मुख्य समाचार :


दागोपापकै कारण दार्जीलिङ पहाडमा शिक्षक नियुक्ति हुन नसकेको जेएसटीओको आरोप


प्रज्ज्वल छेत्री
कालेबुङ,12 जनवरी।
बङ्गालमा शिक्षक नियुक्ति हुँदा जहिले पनि दार्जीलिङ पहाड छोडिनु अथवा दार्जीलिङको नामसम्म उचारण नहुनुमा जेएसटिओले दागोपापलाई नै दोष दिएको छ। बङ्गालले जारी गरेको  21 दिसम्बरको अधिसूचना अन्तर्गत राज्यको अन्य जिल्लाहरूसँगै सिलगढी पनि मिलाएर राज्यभरि नै एसएससीको माध्यमबाट 39 हजार शिक्षक नियुक्ति गरिने भएको छ। पहाडमा एसएससी लागु नभएकोले दार्जीलिङको नाम नआएको कुरा चलिरहेको भएपनि दोगोपापले शिक्षक नियुक्तिको निम्ति राज्यको शिक्षा विभागमा प्रस्तावसम्म नै नपठाएकोले नै दार्जीलिङ छोडिएको जेएसटीओको आरोप छ। यसै सम्बन्धमा जेएसटीओ केन्द्रिय समितिका प्रचार-प्रसार सचिव भीषण रोकाले भने, यसपल्ट पनि बङ्गालभरि शिक्षक नियुक्ति हुँदा दार्जीलिङले किन पाएन? यसको निम्ति जिम्मेवार को हो? यसमा बङ्गालको दोष होइन तर दागोपापले नै शिक्षक नियुक्ति विषय कुनै प्रस्ताव नपाएकै कारण दार्जीलिङ छोडिएको हो। जेएसटीओले पहिले भोलेन्टियर अनि एडहकको समस्या सुल्झाउनु पर्ने अनि त्यसपछि दार्जीलिङमा नै छुट्टै एसएससी हुनुपर्ने माग गरेको छ। कृषि पर्यटन उत्सवको अवसरमा कालेबुङमा नै दागोपाप सञ्चालन समितिको बैठकअघि नै जेएसटीओले बुधबार शिक्षा सम्बन्धी एक ज्ञापन बुझाएर दोगोपाप प्रशासक अनिल वर्मासँग पनि भेट गरेको छ। एडहक अनि भोलेन्टियर शिक्षकहरूको स्थायीकरण, पहाडमा एसएससी हुनुपर्ने, 39 हजार शिक्षक नियुक्तिमा दार्जीलिङ छुटेको कुरा,  स्कूलहरूमा समूह ग र घ को भर्ना पहाडमा एसएससी लागु नभएसम्म पुरानै तरिकाले गर्नपर्ने,  उच्च न्यायलयमा मुद्दा हालेका रहल शिक्षकहरूको स्थायीकरण, दागोपापले स्कूल मान्यताको निम्ति पठाएको 31 वटा स्कूल मात्र होइन अझ 24 वटा स्कूललाई मान्यता दिनुपर्ने आदि जेएसटीओको प्रमुख मागहरू रहेको छ। यससम्बन्धी प्रशासक अनिल वर्मासति जेएसटीओको भेटअवधी अबउसो उच्च न्यायलयबाट भर्डिक्ट ल्याएर स्थायीकरणको व्यवस्थामा रोक लगाइनेे वर्माको निर्णय रहेपछि यसमा जेएसटीओकोे घोर विरोध जनाउँदै रोकाले भने, यस्तो थालनी दागोपापले नै गरेको हो। 2008 मा 18 जना उच्च न्यायलयको भर्डिक्ट ल्याउनेहरूलाई दागोपापले नै नियुक्ति दिएको हो।  अहिले धेरै आर्थिक विपन्न शिक्षकहरूले पनि स्थायीकरणको आशामा न्यायलयमा मुद्दा दर्ता गरेको छन्‌, उनीहरूलाई नयॉं पद सृजना गरेर भएपनि स्थायी गर्न जरुरी छ। वर्मा एक्लैको निर्णयलाई हामीले विरोध जनाउँदै विधायकहरूसँग बैठक गरेर नै छलफल गर्ने त्यसैअवधी नै वर्मालाई बताइदिएका छौं। जेएसटीओ अनि  प्रशासकको भेटअवधी भोलि कोलकातामा हुने शिक्षामन्त्रीसँगको बैठकले पनि धेरैवटा समाधान सूत्र निस्कने प्रशासकले आशा व्यक्त गरेको बताइएको छ। स्कूलहरूमा समूह ख अनि घ को नियुक्ति सम्बन्धमा भने पुरानै तरिकाले नियुक्ति दिन सकिने बताउँदै डीआईलाई पहल गर्ने वर्माले निर्देश दिएको जेएसटीओले बताएको छ। जिल्लाभरिमा 30 वटा नयॉं स्कूलहरू निर्माण हुनपर्ने पठाएको प्रस्तावअनुसार 14 वटा स्कूल निर्माणको निम्ति भने सरकारबाट अनुमोदन पाइसकेको पनि जेएसटीओले जानकारी गराएको छ। पहाडमा शिक्षाको सही व्यवस्था नभएको बताउँदै अन्तमा रोकाले भने, देश र राज्यमै पनि अहिले शिक्षा व्यवस्थामा व्यापक परिवर्तन आएको छ। यस शिक्षा परिवर्तन नीतिमा पनि हामी वञ्चित छौं। नागरिकले देशमा पाउने सहुलियतहरू हामीले पाउन सकेका छैनौं। धेरै लामो समयदेखि हामी देशको मूलधारामा आउ सकेको छैनौं। यसैले दार्जीलिङ पहाडको शिक्षा व्यवस्थामा परिवर्तनसँगै देशको मूल स्रोतमा गोर्खाहरूलाई पनि ल्याउनपर्ने जेएसटीओको भनाइ रहेको छ।
 


0 comments: on "दागोपापकै कारण दार्जीलिङ पहाडमा शिक्षक नियुक्ति हुन नसकेको जेएसटीओको आरोप"