मुख्य समाचार :


‘कान्छी ल्याउने रहर’ सार्वजनिक

कालेबुङ, 24 फरवरी।
निर्माता पञ्चम सेवा रामकृष्ण रङ्गमञ्चमा छटपट्टि रहेका थिए। प्रोडक्सन प्रबन्धक बिजय छेत्रीको छटपट्टि पनि उस्तै थियो।

पहिलोपल्ट रिल लाइभमा आएकी दुइ हिरोइन्‌ सिक्किमकी तुलसा शर्मा र कालेबुङकी मघना प्रधानको मुटु उस्तै गरि ढुकढुकिएको थियो। किन भने आज कान्छी ल्याउने रहर रिलिज भइरहेको थियो। भारतमा नै पहिलो नेपाली चलचित्र परालको आगो बनाउने चलचित्र निर्देशक प्रताप सुब्बा भनिरहेका थिए, स्कूलमा गुरूप्रसाद मैनालीको कथा परालको आगो पढ्‌दा डल्लै चलचित्र नै आँखामा आउँथ्यो। आँखामा आएको चलचित्र सबैको आँखामा नै ल्याएँ। तिनले डेनी डेञ्जोङ्‌पालाई सम्झिए। सिक्किमबाट बनिएको पहिलो नेपाली चलचित्र मशालको निर्देशक पनि तिनी नै थिए, जहॉं डेनीले खेलेका थिए। कहीं अँध्यारो कहीँ उज्यालो चलचित्र कालेबुङबाट अघि नै बनाइसकेका सुब्बाको कान्छी ल्याउने रहर कालेबुङमा बनाइएको दोस्रो चलचित्र थियो। तिनी त्यसैको रिलिज गर्न आएका थिए।

ठीक तिनबजे कान्छी ल्याउने रहर, नेपाली कथानक चलचित्र रिलिज भयो। हेर्दा हेर्दै निर्माता पञ्चम सेवा र प्रताप सुब्बाको कान्छी ल्याउने रहर कालेबुङमा सार्वजनिक भयो। जनवरीदेखि नै उनीहरूले कान्छी ल्याउने रहर गरिरहेका थिए। अन्तमा मुख्यअतिथि शुभ प्रधानलाई साक्षी राखेर उनीहरूले कान्छी ल्याउने रहर सार्वजिन गरेर नै छाडे। यो चलचित्र पीबी फिल्म्स्‌को तेस्रो प्रस्तुति अनि बिजय छेत्रीको पहिलो प्रस्तुति रहेको छ। मुख्य अतिथि शुभ प्रधान, निर्देशक प्रताप सुब्बा, निर्माता पञ्चम सेवा, काठमाण्डौबाट आएकी शृङ्गारक रितु राणा अनि चर्चित नाट्य कलाकार ललित गोलेले चलचित्रको सीडी विमोचन गरिदिए। यसबेला सम्पूर्ण फिल्म युनिट अनि फिल्मसित जोडिएका सबै सहयोगीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथि रहेका कथाकार देव भण्डारी अनि पत्रकार अरुण कुमार रसाइलीले प्रताप सुब्बासितै उभिएर दियो जलाइदिएपछि आरम्भ भएको कार्यक्रममा चलचित्रको प्रिमियर शो हुन अघि पीबी फिल्म्सले निर्देशक प्रताप सुब्बा, कलाकार ललित गोले, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशक मदन समाल, शृङ्गार निर्देशक रितु राणा अनि निर्माता पञ्चम सेवालाई सम्मान गर्दै प्रशस्ति पत्र पनि प्रदान गरेको थियो भने कलाकार अनि चलचित्रमा जोडिएका अन्य तीस जना सहयोगीलाई पनि प्रमाण पत्र प्रदान गरेको थियो।

मुख्य गरी प्रोडक्सन प्रबन्धक बिजय छेत्री, सम्पादक भाष्कर थामी, छॉंयाकार शेखर सुब्बा, मुख्य सहायक निर्देशक बिजय थापा लगायत अन्यलाई सम्मान पत्र प्रदान गरिएको थियो। ललित गोलेले आफ्नो स्वागत सम्बोधनमा कान्छी ल्याउने रहरको रचना गर्भ बारे अवगत गराएका थिए। मुख्य अतिथि सुभ प्रधानले आइरहेको व्यवस्थाले चलचित्र उध्योगको निम्ति पनि धेरैवटा सम्भावना क्षेत्र निर्माण गरिरहेको पूर्व सुचना नै दिएका थिए। तिनले भने, यसै कारण नै चलचित्र कर्मीहरूको भविष्य उज्ज्वल छ। तर कलाकारिता दिगो हुनुपर्छ।

रामकृष्ण रङ्गमञ्चमा कान्ची ल्याउने रहर हेर्नेहरूले भनिरहेका थिए, कान्छी ल्याउनेहरूको निम्ति मात्र होइन, ल्याउन खोज्नेहरूको निम्ति पनि चलचित्रले राम्रो पाठ दिएको छ। प्रिमिमियर शोपछि सम्पूर्ण पिल्म युनिटमा नै खुसीको लहर छाएको थियो, किन भने चलचित्र हेरेपछि दर्शकले ‘राम्रो छ’ भनिरहेका थिए। चलचित्रमा रहेका कलाकार ललित गोले लगायत अनित छेत्री अनि तुलसा शर्माको अभिनय निक्कै जीवन्त देखिएको थियो भने बिजय छेत्री, मेघना प्रधान, चन्दना दर्नाल, सञ्जु वाग्दासले पनि राम्रै छाप छोडेका छन्‌।

खलनायकमा रहेका राजेन लेप्चामा खलनायकी जमेको थियो। युवा छायाकार शेखर सुब्बाले चलचित्रमा आफ्नो श्रम निक्कै खर्चिएको देखिएको छ भने निर्देशक प्रताप सुब्बाले चलचित्रले राम्रो ‘कमेन्ट’ पाउँदा भनिरहेका थिए, सबैले राम्रो काम गरेका छन्‌। म उनीहरूलाई सिकाइरहेको छु। अझ राम्रो हुन सक्छ। निर्माता पञ्चम सेवा अनि प्रोेडक्सन प्रबन्धक बिजय छेत्रीले 3 अनि 4 मार्चमा खरसाङमा लगत्तै शो गरिने भएकोले चलचित्रले राम्रो मार्केट पक्रिन सक्ने जनाएका छन्‌। मिरिक, सिक्किम र कालेबुङमा अहिले नै फिल्मको डिमाण्ड भइसकेको छ-बिजय छेत्रीले भने।

2 comments: on "‘कान्छी ल्याउने रहर’ सार्वजनिक"

tulasha sharma said...

Thank you SAROKAR..! Yes I agree with the reporter that I was really excited to see the reactions of the audience. I am really delighted that audience liked it.


TULASHA SHARMA, Gangtok.

tulasha sharma said...

THANKS "SAROKAR" FOR THE NEWS.