मुख्य समाचार :


दिनोदिन बढीरहेको अपराधिक घटनाको विरोधमा यूजीआरएफले उठायो आवाज

कालेबुङ,23 जनवरी।
दार्जीलिङ पहाडमा दिनोदिन बढीहरेको हत्या, हिंशा लगायत अन्य अपराधिक घटनाहरूको विरोधमा आज यूजीआरएफले आवाज उठाएको छ। पहाडमा बढिरहेको अपराधिक घटनाहरूलाई सर्वसाधरण सचेतक, वुद्धिजीवि अनि पुलिस प्रशासनले समस्याको सानो पाटोलाई होइन तर मूल जडलाई नै उखल्नपर्ने यूजीआरफले माग गरेको छ। गोर्खाल्याण्ड आन्दोलनलाई दमन गर्न दार्जीलिङ बाहिरका डनहरूलाई पहाड भित्राएदेखि नै विकास, शिक्षा र न्यायलयम्म पनि माफियाहरूले चलारहेको यूजीआरएफ प्रमुख अजय दाहालले आरोप लगाएका छन्‌। यति मात्र होइन आजको स्थिति पनि यसैको उपज रहेको तिनले बताए। माफियाहरू सत्तामा स्थापित भएकै कारणले कमान वस्ती र गल्लि-गल्लिका ससानो चोर, बदमास र ड्‌ग एडिक्टहरूले प्रोत्साहन पाएर पुलिस प्रशासन समेतलाई यिनीहरूले चपेरोमा पारेको तिनले ठोकुवा गरेका छन्‌। पहिले चोरहरू पुलिस देखर भाग्थे भने अहिले पुलिसहरू चोरलाई देखेर भाग्नपर्ने स्थिति बनिसकेको दाहालको आरोप छ। गरामुमोको शासनकालमा माफियाहरू दोस्रो दर्जामा स्थापित थिए भने अहिले पहिले दर्जामा आइपुगेको पनि तिनले बताए। गोरामुमोको शासनकालदेखि नै खुलेआम भएको राजनैतिक हत्याहरूमा हत्याराहरूले सजाय नपाएकै कारण  आज यस्ता हत्या र स-नानो चोर र डकैतहरूले आफूहरूलाई कानूनदेखि माथि सम्झने गरेको पनि दाहालले बताए। गोर्खाल्याण्ड आन्दोलनलाई रोक्न राजनीतिमा प्रवेश गर्न चाहने ग्याङ्ग लिडरहरूलाई हत्या गर्न उक्याउने, सहयोग गर्ने, हत्यापछि जनतालई हत्याकाण्डको विरोध गर्न लगाउने अनि त्यसलाई पनि जेलमा हाल्ने  स्थितिहरू बनाउने काम हुँदा नै दार्जीलिङ पहाडले होनाहार नेतृत्वहरू गुमाएकोले अहिले दार्जीलिङ पहाड नेतृत्वबिहिन बनिसकेको छ-दाहालले भने। पुलिस प्रशासन लोकल राजनैतिक दलको  प्रभाव र कारयपनको कारण ग्याङ्ग संस्कृतिको विकास भइरहेकोले मानिसहरू हाटबजार जॉंदासमेत सुरक्षित नरहेको दाहालको भनाइ रहेको छ। अहिले जमिनसम्म माफियाहरूले उपलब्ध गराउने गरेको बताउँदै तिनले जनता, पुलिस प्रशासन, बुद्धिजीवि अनि कान्तीकारी युवा वर्गको सामुहिक प्रयासद्वारा मात्र दार्जीलिङ पहाडको सम्प्रादायिक सद्भावना, कानुन व्यवस्था अनि इतिहासको गौरवमय दिनहरू फर्काउन सकिने आशा व्यक्त गरेका छन्‌। यसैले पहाडलाई अपराधमुक्त अनि भयमुक्त बनाउन माफिया, डन र अपराधको विरुद्धमा सबैलाई एक बन्ने यूजीआरएफ प्रमुख दाहालले आह्वान गरेका छन्‌। 

0 comments: on "दिनोदिन बढीरहेको अपराधिक घटनाको विरोधमा यूजीआरएफले उठायो आवाज"