मुख्य समाचार :


पर्यटन विकासको निम्ति टास्क फोर्स गठन हुने

कालेबुङ, 2 मार्च।
मुख्यमन्त्री ममता व्यानर्जीले उत्तरबङ्गाल लगायत दार्जीलिङ र डुवर्सको पर्यटन विकासको निम्ति निक्कै चासो देखाएकी छन्‌।

तिनले आज उत्तरबङ्गाल पर्यटन विभागका प्रिन्सिपल सचिव रागवेन सेन लगायत दागोपाप प्रशासक अनिल वर्मा अनि जिल्लापाल सौमित्र मोहन लगायत पर्यटन, बन अनि कृषि विभागका विभिन्न प्रतिनिधिसित कुराकानी गरिन्‌। डेलोमा कुराकानी पछि प्रिन्सिपल सेक्रेटेरी रागवेन सेनले सुन्दर बन, डिगा, दार्जीलिङ र डुवर्सका विभिन्न पर्यटकीय क्षेत्रको विकासको निम्ति मोडल तयार पारिएको बताए।

यसलाई चुडान्त गर्नको निम्ति एउटा टास्क फोर्सको गठन गरिने छ। जसले चुडान्त रिपोर्ट तयार पार्ने छ अनि रिपोर्ट अनुमोदनपछि कार्य आरम्भ हुने छ। सेनले भने, पर्यटन राज्यको निम्ति विकासको प्रमुख अङ्ग हो। यसको निम्ति सरकार संवेदनशील छ।एक महिनाभित्र टास्क फोर्सले रिपोर्ट बुझाउने छ। पब्लिक प्राइवेट पार्टनरशीपमा यो टास्क फोर्सले पर्यटकीय क्षेत्रको विकासको परियोजना तयार पार्ने छ। यसको निम्ति आज बन विभाग अनि दागोपाप अधिकारीहरूले मुख्यमन्त्रीसित छलफल गरेको छ। जुन मोडल तयार पारिएको छ, यसको संरचना निर्माणको कार्य एक महिनापछि नै हुने छ। सेनले भने, दार्जीलिङको पर्यटन विकासको निम्ति मास्टर प्लान तयार छ।

 काम हुन बॉंकी छ। यस अन्तर्गत मेगा टुरिज्मको खाका पनि बनाइएको छ। डुवर्स, उत्तरबङ्गालको निम्ति यो मेगा टुरिज्मको काम हुने छ। एक महिनादेखि शुरु हुने भनिएको पर्यटनीय संरचना निर्माण कार्यको निम्ति कति कोष लाग्छ, यसको निम्ति 15 दिनभित्रमा नै टास्क फोर्सले रिपोर्ट तयार पार्ने पनि सेनले जनाएका छन्‌। जसको निम्ति जोनल प्लानिङ शुरु भइसकेको छ। सेनले बताए अनुसार दार्जीलिङको सन्दकपुमा मेघा टुरिज्म योजना कार्यान्वयन हुनेछ। मिरिक झील र वरिपरिको पर्यटकीय क्षेत्रको विकासको निम्ति पनि मेघा टुरिज्म परियोजनाले काम गर्नेछ। यसै गरी कोलकाताको डिगा, ताजपुर र मोहनाकमा 35 ऐकर जमीनमा काम हुनेछ।

0 comments: on "पर्यटन विकासको निम्ति टास्क फोर्स गठन हुने"