मुख्य समाचार :


फेसबुक अश्लील




फेसबुकका जन्मदाता मार्क जुकेरवर्गले आफ्नो फेसबुक एकाउन्ट हृयाक भएको कुरा एउटा टेलिभिजन अन्तर्वार्तामार्फत सार्वजनिक गरे। सन  २००४ फेब्रुअरी ४ मा हार्वर्ड विश्व  विद्यालयबाट सुरु भएको फेसबुक सञ्जाल हाल विश्वभर करिब २ सय १३ वटा मुलुकसम्म फैलिएको  छ। सामाजिक सञ्जाल फेसबुकमा -सेप्टेम्बर २०११) सम्म ८० करोड प्रयोगकर्ता पुगिसकेकोे तथ्यांक सार्वजनिक हुँदा नेपालमा मात्र गत  जुलाईको अन्तसम्म करिब ११ लाख २० हजार नेपाली फेसबुकको फन्दामा परिसकेको तथ्यांक सार्वजनिक भएको थियो।

जुकेरवर्गको फेसबुक बालमा अश्लील भिडियो राखेर हृयाकरहरूले फेसबुक सुरक्षित नभएको पुष्टि गरिदिएका छन। अहिले अधिकांश फेसबुक  प्रयोकर्ताको वालमा अश्लील भिडियो पोस्ट हुने समस्या देखिएको छ। आफ्नै साथीले पोस्ट गरेको जनाउसहित आउने यता भिडियोहरू साथीले  राखेको नभई हृयाकरहरूले पठाएका हुन। फेसबुकको लोकपि्रयतासँगै बढेको दुरुपयोग र हृयाकरहरूको सक्रियता वयं जुकेरवर्गका लागि   समेत टाउको दुखाइ बन्न पुगेको छ।

अहिले अधिकांश फेसबुक प्रयोगकर्ताको वालमा यस्तो  भिडियो पोस्ट हुने गरेको छ। यदि त्यसलाई क्लिक गरियो भने अटोमेटिक रूपमा  आफ्नो नाममा आफ्नो साथीको वालमा उक्त भिडियो पोस्ट हुन पुग्छ जसले मित्रसँगको सम्बन्धमा फाटो ल्याउँछ। यस्तो भिडियोको लिंक  आउनासाथ डिलिट गर्नुपर्ने बताउँछन लामो समयदेखि फेसबुक चलाउँदै आएका सञ्चारकर्मी गोविन्द बानियाँ। फेसबुकमा प्रयोग गरेको  पासवर्ड अन्य एकाउन्टमा प्रयोग नगर्नसमेत सुझाव दिन्छन बानियाँ। फेसबुक अफ गर्दा  पनि साथीको लिस्टमा आफूलाई अनलाइन देखाउँछ  भने आफ्नो फेसबुक एकाउन्ट हयाक भएको हुनसक्छ। यस्तो अवथामा तत्काल पासवर्ड चेन्ज गर्नुको विकल्प हुँदैन।

वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको छ। म्ाहानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटा उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०६७/६८ मा मात्र २० वटा  फेसबुक दुरुपयोगसम्बन्धी उजुरी परेको तथ्यांक छ भने गत साउनदेखि हालसम्म १८ वटा उजुरी परिसकेको तथ्यांक सार्वजनिक भएको छ।

फेसबुकको दुरुपयोगबाट बच्ने उपाय ः

कुनै फाइल डाउनलोड गर्दा वा अन्य एकाउन्ट बनाउँदा फेसबुककै पासवर्ड प्रयोग गर्नुहुँदैन। किनभने हृयाकरहरूले पासवर्ड पत्ता लगाउँन  विभिन्न आकर्षक वेबसाइट बनाएका हुन्छन। त्यसैले छुट्टै पासवर्ड प्रयोग गर्नुपर्छ। फेसबुक खोल्दा आफनो व्यक्तिगत विवरण पूर्णरूपमा राख्नु  हुँदैन किनभने जोकसैले पनि त्यसको दुरुपयोग गर्न सक्छ।

पासवर्ड राख्दा सकभर अनुमान लगाउन सजिलो हुने खालका शब्द जस्तै १,२,३, घरेलु ठेगाना, जीवनसाथी/प्रेमी/प्रेमीकाको नाम, मोबाइन  नम्बर, आफनो नामथर इत्यादि प्रयोग गर्नुहुँदैन।

फेसबुकमा आएको रिक्वेस्टलाई तस्बिर हेरेर होइन उसको प|mेन्डलिस्ट, इन्फो, वाल इत्यादि चेक गरेर मात्र एसेप्ट गर्नुपर्छ।

फेसबुकमा नयाँ एप्लिकेसन इन्टल गर्दा विशेष ध्यान दिनु आवश्यक छ। जुनसुकै एप्लिकेसन इन्टल गर्दा भाइरस छिर्न प्रवल सम्भावना रहन्छ।

फेसबुक इन्फोमा सम्पर्क नम्बर र ठेगानाहरू सकभर नराखेकै राम्रो किनभने व्यापारिक संघसंथाहरूको फोनले आफूलाई हैरान पार्न सक्छ  साथै अपराधीको हातमा पनि पर्न सक्छ।

फेसबुकमा इमेल एड्रेस राख्नु हुँदैन, जसले गर्दा आफू सुरक्षित रहन सकिन्छ। फेसबुकमा उपलब्ध पेजहरू लाइक गर्दा पनि ध्यान दिनु  आवश्यक छ।

मोबाइलमा मोबाइल कन्र्फमेसन राखेर पनि सुरक्षित हुन सकिन्छ, यसले आफ्नो फेसबुक खोल्न मोबाइल म्यासेज कोड राख्नुपर्ने हुन्छ।  अश्लील  भिडियो भएको वाल देखियो भने त्यसलाई तुरुन्त डिलिट गर्नुपर्छ। यदि कोही कसैबाट आफ्नो वालमा पोस्ट भएको छ भने साथीलाई  नै डिलिट गर्नुभन्दा उसलाई जानकारी दिएर डिलिट  गर्न लगाउनुपर्छ।

आफ्नो साथीको नामबाट आएको म्यासेजमा कुनै लिंक छ भने खोल्नुभन्दा अघि विशेष ख्याल गर्नुपर्छ।

अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक तस्बिर ट्याग गर्ने काम कहिल्यै गर्नु हुँदैन।

0 comments: on "फेसबुक अश्लील"