मुख्य समाचार :


‘मोर्चालाई जीटीए माग्ने दल भनेर लाञ्छना नलगाओस्‌‘

जीटीएको लागि सरकारलाई चाप दिने कार्य यथावत

प्रज्ज्वल छेत्री
कालेबुङ, 26 फरवरी।

जीटीए चॉंडै गठन गर्नुपर्ने मागमा आजसम्म मोर्चाको कसरत यथावत रहेको छ। जीटीएको लागि सरकारलाई चाप दिन मोर्चाको भातृ सङ्गठनहरूद्वारा गत तीन सातादेखि नै आइतबारे कार्यक्रमअनुरूप पहाडभरि नै जुलूस र जनसभाहरू जारी रहेको छ। आजपनि नगरमा ‘ह्वुइ वान्ट गोर्खाल्याण्ड’-को नारा लगॉंउदै सयौं मोर्चा समर्थकहरूले जुलूस निकाले।
जुलूसमा युवा-नारी मोर्चासितै जनमुक्ति कर्मचारी सङ्गठन देखियो। यसैअवधी जनसमुहलाई सम्बोधन गर्दै मोर्चा केन्द्रिय उपाध्यक्ष कल्याण देवान विपक्ष दलहरूसित गर्जँदै मोर्चाले जीटीए थाप्नुपर्ने वाध्यताहरूबारे तिनले अवगत गराए। मोर्चाको माग केवल गोर्खाल्याण्ड मात्र रहेको बताउँदै मोर्चाले श्रमिकहरू, गरीब-निमुखाहरू, हलो जोत्नेहरू कर्मचारीहरू, विद्यार्थीहरू सबैलाई हेरेर नै जनतको आर्थिक परिस्थितिको कारण जीटीए ग्रहण गर्न परेको देवानले बताए। ‘दलअगत अनि पार्टीगत स्वार्थको निम्ति हामीलाई प्रतिपक्षीहरूले जीटीए थाप्ने दल भनेर अफवाह फैलॉंदैछ। हामीलाई जीटीए थाप्ने दल भनेर लाञ्छना नलगाओस’-यद्धपि तिनले भने। अन्य प्रतिपक्षीहरूसित हुनेहरू हलो जोत्नेहरू, विद्यार्थीहरू, श्रमिकहरू आदि नरहेकै कारण जीटीएलाई बुझ्न नसेकेर मोर्चामाथि आरोप-प्रत्यारोप मात्र लगाइरहेको देवानले  बताए। जनताको आर्थिक परिस्थितिसितै केवल तराई-डुुवर्सको अन्तर्भुक्तिकै सर्तमा मात्र मोर्चाले जीटीए ग्रहण गरेको पनि तिनले स्पष्टिकरण दिए। ‘सँधैभरि बन्द डाक्नु मूर्खता हुन्छ’- तिनले भने। तर यसपल्ट पनि तराई-डुवर्स जीटीएमा अन्तभुक्त नभएर धोका भए भावी आन्दोलन वृहत रूपमा हुने तिनले बताए।

जीटीएलाई विरोध गर्नेहरूले हत्ताक्षर भएकै दिन विरोध जनाउनुपर्ने पनि बताउँदै यदि मोर्चाले गोर्खाहरूलाई धोका दिएको प्रतिपक्षीहरूले ठान्छ भने प्रमाण गरेर देखाउनुपर्ने देवानले खुल्ला चुनौती दिए।  उत्तर पूर्वीय क्षेत्रहरूबाट  प्रधानमन्त्री अनि गृह मन्त्रीलाई गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर पठाउनुलाई टास्क फोर्सले पठाएको सम्झँदै देवानले यसलाई उचित कार्य बताएपनि पहाडमा गोजमुममो भएर नै यस्तो कार्य गर्न सकेको तर यदि गोजमुोमोको ठाउँमा जीएनएलएफ भइदिएको भए यस्ता कार्यहरू गर्न सक्थेन भन्ने पनि तिनले बताए। 

0 comments: on "‘मोर्चालाई जीटीए माग्ने दल भनेर लाञ्छना नलगाओस्‌‘"