मुख्य समाचार :


जिल्लापालले जारी गरेको विज्ञापन खारेज गर्नुपर्ने जकसको माग

महकुमा अधिकारीलाई ज्ञापन बुझाउँदै जकस प्रतिनिधिहरू

नत्र आन्दोलनको चेतावनी

कालेबुङ,25 जनवरी।
अवकाशप्राप्त कर्मचारीहरूलाई फेरि कन्ट्रायक बेसिसमा नियुक्ति दिने जिलापालले 19 जनवरीमा विज्ञापन जारी गरेदेखि यता सबैपक्षबाट विरोधाभासको आवाजहरू उठ्‌न शुरू भएको छ। एकातिर अस्थायी कर्मचारीले जिल्लापालको निर्णयको कढा रूपमा विरोध जनाइरहेको छ भने अर्कोतिर जनमुक्ति कर्मचारी सङ्गठनले पनि जिल्लापालको निर्णयमा असन्तुष्टि जाहेर गरेको छ। खण्डस्तरीय विभिन्न सरकारी पदहरूमा अवकाशप्राप्त कर्मचारीहरूलाई नियुक्ति दिने जिल्लापालको निर्णयले वेरोजगार अनि गरिबमारा कार्य भएको बताउँदै शिक्षित बेरोजगारहरूलाई नै नियुक्ति दिनुपर्ने माग गर्दै आज जनमुक्ति कर्मचारी सङ्गठनले महकुमा अधिकारी एलएन शेर्पासँग भेट गरी एक ज्ञापन चढाएको छ। जिल्लापालले जारी गरेको विज्ञापन यथाघीघ्र खारेज गर्नुपर्ने जसक प्रतिनिधिहरूले महकुमा अधिकारी एलएन शेर्पालाई बताए। त्यसपछि पत्रकारहरूसँग कुराकारी गर्दै जकस अध्यक्ष खडक विक्रम सुब्बाले भने, पहाडमा अहिले बेरोजगारीको आगो सल्किरहेको छ। यस्तो अवस्थामा फेरि अवकाश ग्रहण गरिसकेकाहरूलाई नियुक्ति दिने कुरा गरेरे सरकारले पहाडका शिक्षिक वरोजगार मारा कार्य गरिरहेको छ। जसको हामी घोर प्रतिवाद गर्छौं। यदि सरकारले उक्त विज्ञापन फिर्ता नलिए हामी वृहत आन्दोलन गर्नेछौं। तिनले सरकारलाई चेतावनी दिँदै भने। 2010 मा खण्डस्तरीय विभिन्न पदहरूमा पदोन्नतीको निम्ति परिक्षा हुने तय भएको भएपनि राजनैतिक उताडचडाउको कारण हुनसकेकाले अब उक्त परीक्षा गराउनुपर्ने सुब्बाले बताए।

0 comments: on "जिल्लापालले जारी गरेको विज्ञापन खारेज गर्नुपर्ने जकसको माग"