मुख्य समाचार :


अवकाशप्राप्त अस्थायी कर्मचारीहरूलाई कन्ट्राक बेसिसमा नियुक्ती दिने जिल्लापालको निर्णयको विरोधमा जअसक

कालेबुङ,23 जनवरी।
1 जनवरी 2011 मा दार्जीलिङ जिल्लापालले जारी गरेको विज्ञापनको आधारमा फेरि अवकाशग्रहण गरिसकेका अस्थायी कर्मचारीहरूलाई खण्ड स्तरीय विभिन्न पदहरूमा कन्ट्राक वेसिसमा नियुक्ति दिने भएपछि जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनले यसको प्रतिवादस्वरूप दह्रो रूपमा विरोध जनाउँदै नगरमा आज पोष्टरिङ गर्‍यो। पोष्टरिङमा  जिल्लापालले अस्थायीबाटै अवकासग्रहण गरिसकेका कर्मचारीहरूलाई नियुक्ति दिँदा पहाडको बेरोजगार अनि अस्थायी कर्मचारीहरूमाथि अन्याय भएको  जनाइएको छ। जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनका अध्यक्ष केसी राईले भने, जुन प्रशासनले 60 वर्ष पुगेका अस्थायी कर्मचारीहरीलाई निकाल्यो आज फेरि त्यही प्रशासनले किन कन्ट्राक वेसिसमा उनीहरूलाई नै नियुक्ति दिने कुरा गर्दैछ। यो के हो? अवकाश ग्रहण गरिसकेकाहरूलाई फेरि कन्ट्राक वेसिसमा नियुक्ति दिएर यहॉं वेरोजगार अनि अस्थायीहरूमाथि अन्याय गर्ने काम गर्दैछ। हाम्रो सोझो भनाइ छ खण्डस्तरीय पदहरूमा अवकाषग्रहण गरिसकेकाहरूलाई होइन नयॉंहरूलाई नियुक्ति दिनुपर्छ। अस्थायी क्रमचारीहरू चार वर्षदेखि स्थायीकरणको निम्ति आन्दोलन गरिरहेको छ भने अस्थायीहरूलाई स्थायीकरण त होइन बरू अवकाशग्रहण गरेकाहरूलाई फेरि नोकरीमा राख्नुमा सङ्गठनको आपत्ति रहेको तिनले बताए। यस किसिमको विभागीय निर्णयले अस्थायी कर्मचारीहरूको मात्र नभएर पहाडको जम्मै वेरोजगारहरूको भविष्यसँग खेलवाड भएको तिनले आरोप लगाए। जिल्लापालको यस्तो वेरोगार अनि अस्थायीमारा कार्यको विरोधमा अहिले जिल्लाभरिबाट नै   सङ्गठनले विरोध गरिरहेको बताए।

0 comments: on "अवकाशप्राप्त अस्थायी कर्मचारीहरूलाई कन्ट्राक बेसिसमा नियुक्ती दिने जिल्लापालको निर्णयको विरोधमा जअसक"