मुख्य समाचार :


कर्मापाको दाबीदार चार पुग्यो

कालेबुङ,21 फरवरी।
सेवकमा अचानक जामगोन कङट्रुल रिम्पोछेको मृत्यु भएपछि एकाएर बढ्‌दै आइरहेको सत्रौं कर्मापाको दाबी गर्नेहरूको संख्या चार पुगिसकेको छ।

कुनै दवाब, अत्याचार र डरलाई पर राखेर अबोप्रान्त कालेबुङको अलगढाको कर्म सोनाम ग्याल्छेन सामडुप छोइलिङ बुद्ध धर्मचक्र ट्रष्टका आठ प्रतिनिधिहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा कर्म सोनाम ग्याल्छेन नै सत्रौं कर्मापा रहेको गाबी गरिएको छ। सोह्रौं कर्मापाको मृत्यु हुन अघि सिक्किमको रुम्तेक गुम्पाका जोमगोन कङ्‌ट्रुल रिम्पोछेलाई सत्रौं कर्मापाको जन्मघोषणा पत्र दिइएको बताइन्छ। तर तिनैको दुर्घटनामा मृत्यु भएपछि सत्रौ कर्मापा को हुन्‌ भन्ने कुरा नै विवादित बनेको छ। यसै कराम नैवास्तविक कर्मापा को हुन्‌ भन्ने विवाद चर्किएर गएको छ। रिम्पोछे जामगोन कङट्रुलको देहान्त पछि सोह्रौं कर्मापाले गरेको सत्रौं कर्मापाको जम्न घोषणापत्र नै हराएको बताइन्छ। जारी विज्ञप्तिमा पनि सोही कुरा उल्लेख गरिएको छ। भनिएको छ, रिम्पोछे जामगोन कङट्रुलको मृत्यु कुन र कस्तो अवस्थामा भयो? यसको न्यायिक र प्रशासनिक जॉंच हुनु अनिवार्य छ। विज्ञप्ति अनुसार सत्रौं कर्मापाको जन्मघोषणा पत्र भेटिएमा को असली सत्रौं कर्मापा हुन्‌ भन्ने कुराको रहस्य खोलिनेछ। तर रिम्पोछेको मृत्यु दुुर्घटनाले भएको होइन दुर्घटना गराइएको हुन सक्ने विज्ञप्तिमा शंका गरिएको छ।

लेखिएको छ, रिम्पोछेको मृत्युलाई हामी षडयन्त्रपूर्ण हत्या सम्झन्छौं। योजनावद्ध तरिकाले रिम्पोछेको हत्या गरिएको हुन सक्ने संदेह हामीलाई छ। उहॉंको मृत्युपछि सत्रौं अवतारको घोषणापत्र कसले लग्यो? त्यो पत्र अहिले कसकोमा र कहॉं छ? पत्र प्राप्त हुन अनिवार्य छ। पत्र प्राप्त भएपछि सम्पूर्ण विवाद समाप्त हुनेछ। यसै कारण जामगोन कङट्रुल रिम्पोछेको दुर्घटनाको न्यायिक जॉंचको मागमा शीघ्र नै जलपाईगढी जिल्लाका पुलिस विभागसित वैठक गर्ने पनि विज्ञप्तिमा बताइएको छ। भनिएको छ, आवश्यक परेको खण्डमा हामी कोलकाता उच्चन्यायलयसम्म मुद्दा लिएर जानेछौं। विज्ञप्तिमा दाबी गरिए अनुसार सत्रौं कर्मापा कालेबुङको अलगढा निवासी कर्म सोनाम ग्याल्छेन हुन्‌ भन्नेकुरामा कतिपय भारप्राप्त बौद्धधर्म गुरूहरूले अस्वीकृति प्रकट गरेका छन्‌। यस्तैमा कतिपय बैद्धधर्म गुरूहरूले उगेन थिनले दोर्जीलाई नै सॉंचो सत्रौं कर्मापा रहेको दाबी गरिरहेका छन्‌। यस्तै अर्को समूहले थिन्ले थाई दोर्जीलाई सत्रौं कर्मापा घोषित गरिरहेका छन्‌ अनि अर्को समूहले भने सिक्किम निवासी दावा स्याङ्‌ग्पोलाई सत्रौं कर्मापाकोरुपमा लिइरहेका छन्‌। तर वास्तविक कर्मापा कर्म सोनाम ग्याल्छेन नै हुन्‌।

