मुख्य समाचार :


गोरूवथान डिग्री कलेज चॉंडै शुरू हुनेछ-डा. छेत्री

डा. हर्कबहादुर छेत्री
रुस्तम शर्मा
कालेबुङ,27 जनवरी।
7 वर्षीय नबालिकामाथि भएको कुकर्मको घटनालाई लिएर कालेबुङ महकुमाका विधायक डा. हर्कबहादुर छेत्रीले पीडीत नानीको माता-पितासँग बिहिबार यहॉंदेखि 7 किलोमिटर टाडामा अवस्थित अम्बियोक प्राथमिक पाठशालामा भेट गरे। गोरूबथान भ्रमणको मूल विषय पनि सो घटनाको छानबीन गर्नु अनि नानीको माता-पितालाई सहानुभूति प्रदान गर्नु रहेको तिनले बताए। विधनसभा चुनाउपछिको पहिलो भ्रमणमा गोरूबथानको विभिन्न समस्यालाई मध्यनजर राख्दै विशेष पहल गर्ने गोरूबथानबासीलाई डा. छेत्रीले आश्वासन दिए भने गोरूबथानको मूल समस्या ज्ञानगृह, शौचालय, स्टेट, व्याङ्‌क, अनि रसायन केन्द्र निर्माण गर्न आफूले पहल गर्ने भरोसा दिए। यसका साथै गोरूबथान डिग्री कलेज सम्बन्धमा सोधिएको प्रशनको जबावमा तिनले भने, सरकारले घोषणा गरिसकेको विषय हो। शिक्षामन्त्री ब्रत बसुलाई मुख्यमन्त्री ममता व्यानर्जी समेतले यसको सामाधन गर्न भनेकी थिइन्‌। हामी हाम्रो पक्षबाट चाप सृजना गरिरहेका छौं र यो समस्या चॉंडै समाधान हुने विषमा गोरूबथानबासीलाई भरोसा दिन्छु- भने। आफू सरकारको विशेष पॉंचवटा मूल विभागको सदस्य भएको हुनाले कोलकातामा बेसी समय दिनपरेको भएतापनि आफ्नो कर्तव्य पालन गरेर जाने तिनले बताए। जीटीए सम्बन्धी सोधिएको प्रश्नको उत्तर दिँदै तिनले विभागहरूको एनओसीको रिपोर्ट आउन बॉंकी रहेको छ त्यसपछि यसको फरमेशन भइहाल्छ भनेे। युवा मोर्चाको आन्दोलन किन ठप्प भयो भनेर पत्रकारहरूले सोधेको प्रशनमाथि तिनलेआन्दोलनको निम्ति भातृसङ्गठनको आदेशलाई सबैले पालन गर्नैपर्ने हुन्छ भने। दार्जीलिङको शिक्षाको बिग्रन्दो अवस्था माथिको प्रशनमा तिनले भने, विभागहरूलाई शिक्षा व्यवस्था सुधार्नको निम्ति हामी बारम्बार चाप दिइरहेका छौं अनि प्रथमिक पाठशालाको गुणस्तरीय शिक्षालाई ध्यान दिन शिक्षक नियुक्ति मूल विषय बनेकोले शिक्षा मन्त्रीसँग कुरा भइरहेको तिनले बताए। तिनले अझ भने, पहाडमा सरकारी मान्यता नपाएको थुप्रै स्कूलहरू छन्‌ अनि त्यसको निम्ति पनि म विभाग साथै डाइरेक्टर एडुकेशन अनि शिक्षा मन्त्रीसँग पनि चर्चा गर्नेछु। शिक्षा विभागको लापारवाहीले आज शिक्षाको यस्तो स्थिति भएको तिनले स्वीकारे भने शिक्षालाई महत्वपूर्ण विषय मानेर आफूले पहल गर्नेकुरा बताए। गोरूबथान भ्रमण अवधीमा तिनले अम्बियोक माध्यमिक पाठशालाको जीर्ण अवस्थाको जायजा लिए भने फापरखेतीका भुइँचालो पीडीतहरूलाई पनि वस्त्र आदि वितरण गरे।

0 comments: on "गोरूवथान डिग्री कलेज चॉंडै शुरू हुनेछ-डा. छेत्री"