मुख्य समाचार :


विद्युत विभागको नोटिसले जनसाधरण अन्योलमा अगस्त अघिको बील नतिर्ने फेरिपनि मोर्चाको निर्देश

कालेबुङ,21 फरवरी।
आधा घण्टामात्र पनि बिजुली कार्यालमा बसे बिजुलीको बीलमाथि हुनगरेको एकपछि अर्को उपभोक्ताहरूको समस्याहरू सहजै उजागार भइहाल्छ।

कसैको बिजुलीको बील सँधैको भन्दा चौगुणा भएको, कसैले बील हातपार्नअघि नै बील नतिरेको नोटिस विभागले दिनेगरेको, 2008 देखिको आउटस्ट्याण्डिङ बील देखाइरहेकोले जनसाधरणमा देखापरेको अन्योलता, समस्या सुनाएर पनि समाधान नभएको गुनासो अनि त्यसैमाथि पनि 2011 अगस्तअघिको बील पनि तिर्नपर्ने नोटिस आउन शुरू भएकोले अहिले विद्युत विभाग कार्यालयमा विहानैदेखि मानिसहरूको व्यापक भीड जम्नेगर्छ।

बिजुली बीलमाथि देखिएको यी विविध समस्याहरू मोर्चाको असहयोग आन्दोलनकालकै कारण रहेको उपभोक्ताहरूले बताउन थालेका छन्‌। मोर्चाले अगस्तदेखिको मात्र बील बुझाउनुपर्ने भनेपनि 2008 देखि जुलाई 2011 सम्मको बील अझसम्म पनि माफी नभएको आरटीआई मार्फत पुष्टि भइसकेको छ।

हरेक जनसाधरणको निम्ति अहिलेघरी समस्या बनेको बिजुलीको बीललाई लिएर मोर्चा पनि निक्कै गम्भिर देखिएको छ। उपभोक्ताहरूलाई विभागले मनपरि बील पठाउनु नहुने बताउँदै बिजुलीको बीलमाथि देखिएको थुप्रै असुविधाहरूको गुनासो जनसाधरणबाट आफूलाई आइरहेको विधायक डा. हर्कबहादुर छेत्रीले बताए।

बिजुली बीललाई लिएर आइपरेको समस्यालाई डा. छेत्रीले राज्यका विद्युत मन्त्रीसित पनि यथाशीघ्र भेट गरी जनाउनेे बताए। अगस्त 2011 अघिको बील उभोक्ताहरूले पटक्क नबुझाउने आज तिनले फेरि पनि निर्देश दिँदै बिजुलीको बीललाई लिएर देखापरेको असुविधामाथि मोर्चा पार्टी कार्यालाय अथवा सोझै आफूसित सम्पर्क गर्ने तिनले जनसाधरणलाई आह्वान गरे।

0 comments: on "विद्युत विभागको नोटिसले जनसाधरण अन्योलमा अगस्त अघिको बील नतिर्ने फेरिपनि मोर्चाको निर्देश"