङ, 1 मार्च।
मुख्यमन्त्री ममता व्यनर्जीले कालेबुङ आउनभन्दा ठीक अघि क्रामकपाले गरेको पोष्टरिङमाथि बौल्दै विपक्षीहरूलाई गोर्खाल्याण्डसम्‌ पुग्ने तरिका नै थाहा नभएको विधायक डा. हर्कबहादुर छेत्रीले बताए। उनको भनाइअनुसार मोर्चाले देखेको बाटोअनुसार जीटीएभएर नै गोर्खाल्याण्डसम्म पुग्न सकिन्छ। ‘सिपाहीहरू लडाइँ नहुदा पनि कदमताल गरेस्तो मात्र हो क्रामाकपाको पोष्टरिङ’-डा. छेत्रीले भने। मोर्चाले जीटीए नै स्थायी समाधान हो नभनेको अनि गोर्खाल्याण्ड नै अन्त रहेको कुरा तिनले आज पनि दोहोर्‍याए। तर विपक्षी दलहरूलाई गोर्खाल्याण्डसम्म पुग्ने कुनै तरिका थाहा नभएर घरमै बसेर कराइरहेको जबकी मोर्चा अलग राज्य निर्माणको बाटोमा हिँडीसकेको पनि तिनले ठोकुवा गरे। चार वर्षसम्म मोर्चाले माथापच्चि गरेर स्पष्ट कुरा बुझेर बुझेर नै छुट्टै राज्य निर्माणकै दिशामा जीटीए ग्रहण गरेको पनि तिनले बताए। यद्यपि तिनले मुख्यमन्त्रीले पनि गोर्खाहरूको आकांशा जान्न अनिवार्य ठहर गर्दै क्रामाकपाले पोष्टरिङ ‘राम्रै हो’ भने।
जीटीएबाट नै गोर्खाहरूको समस्या समाध हुने मुख्यमन्त्रीको ठोकुवालाई गतल सवित गर्दै क्रामाकपाले केवल गोर्खाल्यण्डले मात्र गोर्खाहरूको समस्या समाधन हुने बताएको छ। दार्जीलिङको एकदिुइ नेताहरूलाई  जीटीए देखाएर खुशी पार्दैमा गोर्खाहरूको समस्या समाधन भयो भन्ने ठानेकी मुख्यमन्त्रीलाई गोर्खाल्याण्डले मात्र गोर्खाहरूको समस्या समाधान हुन्छ भन्ने सङ्‌केत दिन चाहेको क्रामाकपा आञ्चलिक समिति सचिव मोहन पौड्यालले बताए। मख्यमन्त्रीले दार्जीलिङमै आएर छुट्टै राज्य हुन सक्तैन भन्ने दुस्साहास गर्नु पनि यहॉंकै नेताहरूको कारण रहेको पनि तिनले बताए। ‘जीटीएले दार्जीलिङको आर्थिक अवस्थामा सुधार ल्याउनसक्ला त्यहीपनि राशि राम्ररी प्रयोग भए। तर सर्वभरतीय गोर्खाहरूको राष्ट्रिय सङ्‌कट जीटीएले कदापी बोक्न सक्तैन।’-पौड्यालले भने। केन्द्रले अघिबाटै दिएको वृद्ध भत्ताहरू नयॉं गरी दिने कुरा मात्र मुख्यमन्त्रीले गरेको बताउँदै कर्मचारीहरूसम्मलाई हडतालमा ओर्लिए सर्विस ब्रेक गरिदिन्छु भन्ने हिटलरी मुख्यमन्त्री क्रामाकपालाई नचाहिने पनि तिनले बताए।

0 comments: on "‘आश्वासन होइन समाधान देउ, स्वीट्‌जरल्याण्ड होइन गोर्खाल्याण्ड देउ’"