विज्ञप्तिमा बताइए अनुसार कर्म सोनाम ग्याल्छेन नै कर्मापा रहेको प्रसस्त प्रमाणहरु छन्‌। जसलाई आवश्यकता परेको खण्डमा सार्वजिक गरिने छ। कर्म सोनाम ग्याल्छेन नै कर्मापा रहेको दाबीमा भारतको केन्द्रिय सरकारलाई जनाइ सकिएको छ। विज्ञप्तिमा सत्रौं कर्मापा भनिएका अन्य तीनलाई केवल दाबीदार मात्र बताइएको छ। सत्रौं कर्मापा हुनको निम्ति पैसाको खोला बगाइएको मात्र होइन जातिको ताकतमा कर्मापाको मुद्दालाई नै गलत दिशा दिइरहेको पनि आरोप लगाइएको छ। विज्ञप्तिमा लेखिए अनुसार त्यस्ता ताकतहरूको अतिक्रमणसित कर्म सोनाम ग्याल्छेन समूह डराउने छैन। लेखिएको छ, बरु सॉंचो कुरा अघि ल्याउनको निम्ति सत्रौं कर्मापाको घोषणाको निम्ति जुन कुनै पनि परीक्षामा कर्म सोनाम ग्याल्छेन बस्न तयार छन्‌। परीक्षाको मुद्दालाई स्वागत जनाउँदै भनिएको छ, सत्रौं कर्मापाको मुद्दा आज सॉंडेको जुझाइमा बाछाको मिचाइ भइरहेको छ। यसकारण कर्म सोनाम ग्याल्छेन लगायत तिनका समूह यस्ता सॉंडेहरूसित लड्‌न तयार छन्‌।

बौद्ध धर्मका कतिपय मानिसहरूले सत्रौं कर्मापाको जन्म एउटा निश्चित जातिभित्र मात्र हुनुपर्छ भन्ने ठानेका छन्‌। यो कुरा नितान्त अवास्तविक हो। सत्रौं कर्मापाको मुद्दालाई जिन्दाबाद, मुर्दाबाद, धर्ना, जुलूसले बिथोल्ने प्रयास भइरहेको छ। सत्रौं कर्मापाको आशन पाउनलाई पैसाको खोला बगाउने कार्य भइरहेको छ। तर सत्रौं कर्मापाको आशन र टोपी प्राप्त गर्नलाई यस्तो मार्ग अप्नाउन व्यर्थ हो। त्यसको निम्ति बौद्धधर्मभित्र एउटा नियम र विधि रहेको छ। त्यो धार्मिक विधिको आधारमा परीक्षा राखेर सत्य र सॉंचो सत्रौं कर्मापाको पहिचान गराउन अनिवार्य छ।

धार्मिक विधिद्वारा हुने परीक्षालाई नै सॉंचो कर्मापा चिन्ने मार्ग रहेको बताउँदै विज्ञप्तिमा कर्म सोनाम ग्याल्छेन परीक्षाको निम्ति तयार रहेको बताइएको छ। सॉंचो कर्मापा हुनको निम्ति मिडियामा छाएर नहुने अनि परीक्षाद्वारा नै वास्तविक कर्मापा चिह्नित गर्नुपर्ने बताउँदै सम्पूर्ण सम्बन्धित पक्षले कर्मापाको विषयलाई निष्पक्ष र न्यायोचित विचार गरेर सत्रौं कर्मापाको निम्ति कर्म सोनाम ग्याल्छेनलाई नै समर्थन गरिनुपर्ने पनि विज्ञप्तिमा बताइएको छ। कर्म सोनाम ग्याल्छेनको दाबीले विवादलाई अझ चुलाएको छ। दिनोदिन कर्मापाका दावेदारहरूको वृद्धि भइरहेको छ भने धेरै दिनदेखि सत्रौं कर्मापाको निम्ति परीक्षा हुनुपर्ने चुनौति पनि भइरहेको छ। परीक्षाको चुनौतिलाई कर्म सोनाम ग्याल्छेन, थिन्ले थाई दोर्जी अनि दावा स्याङ्‌पोले स्वीकार गरिसकेका छन्‌ तर उगेन थिन्लेले यस सम्बन्धमा मुख खोलेका छैनन्‌।

0 comments: on "कर्मापाको दाबीदार चार पुग्यो"