मुख्य समाचार :


बीएसएनएल सेक्टरका अस्थायी कर्मचारीहरूको शुरू भयो अनिश्चितकालीन हड्‌ताल

कालेबुङ,25 जनवरी।
बीएसएनएल सेक्टरका अस्थायी कर्मचारीहरूले आजदेखि अनिश्तिकालीन हड्‌ताल शुरू गरेका छन्‌। बोनस नपाउनु, आठघण्टाभन्दा धेर काम लगाउनु, बढेको पैसा नपाउनु, विभिन्न सहूलियतदेखि वञ्चित गराइनु आदि सरकारको नपच्ने कुराहरू भोगिरहेका जुस्लो युनिट अन्तर्गत बीएसएनएल सेक्टरका कर्मचारीहरूले यसपल्ट त झनै महिनाको 25 तारीख पुगिसक्दा समेत दिसम्बरको वेतन नपाएपछि नै अनिश्चितकालीन हड्‌ताल शुरू भएको छ। विगत धेरै समयदेखि 10 देखि 15 तारीखभित्रमा मात्र वेतन पाउने गरेका कर्मचारीले यसपल्ट 25 तारीख बितिसक्दा समेत वेतन नपाएर अधिकारीहरूसँग कुरा गर्दासमेत पत्तो नदिएपछि हड्‌तालमा बस्न बाध्य परेको कर्मचारीहरूको भनाइ छ। बीएसएनल सेक्टरका कर्मचराहरूमाथि भएको विभागीय हेलचेक्राइँको विरुद्धमा जुस्लो केन्द्रिय समितिको निर्देशनमा नै आन्दोलन शुरू भएको बताएको छ। हड्‌तालको आज पहिले दिन कर्मचारीहरूले कुनै कामकाज गरेनन्‌ भने भोलिदेखि उनीहरू सडकमा बस्ने भएको छ। बीएसएनएल सेक्टरका कर्मचारीहरूमाथि भएको अन्यायको विरूद्धमा जुस्लो महकुमा समितिले पनि आन्दोलनलाई टेवा पुर्‍याउने अध्यक्ष डीबी प्रधानले बताएका छन्‌। महकुमाभरिका लगभग 44 जना कर्मचारीहरूले आजदेखि हड्‌ताल शुरू गरेपछि जुल्सो महकुमा समितिले हेरक कार्यक्रमलाई सफलिभूत पार्न भरसक टेवा पुर्‍याउने भएकोले आन्दोलनले वृहत रूप लिनसक्नेे देखिएको छ। किनभने केवल वेतन मात्र उनीहरूको समस्या नरहेर अन्य विविध मागहरू पनि सरकारले पूरा गरेमात्र कर्मचारीहरूले आन्दोलन फिर्ता लिने भएको छ।

0 comments: on "बीएसएनएल सेक्टरका अस्थायी कर्मचारीहरूको शुरू भयो अनिश्चितकालीन हड्‌ताल"