मुख्य समाचार :


कलाकारको धोको

लोकेश प्रधान पेलेको निम्ति बनाएको बुटसितःफोटो चिन्लोप फुदोङ
अनिल तेलैजा
कालेबुङ 22 जनवरी।
पेलेलाई नभेटे त के भो र? एउटा कलाकारले अर्को कलाकारलाई सम्मान त जनाउन सक्छ। 
कालेबुङका काष्टकलाकार लोकेश प्रधान(लोके) ले फूटबल सम्राट पेलेको निम्ति बनाएको काठको बुट अन्तमा पेलेसम्म पुर्‍याउन नसक्ने भएका छन्‌। 

सिक्किमको पाल्जर स्टेडियममा हुने भाइचुङ एकादस र विश्वका प्रशिद्ध फुटबल खेलाडीहरूको फुटबल खेलमा फुटबल सम्राट पेले पनि आउने खबर सुन्ने वित्तिकैदेखि लोकेशले  यो बुट बनाउन थालेका थिए।

तिनले बुट त बनाए तर पेले नआउने भए। तिनको पेलेलाई बुट दिने धोको अधुरो नै रहने भएको छ। तिनले भने-‘यो बुट पेलेलाई दिन नसकेपनि हाम्रो पेले भाइचुङ भोटियालाई दिनेछु।’

0 comments: on "कलाकारको धोको"