मुख्य समाचार :


डलर हत्याकाण्डमा पक्रा परेका दुइ युवकद्वारा भूल स्वीकार


पुलिसद्वारा हतियार बरामद

प्रज्ज्वल छेत्री
कालेबुङ,24 जनवरी।
सोनाम ग्याछो(31) एवं प्रसिद्ध नाम डलरको हत्यामा प्रयोग गरिएको हतियार आज पुलिसले घटनास्थल नजिकबाट बरामद गर्‍यो। गत 17 जनवरी बेलुकी स्थानीय 10 माइल आफ्नै घर नजिक डलरको हत्या भएको थियो।  हत्याको लगत्तै तीनदिन पछि 20 जनवरीको दिन हत्याकाण्डमा संगल्न रहेको शंकाको आधारमा अनिल शर्मा(डल्लु) अनि दावा नर्बु भोटिया(चेपे)लाई पुलिसले पक्राउ गरेको थियो। त्यसपछि पुलिस रिमाण्डमा राखिएका दुइ युवकले केरकारअवधी  हत्याकाण्डमा आफूहरूको हात रहेको पुसिल अघि स्वीकारेको बताइएको छ। सोही आधारमा पक्रा परेका दुइ युवकलाई पुलिसले केरकार गरेपछि घटनास्थलको नजिकैको नालीबाट आज हतियार बरामद भयो। आज घटनास्थलमा  दुइ युवकलाई लिएर नै थाना प्रभारी प्रसाद प्रधानको नेतृत्वमा पुलिसको एक टोली घटनास्थल पुगेपछि युवकहरूको बयानअनुसार नालीबाट हत्यामा प्रयोग गरिएको धारिलो खुकुरी पुलिसले बरामद गर्‍यो। यसरी हत्याकाणण्डको एक साता भित्रमा नै पुसिल प्रशासनले यसपल्ट भने डलरका हत्याराहरूलाई पत्तो लगाएर प्रमाणसहित पक्रन सक्षम बनेको छ।

0 comments: on "डलर हत्याकाण्डमा पक्रा परेका दुइ युवकद्वारा भूल स्वीकार"