मुख्य समाचार :


विमल गरूङलाई नेतृत्वको रूपमा स्थापित गर्ने बुद्धिजीविहरू गोर्खे जातिका अपराधीहरू हुन्‌-यूजिआरएफ

प्रज्ज्वल छेत्री
कालेबुङ,21 फरवरी।
वर्तमान दार्जीलिङ पहाडको राजनैतिक परिस्थितिमाथि यूजीआरएफ प्रमुख अजय दाहालले आज दह्रो रूपमा प्रतिक्रिया जाहेर गरेका छन्‌। गोजमुमोको आन्दोलनमा भएको भूलको मात्र लेखाजोखा भए एउटा गत्तिलो पुस्तक बन्नसक्ने बताउँदै गोजमुमोको आन्दोलनमा भएको थुप्रै भूलहरूमाथि तिनले औंल्याए।

‘मोर्चाकै आन्दोलनकालमा भएको मदन हत्याकाण्ड, नेतृत्वको यौन अनुशासनहीनता, माफिया संस्कृति, ठेकेदार संस्कृति, आन्दोलनकालमै बोलेरो र बिल्डिङ थुपार्नु, हतार गरेर जीटीए थाप्नु, 21 वर्ष सङ्घर्षको अनुभव भएकाहरूलाई आन्दोलनमा समावेश नगर्नु आदि आन्दोलनमा देखापरेको भूलहरू हुन्‌’-दाहालले भने।

यी गल्तीहरू किन र कसरी भयो भनेर केलाउँदा मात्र पनि पुस्तक बनिने लेखकको रूपमा स्थापित हुँदैगरेका दाहालले बताए। ‘अल्पशिक्षित अनि बलको भरमा हुर्केका विमल गुरुङलाई बाल हनुमान, महामहिम भनेर नेतृत्वमा स्थापित गरिनु नै गल्तीहरूको माउ गल्ती हो।’-दाहालले भने। विमल गुरूङले आफ्नो क्षमता अनुसार इमाान्दारीसित कार्य गरे होलान्‌ तर विमल गुरुङको योग्यता र क्षमता अन्दोलनको नेतृत्व स्तरको नरहेको र भविष्यमा पनि नरहने दाहालले ठोकुवा गरे। ‘कमसेसम गाडी चड्‌दासमेत चालकको बारेमा केही जानकारी लिइन्छ भने 1 करोड गोर्खा जातिको मुक्ति सङ्घर्षको नेतृत्वमा किन, कसरी, अनि कसको स्वार्थमा विमल गुरुङलाई स्थापित गरियो? यो गल्ती गर्नेहरू बुद्धिजीविहरू हुन सक्तैनन्‌ अनि जानी जानी गल्ती गर्ने यी बुद्धिजीवि भनाउँदाहरू सिङ्गो गोर्खा जातिका अपराधीहरू हुन्‌।’-दाहालले भने। तिनलेे अझ भनेअनुसार बङ्गाल सरकारले दार्जीलिङ पहाडको राजनीतिमा पञ्चवर्षिय योजना लागु गर्ने गर्छ। पॉंच वर्षपछिको पहाडको नेतृत्वलाई आज र अहिलेदेखि नै तयार गर्नमा बङ्गाल लागिपरेको हुन्छ।

जसको कारण आफूहरूले खन-जोत गरेर आन्दोलनको आधार तयार गर्ने तर नेतृत्व भने बङ्गालले भिराउने गरेको दाहालले आरोप लगाए। छुट्टै राज्यको निम्ति उर्लेको जनभेललाई पहिले लोभ, लालच, ठेका पट्टामा भुल्याएर उसको इशारामा काम गर्ने राजनैतिक गुण्डाहरूलाई नेतृत्वमा स्थापित गरेर जनआकांक्षालाई बङ्गालले दमन गर्ने गरेको अनि जनभेलको निर्माण नै हुन नदिएर अथवा जनभेल उर्लिहाले पनि निम्न स्तरको ड्राइभर लगाएर बङ्गालकै खुट्टामा टङ्‌ग्याउने गरेको दाहालले आरोप लगाए।

यसैले भविष्यको आन्दोलनमा घडेरीको तयार गर्दा आज र अहिलेदेखि नै सावधान रहेनुपर्ने सम्पूर्ण जनसाधरण, रणनीतिज्ञ, लेखक, पत्रकार, बुुद्धिजीवि अनि क्रान्तिकारीहरूलाई यूजीआरएफले आह्वान गरेको छ। यसै सन्दर्भमा तिनले आन्दोलनकारी सङ्गठन निर्माण हुनलागेको पनि सङ्गेत दिए। निर्माण हुनलागेको आन्दोलनकारी सङ्गठन अनि नेतृत्वको 21 औं शताब्दीको भारत सरकार, बङ्गाल सरकार अनि गोर्खा जातिमाझको अन्तरबिरोधलाई उर्जामा रूपान्तरण हुन नदिन गोर्खा जातिको मुक्ति सङ्घर्षलाई सफल बनाउन सक्षम बन्नुपर्ने दहालले आह्वान गरे।

0 comments: on "विमल गरूङलाई नेतृत्वको रूपमा स्थापित गर्ने बुद्धिजीविहरू गोर्खे जातिका अपराधीहरू हुन्‌-यूजिआरएफ"