मुख्य समाचार :


सरकारलाई खबरदारी जीएलपीलाई करोडौं कसले खर्च गर्दैछ?-फोरम

कालेबुङ,16 फरवरी।
पिपल्स फोरमले जीएलपीको वैद्धता र यसको सम्पूर्ण विवरण आरटीआईबाट सरकारलाई मागेपछि जीएलपीलाई लिएर फोरमले व्यापक शंका गरेको छ।

एक विज्ञप्ति जारी गर्दै पिपल्स फोरमका सचिव प्रवीण गुरूङले लेखेका छन्‌- आरटीआईको जवाबमा मोर्चाले पालेर राखेको जीएलपीको संख्या पॉंच हजार बताइएको छ। तर आसामको उद्धलगुडीमा भएको आग्सुको स्थापना दिवसमा गोजमुमो अध्यक्ष विमल गुरूङले तिनीसित 15 हजार गोर्खाल्याण्ड पुलिस(जीएलपी) अनि गोर्खाल्याण्ड पुलिसको 22 वटा क्याम्प रहेको जनसभाबाट घोषणा गरेका छन्‌।

सरकारले पॉंच हजार भन्ने अनि विमलले असममा गएर 15 हजार भनेको कुराले मोर्चाले गरिरहेको माओवादीको सन्दर्भमा शंका उत्पन्न भएको छ। गुरूङले भने अनुसार 10 हजार जीएलपी कहॉं छ? दार्जीलिङमा नै छन्‌ कि बाहिर? आरटीआईको जवाबमा मोर्चासित पॉंच हजार जीएलपी रहेको अनि त्यसबाट पनि घटेर 15 सय मात्र रहेको अनि उनीहरूको काम समाजसेवा रहेको उल्लेख गरिए पनि फोरम सचिव गुरूङले भने, समाज सेवा गर्नेहरुलाई पूर्व सैनिकहरूले किन प्रशिक्षण दिइँदैछ? किन समाजसेवा गर्नेहरूले सैनिकको पोषाक लगाउँदैछ? रिपोर्टमा एउटा कुरा छ तर विमलले असममा गएर 15 हजार जीएलपी रहेको अनि 20 वटा क्याम्प रहेको बताइरहेका छन्‌। सिब्सुमा पनि भर्खर नै जीएलपी त्यसै पालेर राखेको होइन भन्ने चेतावनी दिएका छन्‌। तिनैले माओवादीको कुरा पनि गरिरहेका छन्‌।

आरटीआईको रिपोर्टमा उल्लेख गरिएको पॉंच हजार जीएलपी बाहेक अन्य कहॉं छन्‌? कतै मोर्चाले भनेको माओवादीको कुरासित रिपोर्टमा नदेखाइएको अनि विमलले घोषणा गरेको 15 हजार जीएलपी सम्बन्धित छ छैन? गुरूङले भने अनुसार समाज सेवा गर्नेहरूले सैनिकको पोषाक लगाउँदैनन्‌। न त पूर्व सैनिकहरूबाट प्रशिक्षण नै लिन्छन्‌। पूर्व सैनिकहरू जो बन्दुक चलाउन मात्र जान्छन्‌ उनीहरूबाट कस्तो समाज सेवाको प्रशिक्षण लिइरहेका हुन्‌? गुरूङले भने अनुसार 15 हजार मोर्चाको गोर्खाल्याण्ड पुलिसलाई मोर्चाले मासिक तलब दिएर राखेका छन्‌।

उनीहरूलाई प्रति महिना दुइदेखि तीनहजार तलब दिने गरेको छ। जीएलपीलाई दिने लाखौं रुपियॉं मोर्चाले कहॉंबाट पाउँदैछ? केवल तलब दिएर मात्र भएन उनीहरूलाई राख्न अन्य प्रमुख खर्च पनि लाग्ने गर्छ। यसबाट स्पष्ट हुन्छ कि मोर्चाले जीएलपीको निम्ति करोडौं खर्च गरिरहेको छ। फोरमले शंका गरे अनुसार करोडौं रुपियॉं खर्च गरेर पालेको जीएलपीले गरेको कुनै उल्लेखयोग्य समाज सेवा प्रकाशमा आएको छैन। दार्जीलिङ जिल्लामा हजारौं समाज सेवा गर्ने संस्थाहरू छन्‌, उनीहरूको कार्य भने बारम्बार प्रकाशमा आइरहेको छ। के सरकारले जीएलपीमाथि ध्यान दिइरहेको छ त? गुरूङले भने, आरटीआईको रिपोर्टमा पॉंच हजार जीएलपी देखाइएको छ भने विमल गुरूङले 15 हजार जीएलपी रहेको अनि 20 वटा क्याम्प रहेको बताइरहेका छन्‌। मोर्चा सरकारको पार्टी रहेकोले कतै सरकारले नै जीएलपीलाई अन्यशक्तिकोरुपमा पालिरहेको छ? तिनले भने, यत्रो जीएलपीलाई चन्दा उठाएर पाल्न सकिन्न। किन भने पहाडमा करोडौं चन्दा दिने योग्यता कसैसित छैन। पहाडको आर्थिक आधार मोर्चाले नै नष्ट गरिसकेको छ। आर्थिक समस्यामा जनता पर्‍यो भनेर नै जीटीए थापिरहेको छ।

तर जीएलपीमाथि करोडौं खर्च भइरहेको छ। यदि कसैले मोर्चालाई जीएलपीको निम्ति चन्दा दिइरहेको छ भने पनि कुन स्वार्थमा दिइरहेको छ? कतिपल्ट चन्दा दिइरहेको छ। करोडौं चन्दा दिएर पालिएको जीएलपीले पहाडमा के काम गरिरहेको छ? उनीहरूलाई कहॉं राखिएको छ? कस्तो ट्रेनिङ लिइरहेको छ। समाज सेवाको निम्ति वर्षौ लगाएर ट्रेनिङ दिइँदैन। जीएलपीले अहिलेसम्म पनि ट्रेनिङ नै लिइरहेको छ। के सरकारले यी सबैमाथि कडा निगरानी गरेको छ? तिनले शंका गरे अनुसार जीएलपीलाई गोेर्खाल्याण्डको आन्दोलन गर्नेहरूलाई दबाउन पालिएको त होइन? नत्र किन जीएलपीले मात्र सैनिक पोषाक लगाइरहेका छन्‌। संगैमा आम नागरिकलाई सैनिकको पोषाक लगाउन निषेध गरिन्छ, किन जीएलपीलाई छुट छ? कतै सरकार र मोर्चाको मिलिभगतमा मोर्चा प्रमुखले नै घोषणा गरे अनुसारको छुट्टै राज्यको आन्दोलनकारीहरूलाई दबाउन स्थानीय माओवादीलाई संरक्षित गरिरहेको छैन? सरकार यसबारे गम्भीर हुनुपर्छ।

0 comments: on "सरकारलाई खबरदारी जीएलपीलाई करोडौं कसले खर्च गर्दैछ?-फोरम"