मुख्य समाचार :


जीना हत्याकाण्डःसोधपुछको नम्ति चार जना थानामा

स्व. जीना प्रधान
कालेबुङ,25 जनवरी।
जीना हत्याकाण्ड प्रकरणमा आरोपीहरूलाई अझसम्म पक्राउ गर्न नसके पनि पुसिल प्रशासनले   छानबीन जारी राखेको छ। विभिन्न सङ्घ-संस्था अनि पत्र-पत्रिकामा प्रशासित समाचारहरूले झनै जीना हत्याकाण्डलाई निक्कै गम्भिर रूप दिएपछि प्रशासनको टाउको दुखाइ अझ धेर बढ्‌दै गइरहेको छ। हत्याराहरूको आजसम्म पत्तो नलाग्नु पुलिस प्रशासनबाट विश्वास हराउँदै गएको विधायक डा. हर्कबाहदुर छेत्रीले बताउँदै तिनले राज्यको गृह मन्त्रालयसम्म कुरा राखिसकेको बताइसकेका छन्‌। एक अबला नानीमाथि निर्मम रूपमा भएको हत्याले निक्कै गम्भिर रूप लिएपनि आजसम्म वास्तिवक हत्याराहरू चिन्हित गर्न नसेपछि प्रसासनमाथि धेरै चाप बड्‌न शुरू भएको छ। घटनाको पूर्ण छानबिन भइरहेको अनि हत्याराहरूको पक्राउको निम्ति पुलिसले भरसक प्रयास गरिरहेको बताइएको छ। फलस्वरूप आज पेदोङ तोपखानाबाट नै चार जनालाई सोधपुछको निम्ति पुलिसले थानामा ल्याएको छ। यद्यपि यस सम्बन्धी थाना प्रभारी प्रसाद प्रधानसँग जान्न चॉंहदा तिनले यी चार जनालाई पक्राउ गरेको होइन तर केवल सोधपुछको निम्ति मात्र थाना ल्याएको बताएका छन्‌। सोधपुछको निम्ति ल्याएकाहरूको नामसम्म पनि तिनले बताउन चाहेनन्‌‌‌। जबसम्म आरोपीहरू पक्राउ पर्दैन तबसम्म केही बताउन नसक्ने प्रधानले जनाए। आज यी चार जनालाई सोधपुछको निम्ति पुलिसले सॉंझसम्म पनि थानामा नै राखेकोले रहस्य केही लुकेको हुनसक्ने अमुमान लगाइन थालेको छ।

0 comments: on "जीना हत्याकाण्डःसोधपुछको नम्ति चार जना थानामा"