मुख्य समाचार :


केबल मालिकसित च्यानल प्रतिनिधिहरूको बैठक कोड अफ कन्डक्टको आधारमा च्यानलहरू चल्नेे

कालेबुङ, 16 फरवरी।
केबल मार्फत प्रसारित गरिने स्थानीय 5 वटा समाचार च्यानलहरू एकाएक बन्द भएको आज 8 दिनपछि केबल मालिकले च्यानलका प्रतिनिधिहरूलाई बोलाएर बैठक गरे।

वर्षौदेखि क्षेत्रीय समाचारहरू नभइ नहुने भइसकेका दर्शकहरूद्वारा टीभीमा क्षेत्रीय समाचार आउनुपर्ने माग बढ्‌न थालेपछि नै मालिकपक्षले आफ्नो व्यवसायलाई चौपट हुनबाट जोगाउ च्यानलहरू फेरि खोलाउने मन बनाएको छ। च्यानल चलाउनमा वैद्यता-अवैद्यताको कुरा धेर अघि आइरहेको भएपनि केबल मालिक पक्षबाट भने यी तक्निकीय पक्षहरूमा केही असुविधा आइपरे आफूहरूले सहजै असुविधाको सामना गर्नसक्ने च्यानल प्रतिनिधिहरूलाई बैठक अवधी बताइयो।

च्यानलमा अभद्र भाषा प्रयोग गरिएको समाचारकै कारण जनसाधरणको चापले गर्दा च्यानलहरू केही दिनको निम्ति बन्द गरिएको मालिक पक्षले स्पष्टिकरण दिए। समाचारमा संसदीय भाषा प्रयोग गरिनुकासाथै आफुहरूलाई असुविधा हुने समाचारहरू प्रसारित गर्ननहुने मालिक पक्षबाट सुझाउ राखियो। फलस्वरूप अबउसो भाषा प्रयोगमा च्यानलहरूले सतर्कता अप्नाएर नै समाचार प्रसारण गरिने तय भयो। दुइपक्षको बैठकमा केबल मालिकले आइतबारभित्रमा कोड अफ्‌ कन्डक्ट तयार गर्ने अनि त्यसैको आधारमा समाचारहरू प्रसारण गरिने निधो भयो। अब प्रश्न उठ्‌न स्वभाविक बन्छ कि सँधै निष्पक्ष रूपमा समाचारहरू प्रसारण गर्ने यी च्यानलहरूलाई केबल मालिकले बनाएको कोड अफ कन्डक्ट स्वीकारयोग्य हुन्छ या हुँदैन? कोड अफ कन्डक्ट स्वीकार नगर्नु भनेको च्यानल बन्द हुनु हो अनि कोड अफ कन्डक्ट स्वीकार गर्नु भनेको प्रेस स्वतन्त्रता नहुने हो कि भन्ने पक्षपनि अघि आउँछ।

यसको अर्थ सम्भावित सोमबारदेखि प्रसारित हुनसक्ने समाचार च्यानलहरू कतै न कतै खुलेर कार्य गर्न नससक्ने अवस्थामा पनि पुग्नसक्छ। स्वतन्त्र अनि निष्पक्ष रूपमा समाचारहरू प्रसारित नभए समाचार च्यानलको औचित्य नरहने एकपक्षीय धारणा छ भने पानीमा नै रहेर बॉंच्नु हो भने गोहीसित भीड्‌न नहुने अर्को पक्षकाहरूको धारणा छ। यस्तो स्थितिमा केबल मालिकपक्षले बनाउने कोड अफ कन्डक्ट ले नै च्यानल कुन प्रकारले चल्ने हो भन्ने कुरालाई निर्धारण गर्नेछ।

0 comments: on "केबल मालिकसित च्यानल प्रतिनिधिहरूको बैठक कोड अफ कन्डक्टको आधारमा च्यानलहरू चल्नेे"