मुख्य समाचार :


शिक्षक नियुक्ति नभएकोले बीटी कलेज बन्द

अधिसूचना जारी तर पीएससीले विज्ञापन दिएको छैन
प्रज्ज्वल छेत्री
कालेबुङ, 27 फरवरी।
कालेबुङ सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थान(बीटी कलेज) चॉंडै खेलिने सम्भावना रहेको भएपनि शिक्षक नियुक्ति नभएकोले नै संस्थान खोलिन नसक्नुको कारण बनिरहेको छ। नेशनल सेन्टर फर टिचर्सस्‌ एडुकेशन(एनसीटीई) को जम्मै क्राइटेरियाहरू कालेबुङ बीटी कलेजले पूरा गरिसकेको बताइएको छ।

बीटी कलेजमा हाल एकजना प्राचार्यको रूपमा मणिन्द्र भूजेल मात्र रहेकोले अन्य शिक्षकहरूको नियुक्ति पछि मात्र संस्थान फेरि सुचारू बन्नेछ।
बङ्गलभरिकै बीटी कलेजहरूमा शिक्षक नियुक्तिको निम्ति बङ्गालको शिक्षा विभागद्वारा भर्खरै 13 जनवरी 2012 मा अधिसूचना जारी गरियो। त्यसपछि पीएससीले शिक्षक नियुक्तिको निम्ति विज्ञापन दिनुपर्ने तर आजसम्म नदिएको आज प्राचार्य मणिन्द्र भूजेलले बताए। यसै विषयमाथि 15 देखि 18 जनवरीमा एनसीटीईको बैठक पनि भएको थाहा लागेको छ। ‘बैठक भयो तर परिणाम के भयो भन्ने हामीलाई केही थाहा छैन’-प्राचार्य भुजेलले भने। पीएससी(पब्लिक सर्भिस कमिसन) ले विज्ञापन दिएर शिक्षकहरूको अन्तर्वार्ता गरेपछि नै सरकारले शिक्षक नियुक्ति गर्ने जसको निम्ति पोस्ट ग्रेजुएट हुन जरुरी रहेको पनि भुुजेलले जनाए।

एनसीटीईको अन्य क्राइटेरिया अनुसार 88 मा कलेज भवन जलाएपनि अझ 5 वटा भवन कलेजको रहेको छ। जसमा बोइज गल्स होस्टल, पुस्तकालय, कक्षा 1 अनि 2 भवनहरू आजसम्म अचल छ। 12 ऐकर जमिन कलेजको आफ्नै छ अनि कम्पूटर, इन्टरनेट, एलसीडी प्रोजेक्टर आदि जम्मै एनसीटीको निमअनुसार कालेबुङ बीटी कलेज सुचारू बन्न सक्षम छ। ‘चॉंडै शिक्षक नियुक्ति भए यसपल्टको जुलाईदेखिको प्रथम सत्रबाट नै कालेबुङ बीटी कलेज शुरू हुनसक्छ-प्रचार्य भूजेलले भने। यसबाहेक 88 मा जलेको पुरानो भवन पुननिर्माणको निम्ति पनि इन्जिन्यरहरूद्वारा सर्वेक्षण भइसकेको बताइएको छ। स्मरण गराइन्छ, बङ्गालभरिमा मोठ 59 वटा बीटी कलेजहरू रहेको छ। जसमा 35 वटा सरकारी, 14 वटा सरकाद्वारा प्रायोजित अनि 10 वटा सरकारी सहुलियत प्राप्त कलेजहरू रहेको छ। तीमध्ये कालेबुङ बीटी कलेज पूर्ण सरकारी कलेज हो। थाहा लागेअनुसार कालेबुङ बीटी कलेजमा मोठ 6 वटा शिक्षकको पदहरू अघिबाटै रहेको थियो भने अझ एउटा फिजिकल इन्सट्रक्टरको पद थपिएको छ।


एनसीटीको भनाइअनुसार पहिले एकवर्षे कोर्स गर्नेहरूले अझ एकवर्षे ब्रीज कोर्स 2014 भित्रमा गरिसक्नुपर्ने निर्देश रहेको छ। 1990 सालसम्म यस्ता प्रशिक्षणलाई जुनियर बेसिक ट्रेनिङ भनिन्थ्यो भने पछिबाट प्राथमिक शिक्षक प्रशिक्षण केन्द्र भनियो भने अब संस्थान खोेलिए डिस्ट्रिक्ट इन्सट्रक्टर अफ एडुकेशन एण्ड ट्‌ेनिङ नामले शुरू हुनेछ।

0 comments: on "शिक्षक नियुक्ति नभएकोले बीटी कलेज बन्द"