मुख्य समाचार :


डम्पिङ ग्राउण्ड निर्माणमा डेढ करोड पानीमा गयो

जनताको पैसा फोकटमा उठाउने जिम्मेवार को?
प्रज्ज्वल छेत्री
कालेबुङ,23 जनवरी।

भालुखोप दमान गाउँस्थित निर्माणाधिन डम्पिङ ग्राउण्ड रद्द भएको पनि भन्न सक्छु, भएको छैन पनि भन्न सक्छु। कारण जुन काम शुरू गर्‍यो त्यसको कुनै बजेट थिएन। कहॉंबाट पैसा ल्याएर बनाउँदैथ्यो त्यो ठीक थिएन। यताको पैसा उता, उताको पैसा यता गरेर काम शुरू भयो। जबसम्म 6-7 करोडको पूर्ण काम गर्ने स्रोत हुँदैन तबसम्म हामी काम गर्दैनौं। नगराध्यक्ष एलबी परियारले आज यसो भने। तिनीअनुसार अब पक्का रूपमा कुनैै राशी अनुमोदन नभएसम्म  दलमान गाउँमा डम्पिङ ग्राउण्डको काम शुरू हुँदैन। अझ भएन एमडीए डाकेर्टोरटसम्मले डम्पिङ ग्राउण्ड क्षेत्रको स्थितिलाई हेर्दा त्यहॉं डम्पिङ ग्राउण्ड निर्माण गर्न  नसकेने कुरा जनाएको तिनले बताए। तिनले भने, बनिन्दै गरेको डम्पिङ ग्राउण्ड क्षेत्र चिसेनी ठाउँ छ। जता जतै पैह्रो गएको छ। वर्खामा त्यहॉं ठूलो गाडी पुग्न सक्तैन। डम्पिङ ग्राउण्डको निम्ति इएममडीले लङ्‌ टर्म प्रोजेक्ट तयार गर्नेछन्‌ त्यसपछि नै हामी बङ्गाल अनि केन्द्र सरकारलाई प्रस्ताव पठाउनेछौं। र पनि डम्पिङ ग्राउण्ड पूर्ण हुन तीन सालसम्म लाग्नसक्छ। त्यतिञ्जेलको निम्ति नगपालिलेे थुप्रै ठाउँँहरू हेरको अनि अन्यत्र नै मैला व्यवस्थित ढङ्गमा फ्यॉंकिने तिनले बताए। कुहुने मैला फ्याक्न सजिले रहेको भएपनि नहुने मैलाहरूलाई प्रत्येक वार्डहरूमा नै जलाइने तिनले बताए। नगराध्यक्ष परियारको भनाइअनुसार दलमान गाउँमा लागेको डेढ करोडभन्दा अधिक राशी पानीमा गएको छ। यसरी जनताको पैसा फोकटमा किन खर्च गरियो जनसाधरणले प्रश्न गर्न थालेका छन्‌। जनसाधरणको पैसा फोकटमा खर्च गर्ने जिम्मेवार को हो प्रश्न टङ्‌कारो बनेर उभिएको छ। यदि उक्त ठाउँमा डम्पिङ ग्राउण्ड निर्माण हुन सक्तैनथियो भने किन त्यहॉं ग्राउण्ड बनाइयो प्रश्नहरू लछेप्रे देखापरेको छ। यी देखापरेको प्रश्नहरूको निम्ति जवाबदेही को हुन्‌ त? जनताको करोड रूपिँया पानीमा बगेको स्पष्ट हुनथालेपछि   अब जनताले मागेको जवाबले निक्कै गम्भिर रूप लिने सम्भावनाहरू अघि आएको छ।  यता महकुमा अधिकारी एल. एन शेर्पा अनुसार कोलकाताबाट आएका म्यूनिसिपल इन्जिनरिङ डिपार्टेमेन्टका विशेषज्ञहरूकै आधारमा दलनाम गाउँमा डम्पिङ ग्राउण्ड निर्माण गरिएको हो। यदि त्यो क्षेत्रमा भुइँचालो र पैह्रोले क्षति नपुर्‍याएको भए नोभेम्बर 2011 देखि नै काम शुरु भइसकेको हुने   अधिकारी शेर्पाले ठोकुवा गरे। तिनीअनुसार डम्पिङ ग्राण्डको निम्ति 6 करोड 70 लाखको डीपीआर तयार भएको थियो। तर राशी भने विभिन्न विभागहरूबाट ल्याएर काम शुरू गरेको तिनले बताए। उनीअनुसार अहिलेको नरपालिकाले गरेको निर्णयमा तिनी अनभिज्ञ रहेका छन्‌ अनि चकित पनि छन्‌। यदि दलमान गाउँमा डम्पिङ ग्राण्ड निर्माण हुन सक्तैन भने एक्सपर्ट ओपिनियन चाहिने तिनले बताए। नगरापिलाको नयॉं वोर्डले  गरेको निर्णयमा तिनको हस्तक्षेप नरहने बताए। यसरी जनताको  करोडौ रूपियॉं त्यसै खेरो गएको प्रष्ट भएको छ। दलमान गाउँमा 10 ऐकर जमिन किनेर डम्पिङ ग्राउण्ड निर्माणमा गरेको करोड रूपियॉंको खर्चको निम्ति अब प्रशासन नै जवाबदेही हुनपर्ने देखिएको छ। नत्र डम्पिङ ग्राउण्डमा खेरो गएकोे डेढ करोड भन्दा अधिक राशीको निम्ति नगरबासीमा आक्रोशको भावना उत्पन्न हुसक्ने जनसाधरणसँगको कुराकानीमा बुझिएको छ।

0 comments: on "डम्पिङ ग्राउण्ड निर्माणमा डेढ करोड पानीमा गयो"