मुख्य समाचार :


पैसा ठूलो होइन, गोर्खाल्याण्ड ठूलो-शहिद परिवार

कालेबुङ, 2 मार्च।
गोर्खा जनमुक्ति मोर्चाको छुट्टै राज्यको आन्दोलन अवधी सिब्सुमा ज्यान गुमाउने तीन शहीदका परिवारलाई मुख्यमन्त्री ममता व्यानर्जीले डेलोमा दुइदुइ लाखको चेक प्रदान गरिन्‌।

शहीद विमला राईकी पिता गरुडध्वज राई, विक्कि लामाका अभिभावक सेतीमाया लामा अनि निता खवासकी अभिभावक रामबहादुर खवासले चेक थापे। तिनीसित पूर्व सैनिक मोर्चाका अध्यक्ष कर्णल रमेश आले साथमा थिए। कर्णल रमेश आलेले भने, मुख्यमन्त्री ममता व्यानर्जीले परिवारलाई क्षतिपूर्तिस्वरुप यो राशि दिएकी हुन्‌।

 यी परिवारले आफन्त गुमाएकी छन्‌। छुट्टै राज्यको निम्ति शहीदहरूको योगदान अविष्मरमीय छ।
 यता शहीद विमला राईकी पिता गरुडध्वज राईले भने, पैसा पाउनु ठूलो कुरा होइन। हाम्रा छोरा छोरी छुट्टै राज्यको निम्ति शहीद भएका हुन्‌।
 जबसम्म छुट्टै राज्य प्राप्त हुँदैन उनीहरूको प्राणको योगदान गरिमामय हुँदैन। यता विक्कि लामाका अभिभावक सेतीमाया लामाले पनि भनिन्‌, छुट्टै राज्य भए मात्र शहीदहरूको आत्मले शान्ति पाउने छन्‌।
गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा हस्ताक्षर गरे पनि शहीदका परिवार भने छुट्टै राज्य नै चहान्छन्‌। रामबहादुर खवासले भने, हामीले विमल गुरूङसित धेरै आशा गरेका छौं। छुट्टै राज्य हुन्छ भन्ने सोंचेका छौं।
 किन भने छुट्टै राज्य भएन भने  शहीदको आत्मले शान्ति पाउने छैन।

शहीद परिवारका सदस्यहरू अनुसार उनीहरूका छोरा छोरीले छुट्टै राज्यको सपना देखेका छन्‌। त्यो सपना पुरा हुनुपर्छ। शहीदको सपना पुरा गर्नु नेतृत्वको जिम्मेवार हो। यता मोर्चाबाट पनि ग्यासको डिलरशीप दिनेदेखि लिएर अनेकानेक सुविधा परिवारका सदस्यलाई दिने घोषणा भइसकेको छ। अहिलेसम्म खास सहुलियत नपाए पनि राशि भने परिवारले पाइरहेकै छ।

0 comments: on "पैसा ठूलो होइन, गोर्खाल्याण्ड ठूलो-शहिद परिवार"