मुख्य समाचार :


कालेबुङको एकमात्र माता सरस्वती मन्दिरमा धर्मशालाको अभाव

लोवर बमवस्तीस्थित माता सरस्वती मन्दिरमा भला भएका श्रद्धालुहरू

कालेबुङ,28 जनवरी।
स्थानीय लोवर बम बस्तीस्थित कालेबुङको एकमात्र माता सरस्वतीको मन्दिरमा आज भव्यतासाथ सरस्वती पूजा पालन गरियो। स्थानीयदेखि लिएर कालेबुङभरिका श्रद्धालुहरूको पूजामा व्यापक भेला रहेको थियो़। मन्दिरमा माता सरस्वतीको पूजासितै नव आवृति, चण्डीपाठ, हवन अनि तिलक प्रसादी वितरण गरियो। मन्दिरमा भएको हवनादी कार्यक्रममा प्रमुख पण्डितको रूपमा प्रेम प्रसाद सापकोटासहित कूल 9 जना पूरोहितहरू रहेका थिए। कालेबुङमा आज थुप्रै ठाउँहरूमा सरस्वती पूजा पालन गरियो। तरै पनि यस मन्दिरमा भने विद्यार्थीहरूदेखि लिएर युवा अनि वृद्धहरूसम्म व्यापक रूपमा सरिक बनेका थिए। मन्दिर भवन सानो रूपमा हुँदादेखि नै गरिने गरेको सरस्वती पूजाले आज 71 औं वसन्त पार गरिसकेको आयोजक पक्षले बताएको छ। गाउँलेहरुको सहयोगले नै माता सरस्वती मन्दिरको आयोजनामा पूजा सफलतापूर्वक पालन भएको आयोजक पक्षका व्यवस्थापक भुवन नेपालले बताए। यसरी कालेबुङको एकमात्र सरस्वती मन्दिरले वैर्षैपछि स्वरस्वती पूजा मात्र नभएर अन्य पूजाहरू पनि गर्ने गरेको भएपनि मन्दिरमा भने एउटा धर्मशालासम्म पनि बनाउन नसकिरहेको भुवन नेपालले बताए। मन्दिरमा नै एक घर्मशाला पनि बनाउने समितिको योजना रहेको भएपनि आर्थिक अवस्थाको कारण सो आजसम्म पूर्ण हुन नसिरहेको तिनले बताए। मन्दिरमा एउटा धर्मशालाको पूर्ण आवश्यकता रहकोले नै समितिलाई आर्थिक सहयोग पुर्‍याइदिने सबै-सबैलाई आयोजक समितिको पक्षबाट आह्वान गरिएको छ। आज वसन्त पूर्णिमाको दिन मनाइदिने विद्याको आस्था मानिने स्वस्वती पूजा कालेबुङको अन्य क्षेत्रहरूमा पनि आ-आफ्नै तरिकाले पालन गरियो।

0 comments: on "कालेबुङको एकमात्र माता सरस्वती मन्दिरमा धर्मशालाको अभाव"