मुख्य समाचार :


जीना हत्याकाण्डः गाउँलेहरूले प्रशासनलाई सहयोग नगरेको आरोप


प्रज्ज्वल छेत्री
कालेबुङ,27 जनवरी।

जीना हत्याकाण्डका हत्याराहरूलाई पक्राउ गर्न हो भने गाउँले अनि पुलिस प्रशासनको तालमेल हुन आवश्यक छ। हामी हाम्रोपक्षबाट भरसर प्रयास गरिरहेका छौं, खोजतलास जारी छ। हत्याकाण्डमाथि गाउँलेहरूले पटक्क मुख खोल्दैनन्‌। यसैले हामीले सफता पाउन सकेका छैनौं-यो हो थानी प्रभारी प्रसाद प्रधानको भनाइ। पेदोङ तोपखाना निवासी जीना प्रधानको हत्या भएको महिनौं बितिसक्दा समेत पुलिस प्रशासनले हत्याराहरू पक्राउ गर्न सकिरहेको छैन। हत्या भएदेखि यता थुप्रै सङ्ग-संस्थाहरूले आवाज उठाए, पेदोङबासी पनि सडकमा ओर्लिए, अनशनसम्म गर्ने कुराहरू प्रकाशमा आयो। यो सब देख्दा जनसाधरण अनि सङ्घ-संस्थाहरू हत्याप्रति केही गम्भिर भएको दोखिएपनि पुलिस प्रशासनले भने क्षेत्रबासीले प्रशासनलाई कुनै सहयोग नै नगरेको बताएको छ। आरोपीहरू पक्राउ गर्न गाउँलेहरूले पुलिसअघि मुख नै खोल्न नमान्ने अनि कुनै सुइँकोसम्म दिन नचाहने  थाना प्रभारीको भनाइबाट स्पष्ट हुन्छ। अहिलेसम्म पुलिसले 20 जना भन्दा अधिकलाई सोधपुछको निम्ति थाना ल्याइसकेको छ। अहिले पनि स्थानीय चारजनालाई थानामा ल्याएर भरसक मुख खोलाउन थानाले प्रयास गरिरहेको बताइएको छ। जीना हत्याकाण्डलाई थानाले एउटा अच्चमको घटना मानेको छ। जुन घटनामा संगल्न आरोपीहरूसम्म पुग्न प्रशासनले थुप्रै बाटो अप्नाउदा पनि टुङ्गो लाग्न सकिरहेको छैन। गाउँलेहरूले घटनाको सुइँकोसम्म पनि दिन नचाहेकोले प्रशासन अचम्भित छ। घटना हुनेको अघि अनि पछि(चान्स विट्‌नेस) सम्म कोही छैन भन्ने प्रशासनको भनाइ छ। पुलिस प्रशासनको प्रयास जारी छ, तर सफलता भने छैन-प्रधानले भने। कसरी आरोपीहरू खोजी निकाल्न सकिन्छ भन्ने जम्मै तरिकाहरू पुलिसले अप्नाइसकेको बताएको छ। तर अहिले सोधपुछको निम्ति ल्याइएकाहरूमा जीनाको आफन्त अनि एक सङ्गठनसँग सम्बन्ध व्यक्ति पनि रहेको थाहा लागेको छ। जुन सङ्गठनले घरिघरि जीना हत्याकाण्डमाथि आवाज उठाइरहेको छ त्यही सङ्गठनकै प्रतिनिधिलाई थानामा ल्याइनु अनि  त्यसमाथि पनि जीनाको आफन्तहरूसम्मलाई थानामा ल्याइनुले घटना अझ रहस्यमय बन्दैछ।

0 comments: on "जीना हत्याकाण्डः गाउँलेहरूले प्रशासनलाई सहयोग नगरेको आरोप"