मुख्य समाचार :


माओवादी पहाडमा पसेको पक्का सूचना नरहेको दावी

प्रशासनिक गतिविधि बुझ्न जिल्ला पुलिस अधिक्षक कालेबुङमा

प्रज्ज्वल छेत्री
कालेबुङ, 26 फरवरी।

6 फरवरी कालेबुङबाट अनि 8 फरवरी  सिब्सुबाट विमल गुरुङले कालेबुङमा माओवादी पसेको कुरा गरेपछि मोओवादीको हल्लाले पहाडभरि नै आजसम्म जोर पक्रिरहेको छ। त्यसैमाथि पनि पहाडमा माओवादीहरू सल्बलाउन थालेको गुप्तचर विभागले दावी गरेको खबर एक दैनिकमा प्रकाशित भएदेखि झनै विमल गरुङको ठोकुवा प्रमाणित भएको अनुमान लगाइन शुरू भयो।
माओवादीले आसामदेखि दार्जीलिङसम्म जाल विछाउ  शुरू गरेको केन्द्रिय गृह मन्त्रालयबाट रिपोर्टसम्म आएको कुराहरू प्रकाशमा आइरहेको समय आज कालेबुङ आइपुगेका दार्जीलिङ जिल्ला पुलिस अधिक्षक आनन्द कुमारले पहाडमा माओवादी भित्रिएको कतैबाट पुष्टि नभएको बताए।
 ‘हामीसित पहाडमा माओवादी भित्रिएको कुनै पक्का सूचना छैन’-तिनले माओवादी पसेको कुरालाई धेरै गम्भिरतासित नलिइकन भने। तरैपनि   तिनी अनुसार दैनिक पत्रिकाहरूमा प्रकाशित खबरको कारणले पुलिस प्रशासनले सतर्क रहेर छानबीन भने जारी राखेको छ।
 कालेबुङको प्रशासनिक गतिविधिहरू बुझ्न आइपुगेका जिल्ला पुलिस अधिक्षक आनन्द कुमारले आज कालेबुङ थानामा केही बेरसम्म एएसपी सोङमित लेप्चा अनि आइसी प्रसाद प्रधानसित बैठक गरे।  आज अचानक कालेबुङमा देखापरेका जिल्ला पुलिस अधिक्षकले कालेबुङको भ्रमणलाई ‘जेनरल भीजीट’-रहेको बताए। विशेष दार्जीलिङ पहाडमा माओवादी भित्रिएको कुराले जोर पक्रिरहेको समय पुलिस प्रशासनले माओवादी पसेको कुनै पक्का सूचना नै नरहेको दावी गर्नुले माओवादी भत्रिएको कुरा केवल अफवाह मात्र रहेको एकपक्षीय अनुमान लगाइन सकिन्छ।
तर अर्कोपक्षबाट हेर्ने हो भने माओवादीहरूलाई छत्र सुब्बाले प्रश्रय दिइरहेको बताउनेे विमल गरुङ आजसम्म आफ्नो वयानबाट पछि सरेका छैनन्‌। पहिले तिनले टास्क फोर्सले अन्डरग्राउण्ड ट्रेनिङ गराइरहेको कुरा गरेका थिए तर आफ्नो वयान फिर्ता लिँदै तिनले लगत्तै एकदिनपछि सिब्सुबाट छत्र सुब्बामाथि सो आरोप खनाइदिएका थिए।
 त्यसै समय छत्र सुब्बाले ‘मलाई विमल गरुङले होइन, केन्द्रले भनोस्‌’-भनेर स्पष्ट भनिसकेका छन्‌।
 यदि दार्जीलिङ पहाडमा सॉंच्चै माओवादी पसेको कुरा सत्य साबित हुन्छ भने यो दार्जीलिङ पहाडको निम्ति एउटा घातक विषय हुनेछ। तर दार्जीलिङ पहाडमा माओवादी नपिसकन यो केवल अफवाह मात्र हो भने पनि यो अफवाह कसले, किन अनि कुन उद्देश्यले फैलाउँदैछ सो महत्वपूर्ण विषय रहेको छ।

विष्लेषकहरू अनुसार पहाडमा जीटीए छिराउन अनि जीटीएको विरोध गर्नेहरूलाई भङ्ग गर्न सरकार र मोर्चा दुवैको मिलिभगतमा दार्जीलिङमा माओवादी पसेको बहाना गर्न सक्ने अनुमान गरेका छन्‌। किन भने जीटीएको कुरा प्रधानमन्त्रीसम्म पुग्ने वित्तिकै एक दैनिकले विमल गुरूङको वयानलाई पुष्टि गर्दै माओवादी पसेको समाचार प्रकाशमा ल्याएको तियो।

0 comments: on "माओवादी पहाडमा पसेको पक्का सूचना नरहेको दावी"