मुख्य समाचार :


बलात्कार गर्न खोजेकोमा पक्राउ

अनिल तेलैजा
कालेबुङ, २१ फरवरी।
बलात्कार जस्तो अपराध समाजमा बढ्दो छ।

पेदोङ निवासी जीना प्रधानको हत्यारा अझसम्म पक्राउ पर्न नसकेको स्थितिमा पुन एकपल्ट यस्तै महिलामाथिको दुष्कर्मको घटना अघि आएको छ। लिङ्सेपिथामचिमका सत्र वर्षीय एक युवतीलाई बलात्कार गर्ने कोशिषमा एक ४५ वर्षीय आरोपी पुष्प घिमिरेलाई आज कालेबुङ पुलिसले पक्राउ गरेको छ। १९ फरवरीको दिन घिमिरेले युवतालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप छ। थाना सूत्रले बताए अनुसार आरोपीलाई आज महकुमा न्यायलयमा पेश गरी न्यायिक हिरासतमा राखिएको छ। युवतीको परिवारपक्षबाट कालेबुङ थानामा आरोपपत्र दर्ता गरेपछि यसमाथि कार्वाही गर्दै कालेबुङ पुलिसले घिमिरेलाई पक्राउ गरेको हो। युवतीको बलात्कार भएको नभएको यसबारेको चिकित्सिय जॉंच पड्तालपछि मात्र स्पष्ट हुने बताइएको छ।

0 comments: on "बलात्कार गर्न खोजेकोमा पक्राउ"