मुख्य समाचार :


पुरानो बील नतिरे बिजुली कट्‌

बीलले बनाउँदैछ बिल्लिबाठ


कालेबुङ, 24 फरवरी।
 पुरानो बील नतिरे उपभोक्ताको बिजुली कट्‌ हुने छ।
यस्तो नोटिश पठाएको छ बिजुली विभागले उपभोक्ताहरूलाई।  मोर्चा प्रवक्ता एवं कालेबुङका बिधायक डा. हर्कबहादुर छेत्रीले अगस्त अघिको बील तिर्नु पर्दैन भनेको ७२ घण्टा नबित्दै टिस्टाका बिजुली उपभोक्ताहरुले बिबागको यस्तो नोटिश पाएका हुन्‌। अगस्तपछिको मात्र बिजुलीको बील, कर, वे बील, टेलिफोन बीलहरू तिर्ने गोजमुमोले बताए तापनि हाल पुरानो पनि बिजुलीको  अत्याधिक बीलहरू विद्युत विभागद्वारा पठाइने क्रम जारी रहेकाले उपभोक्ताहरू असमञ्जसमा परेका छन्‌।

 विगतको तुलनामा हाल अधिक बील आइरहेको अभियोग पनि उपभोक्ताहरूको छ। पुरानो बील नतिरे 28 फरवरीदेखि बिजुलीको लाइन नै काटिदिने नोटिश विद्युत विभागले पठाउन शुरू गरेको छ। 2010 को पुराना बीलहरू पनि उपभोक्ताहरूलाई विभागले पठाएको बताइएको छ। सोही विषयलाई मध्यनजर गर्दै टिस्टाका उपभोक्ताहरूको एउटा टोलीले  आज टिस्टा विद्युत विभागका अफिसर इञ्चार्जसित भेट गरी कुराकानी गर्‍यो।

टोलीको नेतृत्व क्षेत्रवासी सुकबीर तामाङ,रमेश गुप्ता, सौडामल अग्रवाल आदिले गरेका थिए।  अधिकारीसितको भेटपछि सुकबीर तामाङले जनाएअनुसार अगस्त अघिका पुरानो बीलहरू पनि भुक्तान गरिनपर्ने नोटिश विद्युत विभागले पठाइरहेको छ। 28 फरवरीसम्म बील भुक्तान नगरे लाइन काटिने नोटिश विभागले पठाएपछि उपभोक्ताहरू असमञ्जसमा परेको तामाङले बताए। गोजमुमोले नै जीटीए सम्झौतापछि अगस्तदेखि उताको बील मात्र भुक्तान गर्नु भनेकाले हाल पहाड़वासीले अगस्तपछिको मात्र बील भुक्तान गर्दैछन्‌।

अधिकारीले यस विषयबारे उच्च अधिकारीलाई अवगत गराइने अनि लाइन नकाटिने आश्वासन दिएको तामाङले जनाए। कतिले यसबारे थाहा नपाएर सुन बन्दक राखेर समेत बील भुक्तान गरेको बताइएको छ। अधिकारीले पुरानो बीलहरू मिलाइने आश्वासन दिएको पनि उनीसित भेट गर्ने टोलीले जनायो। अगस्त अघिको पुरानो बील साथै अत्याधिक  बील आए सोझै भुक्तान नगरेर विद्युत विभाग कार्यालयमा गएर सोधीखोजी गरेर जानकारी लिने आह्वान उपभोक्ताहरूलाई तामाङले गरे।


स्मरण गराइन्छ,केही अघि कालेबुङका विधायक एवं गोजमुमो प्रवक्ता डा.हर्कबहादुर छेत्रीले पनि उपभोक्ताहरूलाई पुरानो बिल भुक्तान नगर्ने बताएका थिए। यस बाहेक अत्याधिक  बिल आए उक्त बिल पार्टी कार्यालयमा अथवा आफू कहॉं जम्मा गर्ने बताएका छन्‌। यसपछि पार्टीले  निर्णय लिने पत्रकारहरू मार्ङ्गत्‌ जानकारी गराएका थिए। डा.छेत्रीले विभागले बिजुलीको लाइन नकाट्‌ने,जीटीए सम्झौता भएपछि अगस्त अघिको बिल अनि अधिक बील पठाउने काम बन्द गरिनुपर्ने बताएका थिए।

0 comments: on "पुरानो बील नतिरे बिजुली कट्‌"