मुख्य समाचार :


कफेरमा सैलुङ्गे मेला शुरू

17 औं ग्याल्बा कर्मापाले गरे उद्घाटन
कालेबुङ,27 जनवरी।
कफेर जनता मैदानमा आजदेखि भव्य रूपमा तीन दिवसीय सैलुङ्गे मेला शुरू भयो। अखिल भारतीय तामाङ बौद्ध सङ्घ अनि कालेबुङ तमाङ युथ एसोसिएसनको संयुक्त  आयोजनामा सम्पन्न मेलामा 17 औं ग्याल्बा कर्मामा थिन्ले थाइ दोर्जी मुख्य अतिथिको रूपमा उपस्थित थिए। ग्लाल्वा कर्माको बाहुलिबाट राष्ट्रिय झण्डोत्तलन अनि दीप प्रज्ज्वलपछि भुइँचालो पीडीतहरूको निम्ति मौन धारण अनि पूजा-प्रार्थना गरेर कार्यक्रम आरम्भ गरिएको थियो। बौद्ध ज्ञान र दर्शणमाथि अवगत गराउँदै मुख्य अतिथि ग्याल्बो कर्मापा थिन्थे थाइ दोर्जीले घर्मले नै मानिसहरूलाई सुमार्गतर्फ दोहोर्‍याउने कुरा गदैर्र् धर्मलाई बिर्सननहुने बताए। जीवीत छँदा नै सेवाको भावना हुन जरुरी रहेको बताउँदै मानिसहरू सुमार्गतर्फ लागे नै मृत्युपछि निर्वान प्राप्त गर्नसकिने तिनले बताए। बौद्ध धर्म र दर्शणलाई मानिसहरूले व्यवहारमा ल्याउनुपर्ने पनि तिनले जनाए। द्वेष  र इर्षाहरूलाई त्यागेर भगावन बुद्धले देखाएको मार्ग हिँड्‌नपर्ने कार्यक्रममा भेला भएका सयौं श्रद्धालुहरूलाई सम्बोधन गर्दै 17 औं ग्याल्बा कर्मापा थिन्थे थाइ दोर्जीले भने।  तामाङहरूको संस्कृति अनि परम्परामाथि शोध गरिरहिकी विशिष्ट अतिथिको रूपमा उपस्थित कोलकाता विश्वविद्यालयका डा. गायत्री भट्टचार्यले  तामाङ सेलो र ढम्फूहरू वर्तमान आधुनिक समयमा लुप्त बन्दै गइरहेको आफ्नो सम्बोधनमा बताइन्‌। पहाडलाई पर्यटकी स्थलको रूपमा प्रकृतिले वरदान नै दिएको भएपनि बाटोहरूको भने जीर्ण अवस्था रहेकोमा तिनले असन्तुष्टि जाहेर गरिन्‌। मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडको निम्ति घोषणा गरेको विभिन्न योजनाहरू लागु भए पहाडको धेरै विकास हुने पनि तिनले आशा व्यक्त गरिन्‌। विविध कार्यक्रमसहित सम्पन्न भइरहेको मेलाको आज प्रथम दिन विभिन्न जातिहरूद्वारा सास्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। मानिसहरूको व्यापक भीड जमेको मेलाको आज पहिलोे दिन 17 औं ग्याल्बा कर्मापा थिन्थे थाइ दोर्जीले क्षेत्रीय गुम्बाहरूको परिभ्रमणसितै क्षेत्रबासीको निम्ति प्रार्थना गरे।

0 comments: on "कफेरमा सैलुङ्गे मेला शुरू"