मुख्य समाचार :


मरुभूमिको नदी र जुलूसमा हिँड्‌ने मान्छे

कालेबुङ, 26 फरवरी।
आफ्नो पुस्तकको विमोचन भइरहेको बेला कवि सम्पूर्ण राई भने अस्पतालमा नै ओछ्‌यानमा थिइन्‌। आफ्नो हातले मुसारिराखेर नेपाली साहित्य अध्ययन समितिका कार्यकर्ता अनि तिनकी लोग्नेको हातमा विमोचन गर्न आफ्नो कृति रामकृष्ण रङ्गमञ्चमा पठाएकी थिइन्‌।
तिनी अस्पतालमा नै रहेको बेला यता रामकृष्ण रङ्गमञ्चमा मुख्य अतिथि ज्योतिप्रकाश तामङले तिनको पुस्तकको विमोचन गरे। कालेबुङकी वरिष्ट कथाकार सम्पूर्ण राईलाई अब सबैले कविकोरुपमा चिन्नेछन्‌।
धेरैवर्षपछि सम्पूर्ण राईले मरुभूमिको नदी नामको कविता संग्रह सार्वजनिक गरेकी छन्‌।
आज 15 औं पारषमणि पुरस्कार समारोहमा उपस्थित साहित्यकारहरूलाई साक्षी राखेर तिनको पुस्तक विमोचन गरिएको घोषणा अतिथि गोकूल सिन्हाले गरे। कालेबुङमा पुस्तकको लेखकको अनुपस्थितिमा नै विमोचन भएको पुस्तक यो नै पहिलो बनेको छ।
आफ्नो पुस्तकको विमोचन गर्न समेत सम्पूर्ण राई कार्यक्रम भवनमा आउन सकिनन्‌। तिनी विशेष रोगको कारण हिँड्‌न सक्दैनन्‌। तिनी धेरैवर्षदेखि यही रोगले पीडित छन्‌। यसै रोगको कारण अस्पतालमा तिनको चिकित्सा चलिरहेको छ। यसै समारोहमा नै कालेबुङका अर्का वरिष्ट कथाकार ज्ञान सुतारको कथा संग्रह जुलूसमा हिँड्‌ने मान्छेको पनि सानुमति राईको बाहुलीबाट विमोचन गरियो।

0 comments: on "मरुभूमिको नदी र जुलूसमा हिँड्‌ने मान्छे"