मुख्य समाचार :


चुनाउपछि विधायकको पहिलो गोरुबथान भ्रमण थमाए आश्वासनको पोको

 छोटा फागुका भुइँचालो पीडीतहरूलाई लुगा वितरण गर्दै ड. छत्री
रुस्तम शर्मा
गोरूबथान ,24 जनवरी।
बङ्गालको विधानसभा चुनाउ भएदेखि यता आज पहिलोचोटि कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले गोरूबथान क्षेत्रको भ्रमण गरे। आज गोरूबथानबासीले पहिलेचोटि डा. छेत्रीलाई विधायकको रूपमा आफ्नै ठाउँमा भटे। गोरूबथान क्षेत्रमा पनि भुँचालोले व्यापक क्षति पुर्‍याउँदासमेत नपुगेका डा. छेत्री आज अचानक गोरूबथान आइपुगे।  भुइँचालले व्यापक क्षति पुर्‍याएको क्षेत्र छोटा फागु 100 जना पीडीतहरूलाई तिनले लुगा-फाटा वितरण गरे। यसैअवधी तिनले भने, म पहिलाका विधायकहरूले जस्तो गर्दिनँ। कोलकाताको पॉंचवटा कमिटीमा म सदस्य रहेकोले मैले धेरै जसो समय कोलकातामा नै बिताउनपर्ने हुन्छ। तर समय समयमा म तपाइँहरूको दुखेसो बुझ्न गोरूबथान आइरहनेछु। यसरी नै तिनले छोटा फागुमा गइरहेने भयानक पैह्रोे रोकथामको निम्ति  राशी अनुमोदन गरिदिने बचन दिए। स्मरण गराइन्छ, छोटा फागुमा प्रत्येक वर्खामा नै 200 वटा घर पैह्रोको कारण प्रभावित बन्ने गर्छ। जुन पैह्रोले विस्तारै भयानक रूप लिँदैछ भने कुनै दिन पैह्रोले गाउँ नै सोहोरेर लानसक्ने डर पनि गाउँबासीमा रहेको छ। यसरी नै आज गोरुबथानका मोर्चा केन्द्रिय समिति सदस्य चन्द्र योञ्जनसितै स्थानीय पार्टी कार्यकर्ताहरूले विधायकलाई मिशहिल चियाकमान क्षेत्रको पनि भ्रमण गराए। 28 नम्बर समष्टितर्फ जाने बैकल्पिक मार्गको रूपमा रहेको  मिशनहिल भएर जाने सडकको पनि तिनले भ्रमण गरे। यसअवधी तिनले उक्त रोड सॉंघुरो रहेकोले यसलाई फराकिलो पारिदिने आश्वसान दिए। यसरी नै अम्बियोक मेलामा सात वर्षीय वालिकामाथि कुकर्म भएपछि पीडीत परिवारपक्षलाई पनि विधायक डा. छेत्रीले भेट्‌ने थाहा लागेको भएपनि समाचार लेखेञ्जेलसम्म तिनी स्थानीय फरेष्ट गेष्ट हाउसको कटेजमा नै  पार्टी कार्यकर्ताहरूसँग विविध सम्स्याहरूमाथि छलफल गरिरहेका थिए।

0 comments: on "चुनाउपछि विधायकको पहिलो गोरुबथान भ्रमण थमाए आश्वासनको पोको"