मुख्य समाचार :


मार्चमा जीटीए, त्यो भन्दा अघि पञ्चायत चुनाउ असम्भव

कालेबुङ,12 जनवरी।
मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले जीटीए गठन भएपछि माथ्थिलो तहमा जीटीए, त्यसपछि मुनी जिल्ला परिषद अनि त्यसको मुनी पञ्चायत समिति रहने बताएका छन्‌। जीटीएको सम्झौता अनुसार जीटीएमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनेछ। जीटीएमा तीनवटा प्रशासनिक स्तर हुनेछ, जसले पहाडको विकासको निम्ति आधारभूत कार्यप्रणालीकोे विकास गर्नेछ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले फरवरी महिनामा जीटीए गठन हुने कुरा गरेपनि अन्ततः मार्च महिनामा मात्र जीटीए गठन हुनसक्ने गोजमुमो महासचिव रोशन गिरीले बताएका छन्‌। 42 दिनको समय दिएर 19वटा मन्त्रालयलाई जीटीएमाथिको मत मागिएको छ। यता हाइपावर कमिटीले दिइएको मियादपछि पनि 45 दिनको समय रिपोर्ट बनाउनको निम्ति मागेको छ। जीटीएको समीक्षा सभामा बसेका गोजमुमो महासचिव रोशन गिरीले मार्च महिनामा जीटीए गठन हुने बताएका छन्‌ तर तारिकपछि तारिक सर्ने खेल जारी रहेकोले मार्चमा पनि जीटीए गठन हुने हो वा होइन हाइपावर कमिटीको रिपोर्ट अनि 19 वटा मन्त्रालयको मतले नै तय गर्ने छ। रोशन गिरीले काटेको लख अनुसार मार्चदेखि जीटीए गठनको प्रकिया शुरू हुनेछ। जीटीएको चुनाउपछि क्रमैले जिल्ला परिषद र त्रिस्तरीय ग्राम पञ्चायतको चुनाउ हुनेछ। जीटीएपछि भइहाल्ने त्रिस्तरीय ग्रामपञ्चायत चुनाउलाई मोर्चाले वास्ता नगरी जीटीएको गठन अघि नै दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गरिने घोषणा गरेका छन्‌। जीटीए मार्चमा गठन हुने रोशन गिरीले बताए अनुसार हो भने दुइस्तरीय ग्रामपञ्चायत चुनाउ फरवरीमानै गरिनुपर्छ। कुनै पनि परिस्थितिमा फरवरीमा दुइस्तरीय ग्रामपञ्चायत चुनाउ हुन असम्भव रहेको राजनैतिक विश्लेषकहरूले बताएका छन्‌। किन भने मोर्चाले दुइस्तरीय चुनाउको निम्ति पहाडमा रहेको ग्रामपञ्चायत क्षेत्रहरू विस्तारण गर्ने बताएको छ। पहाडमा 118 वटा ग्राम पञ्चायत रहेको छ, यसलाई वृद्धि गरेर 200 वटा बनाइने मोर्चा प्रवक्ता तथा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले बताएका छन्‌। तिनको कुरालाई मानिएमा पनि पञ्चायत क्षेत्र वृद्धि गर्नको निम्ति समय लाग्छ। वढोत्तरी गरिएका ग्रामपञ्चायत क्षेत्र सुनिश्चित भएपछि मात्र चुनाउ सम्भाव रहन्छ। मार्चामा जीटीए गठन हुने अनि जीटीएको गठन अघि नै पहाडमा दुइस्तरीय ग्राम पञ्चायत चुनाउ हुने मोर्चाको दाबी आकार्कामा विरोधाभाष पूर्ण रहेको बताइएको छ। कि त मार्चमा जीटीए गठन हुने छैन अथवा जीटीए हुन समय लाग्ने छ अनि जीटीए ढिलो हुने भएकोले नै दुइस्तरीय ग्राम पञ्चायत चुनाउ हुनेछ कि त मार्च महिनामा जीटीए गठन भएमा त्यो अघि दुइस्तरीय पञ्चायत चुनाउ हुन अनिवार्य छैन। त्रिस्तरीय ग्राम पञ्चायतको प्रावधान जीटीएमा रहेकोले किन जीटीए अघि नै मोर्चालाई दुइस्तरीय ग्राम पञ्चायत चुनाउ अनिवार्य भयो, कसैले बुझ्न सकेका छैनन्‌।मार्चमाजीटीए गठन हुने हो भने त्यो भन्दा अघि दुइस्तरीय ग्राम पञ्चायत चुनाउको अनिवार्यता छैन। जीटीएको गठन घि नै दुइस्तरीय ग्राम पञ्चायत चुनाउ भएमा अर्को चुनाउ पॉंच वर्षमा मात्र हुनेछ। यसै कारण जीटीए ढिलो हुने भएकोले नै मोर्चाले दुइस्तरीय ग्रामपञ्चायत चुनाउको गोटी फ्यॉंकेको हो कि भन्ने शंका गरिएको छ।   
 


0 comments: on "मार्चमा जीटीए, त्यो भन्दा अघि पञ्चायत चुनाउ असम्भव"