मुख्य समाचार :


कालेबुङमा राष्ट्रिय मतदाता दिवस पालन

मतदान पत्रसॅंग नयॉं मतदाताहरू

कालेबुङ,25 जनवरी।
आज देशभरि नै पालन गरिने राष्ट्रिय मतदाता दिवस कालेबुङमा पनि पालन गरियो। दह्रिलो प्रजान्त्रको निम्ति युवापीडीको वृहत सहभागिताको मूल मन्त्र लिएर कालेबुङ महकुमा प्रसाशनको आयोजनामा स्थानीय रामकृष्ण रङ्गमञ्चमा नयॉं मदाताहरूलाई लिएर राष्ट्रिय मतदाता दिवस पालन गरियो। 18 वर्ष पुगेका मतदाताहरूलाई नयॉं मतदाता कार्डसितै उनीहरूलाई विभागद्वारा सम्बर्द्धना जनाइयो। विभिन्न पोलिङ बुथ अधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा मेजिस्ट्रेट डीकी भोटिया अनि ट्रेजरी अधिकारी साङ्गे शेर्पाले नयॉं मतदाताहरूलाई भारतीय संविधानअनुसार मददान गर्नुको औचित्यबारे प्रकाश पारे।  युवा अनि युवतीहरूको भारतीय प्रजातान्त्रिक प्रणालीमा महत्वपूर्ण भुमिका रहने कुरा मेजेस्ट्रट डीकी भोटियाले बताइन्‌। यसरा नै 3 जनवरीमा विद्यार्थाहरूलाई लिएर राष्ट्रिय मदताता दिवसमाथि भएको  हाजिरी जबाव प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पनि आज सम्बर्द्धना जनाइयो। यसरी नै अर्कोतिर कालेबुङ खण्ड 1 को आयोजनामा स्थानीय खण्ड विकास कार्यालयमा पनि राष्ट्रिय मतदाता दिवस पालन गरियो। कर्मी-सहकर्मी, अधिकारीहरू लगायत नयॉं मददाता अनि विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको कार्यक्रममा खण्ड विकास अधिकारी अनन्दिता भौमिक अनि सह-खण्ड विकास अधिकारी एनसी शेर्पाको विशेष उपस्थिति रहेको थियो। 18 वर्ष पुगेकाहरूलाई मतदानबारे जानकारी गरउँदै मतदाता काडर्र् वितरण गरियो। राष्टिय मतदाता दिवसलाई केन्द्र गर्दै विद्यार्थीहरूमाझ भएको हाजिरी जबाव अनि निबन्ध लेखन प्रतिगोगिताका विजयी प्रतियोगीहरूलाई अधिकारीहरूद्वारा पारितोषिक वितरण गरियो। 

0 comments: on "कालेबुङमा राष्ट्रिय मतदाता दिवस पालन"