मुख्य समाचार :


संस्कृति अनि परम्परा जगेडा गर्दै लेप्चाहरू

धनुकॉंड चलाउँदै महकुमा अधिकारी एलएन शेर्पा

कालेबुङ,25 जनवरी।
लेप्चाहरूको भाषा अनि संस्कृति बचाइराख्न अनिवार्य रहेको ठान्दै आज 21 औं लेप्चा कल्चर एण्ड हेरिटेज सेलिब्रेसन पालन गरियो। स्थानीय 11 माइसस्थित मायल क्योङ सेजुकको आयोजनामा माने गुम्पामा लेप्चाहरूले आज विविध कार्यक्रमहरू प्रस्तुत गरे। लेप्चा जातिको धर्मपुस्तक, औषधिमूलो,  आहार, सास्कृतिक नृत्य, भेशभूसा,  अनि हात-हतियारको प्रदर्शनी कार्यक्रमको प्रमुख आकर्षण केन्द्र रहेको थियो। यसरी नै कार्यक्रमलाई अझ रोचक बनाउन धनुकॉंड, गायन अनि चित्रकला प्रतियोगिता पनि कार्यक्रममा राखिएको थियो।  सोही कार्यक्रमबाट नै एसिया अनि अफ्रिकाका गैरसरकारी सङ्गठनका क्षेत्रीय निर्देशक टेण्डुप भोटियाले भुइँचालो पीडीत  गिडाब्लिङ पोचोर निवासी सानुमति लेप्चा अनि सुकसिङ लेप्चालाई 2 लाख 75 हजार रुपियॉं प्रदान गर्ने घोषणा गरे। एलएस तामसाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा   महकुमा अधिकारी एलएन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने पद्मश्री सोनाम छिरिङ लेप्चा अनि दोर्जी टी. लेप्चा कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

0 comments: on "संस्कृति अनि परम्परा जगेडा गर्दै लेप्चाहरू"