मुख्य समाचार :


गोजमुमो एक्लैको माग चॉंही जीटीए छुट्टै राज्य अरु जम्मैको माग -टास्क फोर्स

प्रज्ज्वल छेत्री
कालेबुङ, 25 फरवरी।
उत्तर-पूर्वाञ्चल राज्यहरूको भ्रमणबाट फर्केका टास्क फोर्स टोलीले आज कालेबुङमा एक विचार-विमर्ष एवं आन्दोलनको भावी रणनीतिहरूको निम्ति बैठक गर्‍यो।

बैठकपछि भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष एनोस दास प्रधानले पत्रकार सम्मेलनअवधी उत्तरपूर्वाञ्चल राज्यहरूमा टास्क फोर्सको टोलीले गोर्खाल्याण्डको आवश्यकता अनि औचित्यबारे मन्त्री, सासंद राजनैतिक नेतृत्व लगायत समाजिक कार्यकर्ताहरूसित भेट गरी सकारात्मक आश्वासन पाएको बताए।


 यसैअवधी उत्तर पूर्वाञ्चलका   सत्तापक्ष अनि विपक्ष दुवैले थोपिन खोजिएको जीटीएले सर्वभारतीय गोर्खाहरू चिन्हारी पूर्ण गर्न नसक्ने बताउँदै यथाशीघ्र देशको प्रधानमन्त्री अनि गृहमन्त्रीसम्मलाई पत्रचार गर्ने प्रस्तावसम्म ग्रहण गरेको जनाउँदै  प्रधानले हर्ष प्रकट गरे। ‘गोर्खाल्याण्ड राज्य बिना उत्तर-पूर्वाञ्चलको मानचित्र अपूर्ण सम्म छ भने धेरैले’-प्रधानले भने। गोर्खाहरू मात्र होइन अगोर्खाहरूबाट पनि समर्थन जुटाउन सकिएकोलेे आफूहरूलाई ठूलो बल प्रदान गरेको अनि यही बल लिएर 19 मार्चमा संसदको बजट सत्रअवधी दिल्लीमा टोलीले दिने धर्नामा उत्तरपूर्वाञ्चलका सासंसदहरूले पनि साथ दिने बचन दिएको पनि प्रधानले जनाए।

‘लाखौं जनता जीटीएको पक्षमा छ। एकदुइ दलले गोर्खाल्याण्ड भनेर हुँदैन‘-भन्ने विमल गरुङको वक्तव्यमाथि टिप्पणी गर्दै ‘यो एकदुइ दलले मागेको माग होइन, यो राष्ट्रिय माग हो।’-प्रधानले भने। ‘गोर्खाल्याण्ड’ पहाडको एक-दुइवटा दलले मागेको माग मात्र नरहेर उत्तर पूर्वाञ्चल क्षेत्र लगायत देशभरिका गोर्खाहरूको माग रहेको साथै देशका विभिन्न सासंद, विधायकहरूले प्रस्ताव पारित गरिसकेको सम्पूर्ण भारतीय गोर्खेहरूको संस्था अनि विभिन्न राजनैतिक दलहरूको  माग रहेको तिनले बताए। बीचैमा भागोप राष्ट्रिय समिति सचिव सुकमान मोक्तानले थपे, हो गोजमुमो एक्लैलै मागेको माग चॉंही जीटीए हो। त्यसबाहेक सम्पूर्ण राजनैतिक-अराजनैतिक सङ्गठन अनि भारतका सम्पूर्ण प्रान्तका गोर्खाहरूले मागेको माग हो गोर्खाल्याण्ड। ‘जीटीएमा जब्बरजस्ती लाखौं गोर्खाहरूलाई गोजमुमोले समर्थन गराउँदैछ अनि हामी चॉंही जीटीएको विरोध गर्दै करोडौ गोर्खाहरूको सपना गोर्खाल्याण्डको निम्ति कार्य गरिरहेका छौं।’-क्रामाकपा महासचिव तारामणि राईले थपे। देशमा एसआरसी लागु हुनलागेको कुरा गोरानिमो अध्यक्ष दावा पाखानिले गर्दागर्दै एनोस दास प्रधाने भने, यदि एसआरसी लागु हुँदा गोर्खाल्याण्डको नाम नपरे यसको पूर्ण जिम्मेवार जीटीए थाप्ने दल हुनेछ।

यसैअवधी प्रधानले उत्तर-पूर्वाञ्चलका गोर्खाहरूसित टास्क फोर्सले गोर्खाल्याण्ड सम्बन्धी विमर्ष गर्दा उत्तरपूर्विय गोर्खाहरूले गोजमुमोलाई समर्थन गरेकामा पश्चताप गरिरहेको बताए। ‘उनीहरूले जनसभाहरूसम्ममा गोजमुमोलाई  साथ दिएर हामीलाई ठूलो धोका भयो भन्न थालेका छन्‌ उत्तरपूर्वाञ्चका गोर्खाहरूले।’-प्रधानले भने। बैठकअवधी गोर्खालीग केन्द्रिय महासचिव प्रताप खाती, गक्रायुमो महासचिव अरूण घतानी, क्रामाकपा उपाध्यक्ष तारामणि राई, टास्क फोर्स राष्ट्रिय समन्वयक आर. मोक्तान आदि उपस्थित थिए।

0 comments: on "गोजमुमो एक्लैको माग चॉंही जीटीए छुट्टै राज्य अरु जम्मैको माग -टास्क फोर्स"